नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
काठमाडौँ, २८ फागुन । आयल निगमले शुक्रबारदेखि बजारमा आधा सिलिन्डरको दरमा खाना पकाउने एलपी ग्यास बजार पठाउने भएको छ ।
बजारमा ग्यास अभाव हुने देखिएपछि बिहीबार बसेको निगमको बैठकले यस्तो निर्णय गरेको हो ।
अर्को सूचना जारी नभएसम्मकोे लागि निगमले प्रतिसिलिन्डरमा ७.१ किलो एलपी ग्यास बिक्री हुने बताएको छ । उक्त परिमाणको ग्यासको मूल्य ९ सय ५५ रूपैयाँ तोकिएको छ ।
बिहीबारदेखि नै काठमाडौँको बालाजु औद्योगिक क्षेत्रमा एलपी (खाना पकाउने) ग्यास लिन जानेहरूको लामो लाइन देखिन थालेको छ ।
निगमले बजारमा ग्यास अभाव नरहेको बताउँदै आएपनि करिब दुई÷तीन महिनादेखि नै सर्वसाधारणले ग्यासको लागि सङ्घर्ष गरिरहेका छन् । निगमले दुई÷तीन महिनादेखि काठमाडौँ उपत्यकामा ग्यासको माग उच्चले बढेको र आवश्यकताभन्दा बढी ग्यास भण्डारण गर्ने प्रवृत्ति बढेको भन्दै यस्तो निर्णय गरेको पनि बताएको छ ।
यसैबिच भारतमा समेत ग्यासको अभाव देखिन थालेपछि यहाँको लाइन नै लाग्न थालेको हो ।
भारतीय सञ्चार माध्यमहरूले त्यहाँ केही दिनअघि नै घरेलु प्रयोगका एलपीजी सिलिन्डर रिफिल बुकिङ गर्न पाइने न्यूनतम अवधि २१ दिनबाट बढाएर २५ दिन पु¥याइएको उल्लेख गरेका थिए ।
यहाँ पनि पेट्रोलियम पदार्थ भारतबाटै आयात हुने हो । नेपाल आयल निगम (एनओसी) ले यहाँ आवश्यक हुने पेट्रोलियम पदार्थ भारत सरकारको स्वामित्व भएको इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट ल्याउँछ ।
अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा हमला बढाएपछि तेलमार्गको रूपमा चिनिने होर्मुज मार्गमा केही समयदेखि अवरोध देखिएको छ । इरानका तेल प्रशोधन क्षेत्रमा समेत हमला भइरहेको खबर बाहिरिएपछि विश्वभर पेट्रोलियम पदार्थको भाउ बढिरहेको छ ।
यसकारण पेट्रोल, डिजेल र ग्यासको माग तथा खपत पनि बढिरहेको छ ।
होर्मुज मार्ग हुँदै बिहीबार भारतमा साउदी कच्चा तेल भने आइपुगेको द हिन्दुले उल्लेख गरेको छ । भारतले अहिले एलपी ग्यास विशेषगरी साउदी अरेबिया, युएई र कतारबाट ल्याउने गर्छ । भारत आयात हुने ९० प्रशित एलपी ग्यास यी क्षेत्रबाट आउँछन् ।
केही समयअघि मात्रै भारतले अमेरिकाको गल्फकोस्टबाट ल्याउने सहमति गरिसकेको छ भने नर्वेबाट समेत ग्यास ल्याउने पहल थालिरहको समाचारहरूमा बताइएको छ ।
Leave a Reply