पुँजीवादी व्यवस्थामा आमूल परिवर्तन असम्भव
- असार ९, २०८३
जनताले नचिनेका, जनतामाझ या गाउँ बस्तीमा कहिल्यै नपुगेका, राजनीतिप्रति चासो नभएका उम्मेदवारहरू कसरी निर्वाचित भए भन्ने चर्चा गाउँ–घर, सहर बजारको चोक चोक, गल्ली, पसलहरूमा भइरहेको छ । निर्वाचन अघिसम्म व्यक्तिगत स्वार्थ या पेसामा लागेका, विकास र राजनीतिबाट टाढा रहेका व्यक्तिहरू भारी मतले विजयी भएकोमा राजनीतिक दलका नेता, कार्यकर्ता, बुद्धिजीवी मात्र होइन सर्वसाधारण जनता नै ताजुब छन् । राजनीतिक विश्लेषकहरूले प्रश्न गर्न थालेका छन्, जनता पनि कस्ता कस्ता ¤ इमानपूर्वक राजनीति गरेका, देश र जनताप्रति समर्पित दलका उम्मेदवारहरू छोडेर देश र जनताको निम्ति कुनै सेवा नगरेका उम्मेदवारहरू कसरी निर्वाचित भए ? कसैको लहैलहैमा लागेर निर्वाचित उम्मेदवारहरू कस्ता कस्ता चरित्रका हुन् ? बुझनुपर्ने बेला आएको छ ।
हाल निर्वाचित अधिकांश सांसदहरू न राजनीतिमा लागेका थिए न त विकासमा लागेका थिए । जनतामाझ नभिजेका र नचिनेका व्यक्तिहरूलाई मतदान गर्ने जनता ‘लहैलहैमा’ लागेको प्रस्ट छ । जनताले हचुवाको भर या लहैलहैमा कुनै पनि दलका उम्मेदवारलाई मतदान गर्नु ठीक थिएन्, होइन । देश र जनताको पक्षमा कानुन बनाउनुपर्ने थलो संसद्मा जनताको समस्या नबुझेका, थाहा नपाएका, गाउँ, सहरको समस्या थाहा नभएका व्यक्तिहरूलाई निर्वाचित गरेर जनताको समस्या कसरी समाधान हुन्छ ? के उनीहरूले बहुमत जनताको पक्षमा ऐन – कानुन बनाउलान् ? यो जनतामा राजनीतिक चेतना नहुँदाको परिणाम हो । देशमा रहेका सबै राजनीतिक दलले आफ्ना दलका कार्यकर्ता तथा सर्वसाधारण जनतामा राजनीतिक चेतना जगाएको भए, प्रशिक्षित गरेको भए जनता कुनै हालतमा लहैलहैमा जाने थिएनन्† लोभलालचमा फस्ने र पैसाको लोभमा भुल्ने थिएनन् । राजनीतिक रूपमा सुसूचित नभएको र सांस्कृतिक स्तरको कमीले जनता लहैलहैको पछि दौडे । परिणामतः निर्वाचनमा ठुला ठुला दलका उम्मेदवारहरू सबैजसो हारे ।
मतदाताहरूले रास्वपाको उद्देश्य बुझेर, उम्मेदवारहरू चिनेर, इमानदार भएर मत हालेका होइनन् । ठुला दलहरूले पटकपटक शासन गर्दा पनि जनताको हितमा कुनै काम नगरेकाले जनतामा असन्तोष छाएको हो । विगतको निर्वाचनमा अरू दलले पनि बहुमत प्राप्त गरेको थियो । तर, त्यसलाई निरन्तरता दिन सकिएन । रास्वपाले हाल पाएको मत पनि जहिल्यै पाउँछ भन्ने कुरा होइन । यो परीक्षणको विषय हो । मुख्य कुरा सरकारको नेतृत्व परिवर्तन होइन देश र जनताको मुहारमा परिवर्तन हुनुपर्छ । देशको निर्माण महत्वपूर्ण पक्ष हो । युवाहरूले आफ्नै देशमा काम पाउनुपर्छ । कहीँ कतै भ्रष्टाचार र अनियमितता हुनु हुँदैन । सरकारले नेपाल र नेपालीको स्वार्थ छोडेर विदेशी र विदेशको स्वार्थ खोज्ने होइन । युवाहरू विदेश पलायन नहोऊन् । सरकारको नेतृत्व गर्न र मन्त्री बन्नको निम्ति तँछाडमछाड नहोस् । जनताले राहत पाउने खालका ऐन – कानुन बनोस् । नेपालभरि विकास गर्न सन्तुलित विकास गर्नुपर्छ । देशभर विकास गर्न सडक, शिक्षा, स्वास्थ्य, रोजगारी, उद्योग, कृषि, पर्यटन, प्रविधि आदि सबै क्षेत्रमा विकास पुग्नुपर्छ । आधुनिक प्रविधि ज्ञान र सीप अँगाल्दै समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्छ । के अबको सरकार सांवैधानिक व्यवस्थाअनुसार समाजवादउन्मुख अवधारणाअनुसार ऐन – कानुन बनाउन अघि सर्ला ?
विगतमा सरकारको नेतृत्व गर्ने दलका नेताहरूमा घमण्ड थियो । उनीहरूमा शक्तिको उन्माद थियो । उनीहरू अन्य दलका नेता, कार्यकर्ताहरूलाई गन्दैनथे; अपमान गर्थे; साना दलको कुरा सुन्दैनथे । आज उनीहरू नै साना दलमा झरे । गएको संसद्को निर्वाचनमा ८८ सीट जितेको नेका १८ सीटमा झ¥यो† ७८ सीट जितेको एमाले ९ सीटमा झ¥यो । अब बन्ने सरकार पनि शक्ति उन्मादमा लागे, दल ठुला हुनु नै सच्चाइ या सही दलको परिचय ठाने रास्वपा पनि नेका र एमालेको गति नहोला भन्न सकिँदैन । हाल निर्वाचित भएका अधिकांश सांसदहरूमा राजनीतिक पृष्ठभूमि थिएन† उनीहरू कसको कृपामा राजनीतिमा होमे ? उनीहरू के कस्ता आपराधिक क्रियाकलापमा संलग्न थिए भन्नेतर्फ मतदाताहरूले धनुष १ मा निर्वाचित सांसद यसको एक ध्यान नै दिन सकेनन् ।
भ्रष्टाचार र अनियमितता अन्त्य नगरी आर्थिक विकास हुने छैन । सरकार सञ्चालकहरू उत्तरदायी हुनुपर्छ । अबको हरेक योजना र काम पारदर्शी र परिणाममुखी हुनुपर्छ । स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनुपर्छ । नेपालको आर्थिक विकासको मुख्य आधार मानिने कृषि, पर्यटन, जलस्रोत, सूचना प्रविधि तथा साना तथा मझौला उद्योगलाई उन्नत बनाउनुपर्छ या विकासको उचाइमा पु¥याउनुपर्छ । सरकारको नेतृत्व गर्ने दलका नेताहरू इमानदार, दूरदर्शी हुनुपर्छ । जनतामाझ व्यक्त प्रतिबद्धता या वाचा एक एक पाइला गरी लागू गर्नुपर्छ । देशलाई साँच्चै समृद्ध बनाउन, जनताका आधारभूत आवश्यकता पूरा गर्न उद्योग, कारखाना खोल्ने काममा सरकार जुट्नुपर्छ ।
निर्वाचनमा हार्नु भनेको कुनै दलको सिद्धान्त र विचार हार्नु होइन । यो अस्थायी हार हो । निर्वाचनमा हार्दैमा दलले देश र जनताको पक्षमा राजनीति गर्न छोड्दैन । निरङ्कुश पञ्चायती व्यवस्थासँग जुधेको दल पुँजीवादी दल र व्यवस्थासँग लड्न पछि पर्दैन । सच्चा कम्युनिस्टहरू त आमूल परिवर्तन नभएसम्म लड्ने छन् । निर्वाचन पनि आन्दोलनको एक भाग हो । आन्दोलन चालु रहन्छ, चालु रहनेछ ।
Leave a Reply