तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १८ वैशाख । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मंगलबार विश्व सम्पदास्थल टौमढीमा नेपाल क्रान्तिकारी मजदुर सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रम सम्पन्न भयो ।
उक्त सम्मेलनको उद्घाटन गर्दै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले सम्मेलनको पूर्ण सफलताको कामना गर्दै योग्य मानिस योग्य ठाउामा पुग्नुपर्छ ।
पदको लागि लुछाचँडी या झगडा गर्नु पूँजीवादी प्रवृत्ति भएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेंले भन्नुभयो –‘पदमा बस्दैमा सबै थाहा हुने र नबस्दैमा केही थाहा नहुने भन्ने होइन, अयोग्य र स्वार्थीहरूलाई पदमा राख्नु उपयुक्त हँदैन । पद र पैसाको निम्ति राजनीति गर्ने होइन ।’
फूर्सदमा मात्र राजनीति गर्दा संगठन विस्तार र विकास नहुने औंल्याउँदै अध्यक्ष रोहितले राजनीति देश र जनताको सेवा गर्नकै लागि हो भन्नुभयो ।
मजदुर र किसानहरूकै नेतृत्वमा सरकार भयो भने बहुमत जनताले सुख पाउने विचार व्यक्त गर्दै उहााले भन्नुभयो – क्रान्ति कसैले पूजा र भाकल गर्दैमा आउँदैन, क्रान्ति सफल पार्न बहुमत जनतालाई राजनीतिक, वैचारिक र सैद्धान्तिकरूपले सचेत र संगठित गर्नुपर्छ ।
अध्यक्ष रोहितले क्रान्ति अघि गर्नुपर्ने तयारी र क्रान्ति सफल भएपछि पाउने उपलब्धि र सतर्कताबारे जनतालाई सुसूचित पार्नुपर्नेमा जोड दिंदै कामको सिलसिलामा आएका जुनसुकै देश र जिल्लाका मजदुरहरूलाई राजनीतिक चेतना दिनुपर्छ, यसमा नेक्रामसङ्घ अघि जुट्नुपर्छ भन्नुभयो ।

नेमकिपाका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले ८ घण्टाको काम र ज्याला वृद्धि गर्न गरिएको मजदुरहरूको आन्दोलन सफल भएको विजयोत्सवमा संसारभर मे दिवस मनाइएको उल्लेख गर्दै पँजीवाद र साम्राज्यवाद नै युद्धका कारक हुन् भन्नुभयो ।
सार्वजनिक संस्थान कमिसन खाएर निजीकरण गरी देश दुबाएर देशको अर्थतन्त्र ध्वस्त पारिरहेको उल्लेख गर्दै सचिव सुवालले एमाले र माओवादी केन्द्रको गठबन्धन देश र जनताको सेवा गर्न होइन पदको लागि भएको हो भन्नुभयो ।
एक मधेस एक प्रदेश बनाउन, कृत्रिम नागरिकता दिलाउने बन्दोबस्त गराउन राजपा र फोरमले वर्तमान सरकारलाई समर्थन गरेको चर्चा गर्दै उहाँले भन्नुभयो – एक मधेस एक प्रदेश भए त्यो देशको लागि खतरा छ ।
विदेशी राजदूतसामु झुक्ने या आत्मसमर्पण गर्ने प्रवृत्तिले देश सार्वभौम नहुने विचार राख्दै सचिव सुवालले नेपालको खोलानाला बेचेर भारतबाट महागो बिजुली किन्नु देशलाई पराधीन र परनिर्भर बनाउनु हो भन्नुभयो ।
संसदलाई सरकारको रबर स्टाय्म्प होइन प्राज्ञिक थलो बनाउनुपर्छ, घाटा बजेट पेश गर्नु हँदैन, फौजदारी मुद्दा खेपेका सांसदहरूलाई निलम्बन नगरे संसद अपराधीहरूको थलो बन्छ, उहाँले भन्नुभयो ।
विदेशीको भरमा भूकम्प पीडितहरूको पुनस्र्थापना हुन नसक्ने औंल्याउँदै उहााले माक्र्सको द्विशतवार्षिकीको अवसरमा जिल्ला जिल्लामा माक्र्सको कृति र साहित्यबारे विभिन्न रचनात्मक कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष नवराज कोइरालाले सभापतिको आसनबाट बोल्दै देशविदेशमा संगठित तथा असंगठित मजदुरहरूलाई शुभकामना दिंदै स्वतन्त्रता र मुक्तिको लागि व्यापक कामदार जनताको सहयोग आवश्यक हुन्न भन्नुभयो ।
सङ्घर्षविना आमूल परिवर्तन सम्भव नहुने चर्चा गर्दै उहाँले साम्राज्यवाद र विस्तारवादविरूद्ध पूँजीवादी दलले सङ्घर्ष नगर्ने बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले विश्व समाजवादी आन्दोल नयाँ नयाँ उपलब्धि हासिल गर्दै अगाडि बढिरहेको उल्लेख गर्दै विश्वको मजदुर वर्गीय आन्दोलन अब नरोकिने बताउनुभयो ।
उहाँले भन्नुभयो – यो वर्ष विश्व सर्वहारा वर्गका महान गुरू कार्ल माक्र्सको जन्मको दुई शताब्दीको वर्ष हो । विश्वका परिवर्तनवादी, मुक्तिकामी, प्रगतिशील समुदाय, क्रान्तिकारी तथा कामदार वर्ग माक्र्सप्रति असीम श्रद्धा व्यक्त गर्दैछन्, माक्र्सवादको अजय हतियारलाई अझ धारिलो बनाउादै आमूल परिवर्तनको निम्ति अनुकूल परिस्थिति निर्माण गर्दैछन् ।
अर्का प्रदेशसभा सदस्य सृजना सैंजूले देशको अर्थतन्त्र कमजोर भए मजदुरहरूले हातमुख जोड्न मुस्किल हुने चर्चा गर्दै देशको अर्थतन्त्रले नाफा र पँजीको मात्र पक्ष लिन्छ भने त्यसले मजदुरहरूको चरम शोषण गर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, ‘पँजीवादी अर्थतन्त्र र समाजवादी अर्थतन्त्रबीचको सङ्घर्ष एउटा वर्गसङ्घर्षकै रूप हो, समाजवादी अर्थतन्त्र लागू नभएसम्म उत्पादनका मुख्य मुख्य साधनहरू सामाजिकीकरण हँदैन ।’
मजदुरहरूको अन्तर्राष्ट्रिय गीत गाइएको सो सम्मेलनको उद्घाटन कार्यक्रममा दीपा खत्री र बिक्रम ढुकुछुले पनि बोल्नुभएको थियो ।
उद्घाटन हुनुअघि दत्तात्रयबाट सुरू भएको जुलुस बजार परिक्रमा गर्दै टौमढीमा पुगी समापन भएको थियो ।
दत्तात्रयमा नेक्रामसङ्घका केन्द्रीय उपाध्यक्ष नारायण महर्जन, सहसचिव उपेन्द्र सुवाल र पुण्यराम न्हुछेंले पनि बोल्नुभएको थियो ।
कार्यक्रमको बीच–बीचमा विनोद विक र आस्था सांस्कृतिक परिवारको तर्फबाट देशभक्ति गीत गाइएको थियो ।
Leave a Reply