भर्खरै :

फ्रान्सको मे दिवस प्रदर्शनमा भीडन्त

फ्रान्सको राजधानीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच भएको दोहोरो भीडन्तका क्रममा दुई सय जना प्रदर्शनकारीहरुलाई गिरफ्तार गरिएको छ । सिन्ह्वा समाचार संस्थाअनुसार समातिनेहरु सबै उग्रवामपन्थी अराजकतावादी समूह ब्ल्याक ब्लकका सदस्यहरु हुन् । ब्ल्याक ब्लकका सदस्यहरुले सार्वजनिक सम्पत्तिमाथि समेत हमला गरेका थिए ।
‘हामीले बुफ्फन बजारबाट दुई सय जना व्यक्तिलाई गिरफ्तार गरेका छौं ।’, पेरिस प्रहरीका प्रमुख माइकल दुल्पुचले बताए ।
उनका अनुसार समातिएकामध्ये नब्बे जनाविरुद्ध कानुनी कार्यबाही चलाइनेछ ।
टेलिभिजन फुटेजमा केही नकाब लगाएका मानिसहरुले सवारी साधनमाथि आगो लगाउनुका साथै मेक्डोनल रेस्टुराँमा जलनशील पदार्थ फ्याकिरहेका देखिन्छन् । आगोले त्यहाँ राखिएका निर्माण सामग्री समेतलाई क्षति पु¥याएको थियो । भीड नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा र अश्रुँग्यास समेत प्रहार गरेको थियो ।
मे दिवसको अवसरमा मजदुर संगठनहरुले आयोजना गरेको जुलुसमा झण्डै १२ सय नकाब लगाएका र टाउको छोपिएका मानिसहरु घुसेर अराजकता फैलाएका प्रहरीको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *