विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन र क्षेत्रीय शान्ति र स्थिरताको रक्षा गर्नुपर्नेमा चीनको जोड
- जेष्ठ १२, २०८३
(पश्चिमी सञ्चारमाध्यमहरूमा तिब्बतसम्बन्धी विषयलाई निकै गलत ढङ्गले प्रचार हुँदै आएको छ । ‘चीनले स्वतन्त्र तिब्बतमाथि कब्जा जमाएको’, ‘चिनियाँ जनमुक्ति सेनाले तिब्बतीहरूमाथि दुव्र्यवहार गरेको’, ‘तिब्बती जनताका नेता दलाइ लामालाई पदच्युत गरेको’ जस्ता समाचार उनीहरू प्रचार गर्छन् । के साँच्चै ‘स्वतन्त्र’ तिब्बतमाथि चीनले कब्जा जमाएको हो ? तिब्बती स्वर्गलाई जनमुक्ति सेनाले नर्क बनाएको हो ? जनताको शासनविरुद्ध असफल विद्रोह गरेर दलाइ लामा भागेका हुन् कि उनलाई पदच्युत गरिएको हो ? आदि प्रश्नका विस्तृत उत्तर प्रसिद्ध अमेरिकी महिला पत्रकार अन्ना लुइस स्ट्रङको पुस्तक ‘ध्जभल क्भचाक क्तययम ग्उ ष्ल त्ष्दभत’ मा पाउन सकिन्छ । यो पुस्तक सन् १९६० मा प्रकाशित भएको हो ।)
ल्हासाको पहिलो हप्तामा पोताला दरबार (POTALA PALACE) चढ्न सक्छु वा सक्दिन निश्चित थिएन । यो एउटा सबभन्दा शानदार भ्रमण थियो । यसका बारेमा लेखिएका किताबहरू पढेर म हत्तोत्साहित भएकी थिएँ । त्यसमा १३ तल्लाको उचाइ र यसको संरचना ठाडो भिरमा निर्माण भएकाले तलदेखि गन्न नसकिने उल्लेख थियो । विशेषगरी बेलायती लेखकको बयानमा ‘४४० फिट उकालो लाग्ने ढुङ्गाका खुड्किलाहरू र ठाडो भ¥याङ, घ्यूको राँको र घ्यू बत्तीको ढिपढिपे उज्यालो, चिप्लो भ¥याङ जसको दुईतिर समाउने लच्किने खालको थियो’ भनी लेखिएको थियो ।
साधारण उचाइको हाम्रो पाहुना घरको सिँढी उक्लँदा त मलाई स्वाँस्वाँ आउँछ भने १३ तल्लाको ठाडो भ¥याङ चढ्न म सक्दिनथेँ ।
मैले फेङ्ग फेङ्ग (Feng Feng) लाई मेरा लागि पोटाला दरवार चढेर टिप्पणीहरू गर्न आग्रह गरेँ । यदि तिनले मैले त्यहाँ भ्रमण गर्नैपर्ने भन्ने सोच्छिन् भने पछि म एक्लै भए पनि चढूँला । टिपोट कापी बोकेर फेङ्ग फेङ्ग फर्किन् र भनिन्, ‘तपाईंले गर्नुभएको अरु भ्रमणभन्दा पोटाला दरवार चढ्न त्यति धेरै गा¥हो होलाजस्तो लाग्दैन ।’ तिनले त्यस्तो ठाडो सिँढीहरू आफूले नदेखेको बताइन् । नभन्दै मैले आफू पोटाला दरवार चढिसकेपछि थाहा पाएँ लेखकहरूले बढाइचढाइ गरेजस्तो त्यहाँ रहेनछ, तिनीहरू मान्छेलाई ‘रिङ्ग्याउन सफल’ भए । एक दशकअघि भ्रमण गरेका एक फ्रान्सेलीले रातो दरवारको भूईदेखि महान दलाइ लामाहरूको बडेमानको समाधिहरू विभिन्न तल्लाहरू हुँदै पागोडा शैलीमा पाँच वटा सुनका पाँच वटा गजहरू निस्केको बयान गरेका थिए । रातो दरवारमा पहिलेका दलाइ लामाहरूका धेरै वटा समाधिहरू भए पनि पाँचौँ र ते¥होँ दलाइ लामाका समाधिहरूमात्रै ‘बडेमान’ भएको, तीन तल्ला माथिसम्म उठेको, कुनैमा पनि गजुर नभएको मैले अवलोकन तथा तस्वीरहरूबाट देखेँ ।
दलाइ लामा हरेक जाडो मौसममा यहाँ बस्दथे । जुनसुकै बाटोबाट गए पनि समग्र पोटाला दरवारलाई एकसाथ देख्न सकिँदैन । तल्ला तल्लाहरूमा नोकरहरू तथा कामदारहरू बस्दछन् । दलाइ लामाको सिंहासन भएको कोठाबाट तीन चार तल्लामाथि छाना छ । ६–७ तल्ला तल राजा सङचन गम्पो र तिनका दुईजना रानीहरूका सालिकहरू भएको पूजा कोठा छ ।
पोटाला दरवारबाट ल्हासाको पूर्व, पश्चिम, उत्तर र दक्षिणका सबै भूभागहरू, हामी पुगेको ल्हासाका गाउँहरू, सहर, सबै उपत्यका छर्लंगै देख्न सकिन्छ । हरेक मोहडा भिन्न थियो र आकर्षक थियो । बेलायती प्रतिनिधि सर चाल्र्स बेल (Sir Charles Bell) ले शताब्दीअघि नै यसलाई ‘विश्वको सबभन्दा आकर्षक भवन’ भनेका थिए । तिनले यो नौ सय फीट लामो र रातो पहाडको सबैजसो ठाउँ ओगटेको उच्च वास्तुकलाको ‘आश्चर्यजनक’ वा ‘अद्भुत चमत्कार’ भनेका थिए ।
माथि गाढा निलो आकाश र तल गहुँको बाली तथा चारैतिर गोलाकार रूपमा हिमालले घेरेको पोटालाको प्रभावलाई आश्चर्यजनक वा चमत्कार शब्द प्रयोग अनुपयुक्त थिएन । तिब्बतमा चलेको वास्तुकला शैली उत्कृष्ट भए पनि पोटालाले ंिगात्सेको किल्ला–गढको नमुनाका रूपमा आफूलाई प्रस्तुत गरेको छ । पोटालाका भित्ताहरूले हिमालको रेखालाई पछ्याएझै भित्र ढल्केको छ । ढोका तथा झ्यालका खापाहरू पनि भित्र ढल्केका छन् र टुप्पो भन्दा पिंध फराकिलो छ । तसर्थ यो भवन जुन पहाडमा गाडिएको छ त्यसबाट हुर्के बढेको जस्तै देखिन्छ ।
भित्ताहरू ढल्केकाले यो भवन एकनाश दखिदैन । रातो दरवारको दुई छेउको सेतो धर्का समान चौडाइका छैनन् । यसको कुनै पनि तल्लाहरू संरचनाको समान तहमा छैनन् । १३ तल्ला पनि ठ्याक्कै नभई लगभगमात्रै हो किनभने सिंहासन कोठाबाट माथि उक्लँदा र तल झर्दा मैले तीन तल्ला चढेँ वा चार तल्ला चढेँ भन्ने दुविधा भयो किनभने त्यहाँ धेरै आधा तल्लाहरू थिए र तल्लाहरू पनि विभिन्न उचाइका थिए ।
पोटाला दरवार तिब्बतका अरु भवनहरूभन्दा धेरै पुरानो होइन । राजा सङचन गम्पोले यस ठाउँमा जग हालेको सातौँ शताब्दी अगाडि हो । पछि युद्धमा यसको संरचना ध्वस्त हुन गई केही पनि बाँकी रहेन । हालको संरचनाको धेरैजसो भाग तीन शताब्दी अगाडि पाँचौँ दलाइ लामाको पालामा भएको हो । यसका निर्माणमा चालीस वर्ष बित्यो, यस बिचमा दलाइ लामा बिते, यसको निर्माणका लागि ठुलो मात्रामा श्रमशक्तिको आवश्यकता पर्ने र ‘दैवी राजा’ प्रतिको जनताको आस्थाले मात्र तिनीहरूलाई काम गराउन सकिने हुनाले दलाइ लामाको मृत्युको खबरलाई धेरै वर्षसम्म लुकाइयो । निर्माणका सबै कार्य झाराप्रथाको श्रम वा शारीरिक श्रम तथा भूदासहरूबाट पूरा गरियो । छैठौँ दलाइ लामाले दरवारको विस्तार तथा समृद्ध बनाए । तिनले विशेषगरी उत्तरी क्षेत्रको ड्रागन राजा दरबार (Dragon king palace) बनाए । सेतो दरवार र दलाइ लामाको व्यक्तिगत मन्दिरको निर्माण सन् १९१० पछि ते¥हौँ दलाइ लामाले गराएका थिए । ल्हासाको पश्चिमी क्षेत्र, हालको पोताला दरवार अवस्थित भूभागका प्रमुख कामरेड थुपतेन साइरो (Thupten Tsairo) ले हामीलाई पथप्रदर्शन गर्दै बताए, ‘विद्रोह अगाडि दरवारको पश्चिममा झण्डै १७० भिक्षुहरू बस्थे । तिनीहरू दलाइ लामाकहाँ व्यक्तिगत रूपमा हाजिर हुनुपथ्र्यो र धेरै समाधिहरूमा सेवा गर्नुपथ्र्यो । अहिले १२० जना भिक्षु छन् । तीमध्ये धेरैजसो जोखाङ मठमा राजनैतिक प्रशिक्षणको लागि अस्थायी रूपमा बसेका छन् । बाँकी ६०–७० जना दलाइ लामासँग भारत गएको हुनुपर्छ । अरुहरू विद्रोहपछि घर गए, एक जना युद्धमा मारिए ।’
उनका अनुसार हामी उभिरहेको कोठा सिंहासन कोठा हो जहाँ दलाइ लामाको राज्यारोहण भएको थियो । ‘ते¥हौँ दलाइ लामा बेलायती सेनासित भागेर चीनमा पुग्दा तिनका राज्यप्रतिनिधिले यही कोठामा १९०४ को सम्झौतामा कर्नेल याङ्गहज्वान्ड (Col. Younghusband) सँग हस्ताक्षर गरेका थिए ।’
‘विगतमा कुनै पनि सेनालाई यस कोठामा जाने अनुमति थिएन । विद्रोह अवधिभर सैनिक विद्रोहीहरू यहाँ १० दिनसम्म बसेका थिए । तिनीहरूले स–साना गल्छेडाहरू तथा बार्दलीहरूलाई शौचालय बनाए । अहिले त्यसलाई सफाइ मजदुरहरूले सफा गरिसकेका छन्’ –उनले भने
मैले हाम्रो पथप्रदर्शकलाई सोधे ‘तपाईं यति लामो समय यस पोताला दरवारमा बस्नुभयो । तपाईंलाई थाहा होला बेलायती लेखकहरूले २० वर्ष अगाडि नै लेखेका किताबहरूमा उल्लेख भएका दुई वटा ढुकुटीहरू अहिले बाँकी छन् कि छैनन् ?‘
थुप्टेन साइरोले उत्तर दिए ‘त्यहाँ तीन वटा ढुकुटीहरू छन् ।’ ‘दलाइ लामाको व्यक्तिगत ढुकुटी छानामा रहेको उसको व्यक्तिगत गल्छेडोबाट खुल्छ, सङ्कटकालीन ढुकुटी मन्त्रिपरिषद्का सबै मन्त्रीहरूको उपस्थितिमा मात्र खोलिन्छ र पोताला मठको ढुकुटी लामाहरूको आवश्यकताअनुसार खोलिन्छ । ती सबैमा ताला मारिएको थियो तर सिलबन्दी गरिएको थिएन । विद्रोहीहरूबाट जनमुक्ति सेनाले पोताला दरवारलाई कब्जामा लिएपछि ती भण्डारमा विद्रोही सेना लुकेका छन् कि भनी हेर्नका लागि लामाहरूको प्रतिनिधिहरूको उपस्थितिमा एकपल्ट निरीक्षण गरिएको थियो । कनै पनि मौज्दातमाथि निरीक्षण गरिएन । तर त्यहाँ उल्लेख्य मात्रामा सुन, चाँदी, चाँदीका डलरहरूको बाक्साहरू र रेशमका थानहरू भेटिए । त्यसपछि त्यसलाई ताला मारेर सिलबन्दी गरियो ।’
‘त्यस भण्डारलाई के गर्ने भनेर तपाईंले कुचीकारहरूलाई सोध्नुभयो ?’
कुचीकारहरू अवाक देखिन्थे । तिनीहरूले कहिल्यै त्यस्तो सामान आफ्नो नियन्त्रणमा रहेको सोचेकै थिएनन् । त्यसपछि तिनीहरू दौडिदै गएर सल्लाह गरे । एकजना बुढो कुचीकारले दुवै हात उठाउँदै बोल्यो, ‘ती ढुकुटीहरू वर्तमान सरकारलाई दिनुपर्छ किनभने यो सरकारले पोतालाका लामाहरूलाई तिनीहरूको आफ्नै ढुकुटीबाट भन्दा पनि राम्ररी खुवाएको छ ।’ अरुहरू पनि सहमत भए र एकजना जवान मानिसले भने, ‘पहिला हामी कुचीकारहरू भोकै हुन्थ्यौ र हामीलाई ज्याला पनि दिइँदैनथ्यो तर अहिले ज्याला दिइन्छ ।’
‘यदि दलाइ लामा फर्केर आएमा तिनले फेरि आफ्नो व्यक्तिगत ढुकुटी पाउनुपर्छ कि पर्दैन ?’ मैले सोधँे ।
यस प्रश्नले तिनीहरूलाई पहिलेको प्रश्नले भन्दा बढी झस्कायो । आफ्नो जिन्दगी नै दलाइ लामाका कोठाहरू र सिमेन्टका भुईंहरू बढार्दै बिताएका ती कुचीकारहरूलाई दलाइ लामा र तिनको ढुकुटीका बारेमा भन्नु धर्म उल्लङ्घन वा पाप गर्नुहुनेछ । तर तिनीहरूले छिट्टै नै सम्हालिएर छलफलमा भाग लिए । तिनीहरूले जवाफ दिए, ‘यदि दलाइ लामा फर्केमा, ढुकुटी तिनलाई दिनु र सरकारलाई दिनु एउटै कुरा होइन र ?’ ‘सरकारी सल्लाहकारहरूले पनि यो भन्दा राम्रो जवाफ दिन सक्दैनन् ।’ मैले हाँस्दै भनेँ ।
कौशीबाट फर्केर हामीले अचम्मलाग्दा जनावरहरू सजाइएको खुला आई छिचोलेर दलाइ लामाको व्यक्तिगत गल्छेडो छिर्यो । झण्डै सयजना मानिसहरू बढ्ने ठुलो कोठामा बाक्लो गलैंचा विछ्याएको थियो, भित्ताहरूमा चित्रहरू कोरिएका थिए । भुईमा थुप्रै माटाका सालिकहरू ठडिएका थिए । सिद्धान्ततः इलाइ लामा निरन्तर रहिरहन्छन्, धेरै पटक जन्म लिन्छन् भन्ने विश्वास गरिन्थ्यो । इतिहासका घटनाहरूलाई लिएर कसैले पाँचौँ तथा ते¥हौँ दलाइ लामाको हलुका कुरा गर्न सक्छन् तर ती समाधिहरू पाँचौँ अथवा ते¥हौँ दलाइ लामाका हुन् ।
‘दलाइ लामाले छोडेपछि यहाँ धेरै थोरै मानिसहरूमात्र आएका छन्’ – थुप्तेन साइरोले बताए । ‘यसलाई थोरै मानिसहरू अर्थात् दलाइ लामासँग नजिकको चिनजान भएको, व्यापारिक सम्बन्ध भएकाहरू, तपाईंजस्तै विदेशी प्रतिनिधिहरू तथा दलाइ लामाको फर्काइविरुद्ध दरवारलाई सुरक्षित राख्न जिम्मेवारहरूमात्र यहाँ छिर्न पाउँछन् ।’
हामी अँध्यारो बार्दलीहरूबाट तल झर्यो र भ¥याङमा ओर्लदै विद्रोहीहरूले अखडा गाडेको दलाइ लामाको गद्दी भएको कोठाबाट बाहिर निस्कियौँ र एकछिन विद्रोहीहरूले अस्पताललाई तारो बनाउन प्रयोग गरेको भित्तामा अडियौँ ।
मैले दलाइ लामाले पोताला दरवारमा नबसी रत्न बगैँचाको नयाँ दरवारमा किन बसे भन्ने कुरा थाहा पाएँ र पन्चेन एर्डेनी पनि पोताला दरवारमा बस्नुको सट्टा ल्हासामा किन बसे थाहा पाएँ । शताब्दीयौँदेखिको यहाँको ‘जीवनशैली’ (Way of Life), को बारे मैले सोचेँ उच्च भूभाग, ईश्वरको पुनर्जन्म तथा चिन्हका रूपमा पाएको अस्थायी शक्ति पाएका दलाइ लामा जाडो याममा १२,००० फिटको उचाइमा, एउटा सानो सबैतिर बुद्धका चित्रहरू कोरिएको, पालाको पिलपिल बत्ती, दुई सय पचास खुड्किलाहरू तथा तेहभन्दा बढी तल्ला माथिसम्म भूदासहरूले बोकेर पानी पु¥याउनुपर्ने सानो कोठामा बस्थे ।
१९५९ को मार्चमा त्यस्तो जीवनशैली समाप्त भयो । यदि पोताला दरवारलाई पनि रत्न बगैँचा जस्तै सङ्ग्रहालयका रूपमा जो–कोहीलाई खुला राख्ने हो भने विश्वको सबैभन्दा उच्च तथा सबभन्दा मनमोहक सङ्ग्रहालय बन्नेछ ।
Leave a Reply