भर्खरै :

संसारमा किसानभन्दा मजदुर र बुद्धिजीवी बढ्नु स्वभाविक प्रक्रिया

भक्तपुर, १८ वैशाख । ‘विज्ञान–प्रविधि र शिक्षाको विकासले संसारमा किसानहरूको सङ्ख्या कम हुँदै जाने र बुद्धिजीवी तथा मजदुरको सङ्ख्या बढ्दै जानु स्वाभाविक हो । समाजवाद विज्ञान भएकोले घुमाई–फिराई समाजवादी बन्दोबस्ततर्फ समाज अगाडि बढ्छ ।’
उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले १२९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूको आयोजनामा मंगलबार ख्वप कलेजमा भएको प्रवचन तथा पुरस्कार वितरण कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
समाजलाई नै बुद्धिजीवीकरण गर्ने लक्ष्यकासाथ प्रजग कोरिया अगाडि बढिरहेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेंले हरेक नयाँ प्रविधिबारे नयाँ पुस्तालाई जानकारी गराउँदै लानुपर्ने र पुरानो पुस्तालाई नयाँ प्रविधिबारे साक्षर गर्दै लानुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले जोड दिनुभयो, ‘हरेक नागरिकले समाजको लागि कसरी योगदान पु¥याउन सकिन्छ भन्नेबारे सोच्नु आवश्यक छ । शिक्षक तथा कर्मचारीहरूले अध्ययन संस्कृतिको विकासमा जोड दिनुपर्छ । जहाँ पुगे पनि देश र जनताको सेवामा इमानदारीपूर्वक काम गर्ने भावना राख्नुपर्छ । अन्याय र शोषणको विरूद्ध सधैं आवाज बुलन्द गर्नुपर्छ ।’
नयाँ प्रविधि र विकासबारे जानकारी हासिल गर्न सकेमा बौद्धिक ऊर्जा खेर नजाने उहाँको कथन थियो ।
शिक्षकहरूप्रति विद्यार्थीहरूको लगाव धेरै हुने भएकोले शिक्षकहरूले बढीभन्दा बढी मेहनत गरी संसारको ज्ञान र प्रविधिबारे विद्याथीहरूलाई ज्ञान दिनुपर्ने आवश्यकता औंल्याउँदै अध्यक्ष बिजुक्छेंले विद्यार्थीहरूलाई उत्साहित गर्न शिक्षकहरू सधैं चनाखो हुनुपर्छ भन्नुभयो ।
आश्चर्यजनकढ·ले चीनको विकास भइरहेको उल्लेख गर्दै अध्यक्ष रोहितले भन्नुभयो, ‘चीनको विकासको रफ्तार संरा अमेरिकाको कल्पनाभन्दा बाहिर छ । खुला बजार नीतिका प्रवद्र्धक अमेरिका उक्त नीतिविपरीत चिनियाँ सामान अमेरिका आयातमा रोक लगाउन नीतिविपरीत कार्य गर्दैछ ।’
चीनको विकासको कारण संसारका बौद्धिक वर्ग चीनतिर आकर्षित भइरहेको उहाँले बताउनुभयो ।
कार्यक्रमका सभापति एवं आयोजक कलेज सञ्चालक समितिका अध्यक्ष तथा भनपा प्रमुख सुनिल प्रजापतिले मजदुर वर्गको जीत अवश्यम्भावी भएको ज्ञान मजदुर आन्दोलनको इतिहासले स्पष्ट पारेको बताउनुभयो ।
शासक पार्टीहरूको अदूरदर्शिता एवं विदेशसामु घुँडा टेक्ने प्रवृत्तिको कारण आर्थिक स्थिति झन्झन् कमजोर हुदै गएको चर्चा गर्दै प्रमुख प्रजापतिले राज्यको स्वामित्वमा रहेका उद्योगधन्दाहरु एक एक गरी कौडीको मुल्यमा निजी क्षेत्रलाई सुम्पिएर लगानी बोर्डमार्फत विदेशी पुँजी भित्रयााई देश विकासको नारा दिनु देशलाई झन् खतरनाक स्थितितर्फ धकेलिनु हो भन्नुभयो ।
भाषणले देश समृद्ध नहुने उल्लेख गर्दै उहाँले विकास र समृद्धिको निम्ति राष्ट्रिय नीति आवश्यक हुने औंल्याउनुभयो ।
उपभोक्ता समितिमार्फत कार्य गराउँदा कम खर्चमा गुणस्तरीय विकास निर्माण सम्पन्न गर्न सकिने भनपाको अनुभव भएको हुँदा नगरपालिकाले विकास निर्माणको कार्य उपभोक्ता समितिमार्फत् गर्दै आइरहेको जानकारी उहाँले गराउनुभयो ।
‘अनुदान र सहयोगको नाममा भनपाले भनपाका जनप्रतिनिधिले आफ्नो स्वाभिमानलाई कहिल्यै बन्धकी राख्नेछैन, हामीले सहयोग खोजेका हौं कसैको शासन खोजेका हैनौ ।’ प्रमुख प्रजापतिले भन्नुभयो ।
भनपाका उपप्रमुख एवं आयोजक कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले ख्वप विश्वविद्यालयको स्थापनाको लागि भनपाले निरन्तररूपमा आवश्यक कदमहरू चाल्दै अघि बढ्ने बताउनुभयो ।
निर्वाचन घोषणापत्रलाई आधार मानी भनपाका जनप्रतिनिधिले कार्य गर्दै जाने उहाँले विश्वास दिलाउनुभयो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य रूपक जोशी, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इञ्जिनियरिङको प्राचार्य सुनिल दुवाल र शिक्षक कमिनिका न्याइच्याईले पनि कार्यक्रममा बोल्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छें्रले आयोजक कलेजमा कार्यरत शिक्षक तथा कर्मचारीहरूबीच सोमबार सम्पन्न भएको खेलकुद प्रतियोगिताका विजयीहरूलाई प्रमाणपत्र र मेडल वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *