अन्तर्राष्ट्रिय कानुनले वैध देखाउँदैन इरानमाथिको आक्रमण
- फाल्गुन २५, २०८२
समाज विकाससँगै नयाँ र पुराना विचारबिच सङ्घर्ष हुँदै आएको पाइन्छ । दास मालिकको विरुद्ध दास विद्रोह, सामन्तवादको विरुद्ध पुँजीपति वर्गको सङ्घर्ष र पुँजीवादको विरुद्ध समाजवादी विचारको सङ्घर्ष निरन्तर चल्दै आएको छ । सबै आन्दोलन वा विद्रोहले सफलता प्राप्त गर्र्छ भन्ने होइन । वैचारद्वारा निर्देशित आन्दोलन पटक पटक असफल भए पनि अन्ततः सफलतामा टुङ्गिन्छ । आजसम्मको समाज विकास वैचारिक आन्दोलनहरूकै परिणाम हो ।
शासन सत्तामा पुग्नेहरूले आफ्नो शासनको आयु लम्ब्याउन अनेकौँ उपायहरू अपनाउँछन् । साम, दाम, दण्ड र भेदको नीति राज्य सञ्चालकहरूले धेरै पहिलेदेखि अवलम्बन गर्दै आएको नीति हो । तर, त्यो नीतिले सधँै काम गर्दैन । जनता राजनैतिक रूपले सचेत र क्रान्तिकारी विचारको आधारमा सङ्गठित भएपछि तिनीहरू पुराना विचार त्यागेर नयाँ विचार लिएर अघि बढ्छन् । हरेक देशको इतिहास यस्तै पुराना विचारविरुद्ध नयाँ विचारले विजय पाउँदै अगाडि बढ्दै छ ।
नेपालको इतिहासमा राणा शासनविरुद्ध आवाज उठाउने प्रजातन्त्रवादीहरूले नयाँ र प्रगतिशील विचार बोकेका थिए । १०४ वर्षको जहानियाँ शासन २००७ सालमा अन्त्य भयो । प्रजातन्त्रको अनुभव गरिसकेका जनताको विरुद्ध राजतन्त्रले २०१७ सालदेखि २०४६ सालसम्म ३० वर्ष शासन ग¥यो । २०४६ सालको आन्दोलनले त्यसको पनि अन्त्य गरी प्रजातन्त्रको पुनःस्थापना ग¥यो । त्यो आन्दोलन वा विद्रोह केवल शासन सत्ताको परिवर्तनमात्र थिएन त्यो त सामन्तवादी विचारविरुद्ध प्रजातान्त्रिक विचारको विजय थियो । त्यस आन्दोलनले जनतालाई बोल्न, लेख्न, सभा सम्मेलन गर्नसमेत नदिई पञ्चायतले लगाइराखेको प्रतिबन्धको विरुद्ध दल खोल्ने स्वतन्त्रतासहितको अधिकार दियो । २०६३ सालमा संवैधानिक राजतन्त्रको ठाउँमा गणतन्त्र स्थापना भयो । संवैधानिक राजतन्त्र र गणतन्त्रमा जनताको जीवनमा तात्विक भेद नभए पनि एउटा विषयमा भन्ने ठुलो भिन्नता छ । संवैधानिक राजतन्त्र भएको देशमा जनताको छोरा कहिल्यै राजा बन्न सक्दैन भने गणतन्त्रमा जनताका छोरा राष्ट्रपति बन्न सक्छन् । २०६३ सालमा गणतन्त्र घोषणा पछि डा.रामवरण यादव पहिलो, विद्या भण्डारी दोस्रो र रामचन्द्र पौडेल तेस्रो राष्ट्रपति भए । गणतन्त्र नभई दिएको भए त्यो सम्भव हुने थिएन । प्रथम राष्ट्रपति यादवले एक पटक भनेका थिए, ‘म धनुषामा भैँसी पालेर बसेको मान्छे, फेरि त्यही काम गर्छु ।’ यो अरू राष्ट्रपतिको हकमा पनि लागू हुन्छ । त्यसैले यो सत्ता र व्यक्तिमात्र परिवर्तन होइन, विचारकै परिवर्तन हो ।
पुँजीवादी शासकहरूले पुँजीवादलाई अन्तिम गन्तव्य मान्छन् । उनीहरू अरू विकल्पबारे सोच्नै नपर्ने बताउँछन् । पुँजीवादले सबैलाई आ-आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिने हुँदा उत्कृष्ट व्यवस्थाको दाबी गर्छन् । त्यसको आयु बढाउन त्यसका अवगुणहरूलाई ढाकछोप गरेर पुँजीवादकै गुणगान गाउँछन् र अरू विचारलाई उठ्दै नदिने असफल प्रयास गर्छन् ।
पुँजीवादले जनताको समस्या समाधान गर्न नसक्ने भएकोले मानिसहरूले नयाँ नयाँ समाधानका उपायहरू खोज्दैै गए । त्यही चिन्तनकै परिणाम समाजवादी विचारको उदय भएको हो । आजसम्म संसारमा विकसित विचारहरूमा समाजवादी विचार नविन विचार हो । समाजवादभन्दा राम्रो र नयाँ विचार अहिलेसम्म विकास भएको छैन ।
आदर्श समाज निर्माणको लागि चिन्तन गर्नेहरूको कमी भने थिएन । थोमोस मोर (सन् १४७८–१५३५) ले कल्पनालोक लेखे । उनले हरेक मानिसले दुःखविनाको राम्रो स्वास्थ्य भएको खुसी जीवनको कल्पना गरे । अरूको खुसी छिनेर आफूले मात्रै खुसी प्राप्त गर्नुलाई गलत भन्दै उनले राम्रो कामको फल राम्रो हुने र नराम्रो कामको नराम्रै हुने विचार व्यक्त गरे । बालबच्चाको स्याहार गर्ने शिशुस्याहार केन्द्रदेखि फोहरमैला व्यवस्थापन र सहरका जनताको सुरक्षासम्मको चिन्तन गरे । यस्तै आदर्श समाजको कल्पना गर्नेहरूमा सेन्ट साइमन (१७६०–१८२५), चाल्र्स फ्युरियो (१७७२–१८३७), रोबर्ट ओबेन (१७७१–१८५८) पनि थिए । उनीहरूले मजदुरहरूको छुट्टै पार्टीको कल्पना गरे, साझा भान्छा घर, मनोरञ्जन, निश्चित घण्टाको कामको व्यवस्थाको लागि सोचे । त्यतिबेलाको सामन्तवादको विरुद्ध त्यो एक आदर्श समाज निर्माणको नयाँ विचार थियो । त्यसैले उनीहरू कल्पनिक समाजवादीहरूको नाउँमा चिनिए ।
माक्र्स र एङ्गेल्सद्वारा सन् १८४८ मा लिखित कम्युनिस्ट घोषणापत्र सार्वजनिक भएपछि संसारलाई एउटा नयाँ विचार दियो । त्यो हो — समाजवादी विचार । त्यो त्यतिबेलाको मात्र नभई अहिलेसम्मकै क्रान्तिकारी विचार हो । सामन्तहरूले शासनसत्ता सहज रूपमा छोड्दैनन् । पुँजीपति वर्गले पनि शान्तिपूर्ण रूपमा सत्ताको हस्तान्तरण गर्दैनन् भनेर माक्र्स र एङ्गेल्सले विश्वलाई स्पष्ट पारे ।
सन् १८७१ मा पेरिस कम्युन त्यसरी नै बल प्रयोग गरी मजदुर वर्गले शासन सत्ता कब्जा गरेको क्रान्ति थियो । त्यो पुँजीवादविरुद्ध समाजवादको झण्डा फहराउने विश्वकै पहिलो उदाहरण हो । पेरिस कम्युन असफल भए पनि मजदुर वर्गले शक्तिको भरमा शासन सत्ता कब्जा गर्ने माक्र्स र एङ्गेल्सको विचारको हार थिएन । रुसमा समाजवादी विचार पुनःसङ्गठित रूपमा अगाडि बढ्यो र सन् १९१७ मा बोल्सेभिक क्रान्ति सम्पन्न भयो । त्यो पुरानो विचारको ठाउँमा नयाँ विचारको जीत थियो ।
पुँजीवादीहरूको आफ्नो स्वर्ग लुटिएको हुँदा समाजवादलाई असफल पार्न उनीहरू निरन्तर लागे र १९९१ मा त्यहाँ पुँजीवादको पुनःस्थापना भयो । कम्युनिस्ट नेताहरूमा समाजवादी विचारप्रति विचलन आएपछि समाजवादी व्यवस्था असफल पारियो । यसको अर्थ समाजवादी विचारको पराजय थिएन । विश्वका कुना काप्चाबाट आज पनि समाजवादी विचार झन् सशक्तमा अगाडि बढ्दै छ ।
पुँजीवादीहरूले स्वतन्त्रताको नाउँमा निर्वाचनको माध्यमबाट पुँजीवादको आयु लम्ब्याउने काम गर्दै छन् । समाजवादी नेताहरूसमेत निर्वाचनमा जितेर सरकारमा पुगेपछि पुँजीवाद सामु आत्मसमर्पण गरेको हुँदा उनीहरू निर्वाचनलाई कम्युनिस्टहरू सिध्याउने हतियारको रूपमा प्रयोग गर्दै छन् ।
नेपालमा एमाले २०४६ साल र माओवादी २०६४ सालदेखि निर्वाचनमा भाग लिएर सरकारमा गएका हुन् । पुँजीवादी सरकारमा गएदेखि उनीहरूको क्रान्तिकारी धारमा खिया लाग्दै गयो र अहिले राप्रपा, नेकाभन्दा कुनै पनि विषयमा एमाले र माओवादीमा भिन्नता छैनन् । उनीहरू सबै एउटै ड्याङका मूला सावित भएका छन् ।
प्रतिनिधि सभा निर्वाचन २०८२
एमाले र माओवादीहरूले आफूलाई कम्युनिस्ट दाबी गरे पनि कम्युनिस्ट विचारअनुसार उनीहरूले काम गर्न छाडे । निर्वाचन जित्न पुँजीवादी पार्टीहरूले जे जस्ता उपायहरू अपनाउँथे ती सबै एमाले र माओवादीले पनि अप्नाए । निर्वाचनमा भोज खुवाउने, पैसा बाँड्ने, शक्तिको प्रयोग गर्ने, प्रशासनको दुरुपयोग गर्ने जस्ता अनैतिक सबै खाले कामहरू गरे । त्यसैले निर्वाचन अब विचारको प्रतिस्पर्धा भएन । पैसा र डनहरूको प्रतिस्पर्धा भयो । अहिले नेका, एमालेजस्ता देशका ठुल्ठुला पार्टीहरू मिलेर सरकार चलाउँदा पनि युवाहरूको आन्दोलनसामु २ दिन पनि टिक्न सकेन । यसको मुख्य कारण विचारहीन राजनीति हो ।
निर्वाचनमा व्यक्ति हार्न सक्छ तर सही विचार कहिले हार्दैन । विचारमा आबद्ध पार्टीहरूले ढिलो चाँडो आफ्नो विजयलाई सुनिश्चित गर्छ । सही विचार बोक्नेहरू अल्पमत हुन सक्छन् तर सत्यले विजय पाएरै छाड्छ । ग्यालिलियो र कोपर्निकसहरूले पृथ्वी गोलो भएको विचार सार्वजनिक गरे वापत ज्यान सजाय भोग्नुपर्यो तर आज विश्वका ७ अर्ब बढी जनताले उनीहरूकै विचारलाई अँगाल्दै छन् । सही विचारलाई भिडले बदल्न सक्दैन ।
राजनीतिक पार्टी भनेको भीड होइन, ढुङ्गामुढा र देशको सम्पत्ति जलाएर खरानीको व्यापार गर्नु राजनीति होइन । राजनीति एउटा सिद्धान्त र विचारमा प्रतिबद्ध सङ्गठित शक्ति हुने गर्छ । त्यसले आदर्श समाज निर्माण गर्ने सपना देखाउँछ । यतिबेला हरेक राजनीतिक पार्टीले आआफ्नो सिद्धान्तअनुसार जनताबिच प्रचार गरेर चुनाव जित्ने प्रयत्न गरेको भए निर्वाचन साँचै जनतालाई राजनैतिक रूपले सचेत र सङ्गठित गर्ने विश्वविद्यालय हुने थियो । निर्वाचनको सङ्घारमा पुग्दासम्मको अवस्था विश्लेषण गर्ने हो भने आगामी निर्वाचनमा विचार भन्दा भिडले नै महत्व पाउने देखिएको छ ।
भिडसँग विचार हुँदैन । लहलहैमा मान्छेहरू भिडको पछि लाग्ने गर्छन् । भिड विचार शून्य एकोहोरो र अन्धा हुन्छ । त्यस्तो भिडले उचित निर्णय गर्न सक्दैन । विचारले भन्दा भिडको बलले निर्वाचन जितेको खण्डमा देशमा थप अराजकता निम्तिन सक्छ । देशको भविष्य निर्माण गर्ने निर्वाचनमा भिडले होइन विचारले प्राथमिकता पाउनुपर्छ र देशको भविष्यको भाग्यरेखा कोर्नुपर्छ ।
Leave a Reply