भर्खरै :

भ्रष्टाचार र अनियमितता अन्त्य नगरी आर्थिक विकास नहुने

भ्रष्टाचार र अनियमितता अन्त्य नगरी आर्थिक विकास नहुने

जनताले नचिनेका, जनतामाझ या गाउँ बस्तीमा कहिल्यै नपुगेका, राजनीतिप्रति चासो नभएका उम्मेदवारहरू कसरी निर्वाचित भए भन्ने चर्चा गाउँ–घर, सहर बजारको चोक चोक, गल्ली, पसलहरूमा भइरहेको छ । निर्वाचन अघिसम्म व्यक्तिगत स्वार्थ या पेसामा लागेका, विकास र राजनीतिबाट टाढा रहेका व्यक्तिहरू भारी मतले विजयी भएकोमा राजनीतिक दलका नेता, कार्यकर्ता, बुद्धिजीवी मात्र होइन सर्वसाधारण जनता नै ताजुब छन् । राजनीतिक विश्लेषकहरूले प्रश्न गर्न थालेका छन्, जनता पनि कस्ता कस्ता ¤ इमानपूर्वक राजनीति गरेका, देश र जनताप्रति समर्पित दलका उम्मेदवारहरू छोडेर देश र जनताको निम्ति कुनै सेवा नगरेका उम्मेदवारहरू कसरी निर्वाचित भए ? कसैको लहैलहैमा लागेर निर्वाचित उम्मेदवारहरू कस्ता कस्ता चरित्रका हुन् ? बुझनुपर्ने बेला आएको छ ।
हाल निर्वाचित अधिकांश सांसदहरू न राजनीतिमा लागेका थिए न त विकासमा लागेका थिए । जनतामाझ नभिजेका र नचिनेका व्यक्तिहरूलाई मतदान गर्ने जनता ‘लहैलहैमा’ लागेको प्रस्ट छ । जनताले हचुवाको भर या लहैलहैमा कुनै पनि दलका उम्मेदवारलाई मतदान गर्नु ठीक थिएन्, होइन । देश र जनताको पक्षमा कानुन बनाउनुपर्ने थलो संसद्मा जनताको समस्या नबुझेका, थाहा नपाएका, गाउँ, सहरको समस्या थाहा नभएका व्यक्तिहरूलाई निर्वाचित गरेर जनताको समस्या कसरी समाधान हुन्छ ? के उनीहरूले बहुमत जनताको पक्षमा ऐन – कानुन बनाउलान् ? यो जनतामा राजनीतिक चेतना नहुँदाको परिणाम हो । देशमा रहेका सबै राजनीतिक दलले आफ्ना दलका कार्यकर्ता तथा सर्वसाधारण जनतामा राजनीतिक चेतना जगाएको भए, प्रशिक्षित गरेको भए जनता कुनै हालतमा लहैलहैमा जाने थिएनन्† लोभलालचमा फस्ने र पैसाको लोभमा भुल्ने थिएनन् । राजनीतिक रूपमा सुसूचित नभएको र सांस्कृतिक स्तरको कमीले जनता लहैलहैको पछि दौडे । परिणामतः निर्वाचनमा ठुला ठुला दलका उम्मेदवारहरू सबैजसो हारे ।
मतदाताहरूले रास्वपाको उद्देश्य बुझेर, उम्मेदवारहरू चिनेर, इमानदार भएर मत हालेका होइनन् । ठुला दलहरूले पटकपटक शासन गर्दा पनि जनताको हितमा कुनै काम नगरेकाले जनतामा असन्तोष छाएको हो । विगतको निर्वाचनमा अरू दलले पनि बहुमत प्राप्त गरेको थियो । तर, त्यसलाई निरन्तरता दिन सकिएन । रास्वपाले हाल पाएको मत पनि जहिल्यै पाउँछ भन्ने कुरा होइन । यो परीक्षणको विषय हो । मुख्य कुरा सरकारको नेतृत्व परिवर्तन होइन देश र जनताको मुहारमा परिवर्तन हुनुपर्छ । देशको निर्माण महत्वपूर्ण पक्ष हो । युवाहरूले आफ्नै देशमा काम पाउनुपर्छ । कहीँ कतै भ्रष्टाचार र अनियमितता हुनु हुँदैन । सरकारले नेपाल र नेपालीको स्वार्थ छोडेर विदेशी र विदेशको स्वार्थ खोज्ने होइन । युवाहरू विदेश पलायन नहोऊन् । सरकारको नेतृत्व गर्न र मन्त्री बन्नको निम्ति तँछाडमछाड नहोस् । जनताले राहत पाउने खालका ऐन – कानुन बनोस् । नेपालभरि विकास गर्न सन्तुलित विकास गर्नुपर्छ । देशभर विकास गर्न सडक, शिक्षा, स्वास्थ्य, रोजगारी, उद्योग, कृषि, पर्यटन, प्रविधि आदि सबै क्षेत्रमा विकास पुग्नुपर्छ । आधुनिक प्रविधि ज्ञान र सीप अँगाल्दै समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्छ । के अबको सरकार सांवैधानिक व्यवस्थाअनुसार समाजवादउन्मुख अवधारणाअनुसार ऐन – कानुन बनाउन अघि सर्ला ?
विगतमा सरकारको नेतृत्व गर्ने दलका नेताहरूमा घमण्ड थियो । उनीहरूमा शक्तिको उन्माद थियो । उनीहरू अन्य दलका नेता, कार्यकर्ताहरूलाई गन्दैनथे; अपमान गर्थे; साना दलको कुरा सुन्दैनथे । आज उनीहरू नै साना दलमा झरे । गएको संसद्को निर्वाचनमा ८८ सीट जितेको नेका १८ सीटमा झ¥यो† ७८ सीट जितेको एमाले ९ सीटमा झ¥यो । अब बन्ने सरकार पनि शक्ति उन्मादमा लागे, दल ठुला हुनु नै सच्चाइ या सही दलको परिचय ठाने रास्वपा पनि नेका र एमालेको गति नहोला भन्न सकिँदैन । हाल निर्वाचित भएका अधिकांश सांसदहरूमा राजनीतिक पृष्ठभूमि थिएन† उनीहरू कसको कृपामा राजनीतिमा होमे ? उनीहरू के कस्ता आपराधिक क्रियाकलापमा संलग्न थिए भन्नेतर्फ मतदाताहरूले धनुष १ मा निर्वाचित सांसद यसको एक ध्यान नै दिन सकेनन् ।
भ्रष्टाचार र अनियमितता अन्त्य नगरी आर्थिक विकास हुने छैन । सरकार सञ्चालकहरू उत्तरदायी हुनुपर्छ । अबको हरेक योजना र काम पारदर्शी र परिणाममुखी हुनुपर्छ । स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनुपर्छ । नेपालको आर्थिक विकासको मुख्य आधार मानिने कृषि, पर्यटन, जलस्रोत, सूचना प्रविधि तथा साना तथा मझौला उद्योगलाई उन्नत बनाउनुपर्छ या विकासको उचाइमा पु¥याउनुपर्छ । सरकारको नेतृत्व गर्ने दलका नेताहरू इमानदार, दूरदर्शी हुनुपर्छ । जनतामाझ व्यक्त प्रतिबद्धता या वाचा एक एक पाइला गरी लागू गर्नुपर्छ । देशलाई साँच्चै समृद्ध बनाउन, जनताका आधारभूत आवश्यकता पूरा गर्न उद्योग, कारखाना खोल्ने काममा सरकार जुट्नुपर्छ ।
निर्वाचनमा हार्नु भनेको कुनै दलको सिद्धान्त र विचार हार्नु होइन । यो अस्थायी हार हो । निर्वाचनमा हार्दैमा दलले देश र जनताको पक्षमा राजनीति गर्न छोड्दैन । निरङ्कुश पञ्चायती व्यवस्थासँग जुधेको दल पुँजीवादी दल र व्यवस्थासँग लड्न पछि पर्दैन । सच्चा कम्युनिस्टहरू त आमूल परिवर्तन नभएसम्म लड्ने छन् । निर्वाचन पनि आन्दोलनको एक भाग हो । आन्दोलन चालु रहन्छ, चालु रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *