भर्खरै :

राजधानीको अर्थ के हो र के होइन ?

राजधानीको अर्थ के हो र के होइन ?

राजधानीलाई राजाको बास हुने, देशको राजनीतिक केन्द्र जस्ता शब्द र अर्थले हेर्ने एवं सम्झने गरिन्थ्यो र अहिले पनि गरिन्छ । तर, समय र युगले भानुभक्तको ‘… चपला … अपला’ पनि राजधानी हुनु हुन्न ।
निर्वाचनमा ‘नानीमैया’ जस्तो जित्ने ठाउँ राजधानी होइन । सरल भाषामा राजधानी राम्रा राम्रा कलेज, विश्वविद्यालय, अस्पताल, छिट्टै जागिर पाउने एवं बौद्धिक व्यक्तित्व र विद्वान्हरूको बासस्थान हो भन्ने बुझिन्छ । तर, व्यवहारमा फोहर ठाउँ, जहाँ पायो त्यहाँ घर बनाउने, घुस खाने र घुस खुवाउनेको केन्द्र, अपराध र अपराधीहरूको ‘स्वर्ग’ को रूपमा चिनिएको छ राजधानी आज ¤
जनसङ्ख्याको ‘खानी’ हुने भएकोले सामान बिक्ने, भद्रगोल ढङ्गले मानिस जम्मा हुने, एउटै वस्तुको फरक फरक भाउमा बेच्न पाउने र किन्ने ठाउँ राजधानी हुँदै छ काठमाडौँ । राजनीतिकरूपमा निर्वाचनलाई जनताको ‘चेतनाको नाप लिने ब्यारोमिटर’ पनि भनिन्छ । त्यस्तै राजधानीलाई शिष्ट, सभ्य र हरेक कुरा नियमअनुसार चल्ने जनताको बास हुने ठाउँ होला भनी कल्पना गरिन्छ । तर, पहिलोपटक काठमाडौँ आउँदा दुर्गम र टाढा टाढाका जनताले आशाभन्दा निराशा र रातको बत्तीको अचाक्लीले आँखा तिर्मिराउँदा सुन्दरताभन्दा ‘गरिब बस्ने ठाउँ’ होइन भन्ने अर्थमा लिन्छन् । देशको बहुमत जनता तुलनात्मकरूपले गरिब छन्– तिनीहरू काठमाडौँलाई आफ्नो केन्द्र मान्दैनन् ।
काठमाडौँ उपत्यका सानो छ, पाटन (ललितपुर) र भक्तपुरलाई पनि राजधानी नै मानिन्छ । ललितपुर र भक्तपुरमा आएर विभिन्न जिल्लाका जनता र बुद्धिजीवीहरूले ‘तपाईंंहरूले काठमाडौँलाई कस्तो विकृत गरेको’ भनी प्रश्न गर्छन् । सिंहदरबारका विभिन्न घुम्ने मेचमा ‘विराजमान’ र तिनीहरूका आउरेबाउरेहरू अत्यधिक विभिन्न जिल्ला र प्रदेशका हुन्छन् । तिनीहरूले ‘राजधानी’ को फोहर, भद्रगोल परिस्थिति र बन्दोबस्त गर्नेबारे कहिले पनि मनको कुनाको एक प्रतिशत पनि माया गर्नुपर्ने भावनाले बुझ्दैनन् र दिमागको एक कुनामा पनि चिन्ता लिने गर्दैनन् – जबकि तिनीहरूले ५–१० वटा देश र राजधानीहरू देखेर वा भोगेर आइसकेका हुन्छन् । त्यसो त पढेलेखेका अभिभावकहरूले पनि आ–आफ्ना छोराछोरीहरूलाई विभिन्न देशका राजधानी र सहरहरू घुमाएर ल्याएका छन् । घर–छिमेकी नाता–गोतासँग कुरा गर्दा ‘कस्तो कस्तो केही कुरो बुझ्दैर्नौँ’ भनेर गुनासो गर्छन् र हजारौँ होइन अहिले लाखौँ पढेलेखेका नागरिक र बुद्धिजीवीहरू विदेश गएर हेरेर फर्केका छन्, तर एक प्रतिशतले पनि एउटा लेख वा एक पुस्तक प्रकाशित गरी आफ्ना अनुभवहरू लेख्दैनन् – ‘राजधानी’ का कति बुद्धिजीवीहरूको मति पनि यस्तै हो ।
अब राजधानीलाई के बनाउनु प¥यो भन्ने प्रश्न उठ्छ, हो, राजधानी एक–दुई वर्ष, एउटै जाति वा भाषीहरूले मात्रै बनाउन सक्दैनन् । काठमाडौँ अब नेवारहरूको र एउटै भाषा तथा संस्कृति मान्ने जनताको केन्द्र रहेन । सारमा काठमाडौँ नेपालका हरेक ‘नकारात्मक प्रवृत्ति’ को केन्द्र बन्दै छ । निर्वाचन त्यसको एउटा तस्बिर हो – निर्वाचनमा उम्मेदवारहरूले जित्ने इच्छा र आकाङ्क्षा राख्छन् तर तिनीहरू राजधानीलाई व्यवस्थित गर्ने विषयमा चिन्तन एवं सपना पनि देख्दैनन्† किनभने उनीहरूको मानसिकता छ– ‘यो हाम्रो ठाउँ होइन, मात्र हामी यहाँबाट जित्न जनप्रतिनिधि हुन सजिलो छ, भाग्य चम्काउने थलोमात्र हो ।’
हो, पैसा खर्च गर्छन्, आ–आफ्ना स्थानीय दलालहरूमार्फत भोज–भतेर गर्छन्, उपहार पु¥याउँछन्, ठुला बडा हाकिमहरूलाई देखाएर पद र पैसा कमाउने वाचा गर्छन्, चुनाव जित्छन् आफ्नो गाउँ र जिल्ला बिर्सिन्छन् – राजधानीलाई व्यक्तिमाथि चढ्ने खुड्किलो र भ¥याङ बनाउँछन् । कथम्कदाचित हा¥यो भने टिप्पणी गर्छन् – “यी नेवारहरू साम्प्रदायिक छन् – हामीलाई मत दिँदैनन्, बाहिरीहरूलाई विश्वास गर्दैनन् ।” त्यस्तै बाहिरैबाट आएका सिंहदरबारका हाकिम, सेना, प्रहरी, प्रशासन र न्यायाधीशहरू पनि उपत्यकावासी, ‘अवसरवादी’ ‘सत्तामा पुगेकाहरूलाई मान्ने जात हुन्’ भन्छन् र उदाहरण दिन्छन् – पद्मरत्न तुलाधर, मल्ल के सुन्दर, खोबिलु, आदि । तिनीहरूले एमाले र एमाओवादीहरूलाई सक्दो, प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गरेकै हुन् । ‘राजधानी’ सबैको गाली खाने र सबैको अवसर पाउने ठाउँ र असफलहरूको अचानो हो । राजधानी भानुभक्तको ‘कान्तिपुरी नगरी’ होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *