नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर, ४ चैत । नेपाल बार एसोसिएसनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२ औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा आयोजना हुने भएको छ । ‘महिलाको समानुपातिक समावेशिता : परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता’ भन्ने मूल नारासहित सञ्चालन हुने सो सम्मेलन चैत ६ र ७ गते हुने आयोजकले जनाएको छ ।
भक्तपुर जिल्ला अदालत बारको आतिथ्यमा हुने उक्त सम्मेलनमा देशभरका महिला कानुन व्यवसायीहरूको सहभागिता हुने नेपाल बार एसोसिएसन भक्तपुरका अध्यक्ष रामसुन्दर खाइतुले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा बारमा आबद्ध कानुन व्यवसायीहरू, नेपाल बार एसोसिएसनका पूर्वपदाधिकारी तथा सदस्यहरू सहभागी हुनेछन् ।
सम्मेलनले नेपालमा महिला अधिकार तथा ‘महिलाको समानुपातिक समावेशिता : परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता’ सम्बन्धमा घोषणापत्र पनि जारी हुने अपेक्षा लिइएको छ ।
६ गते बिहान भक्तपुरको दत्तात्रय मन्दिरबाट प्रभातफेरी हुनेछ । उद्घाटन ख्वप बैङ्क्वैटमा हुनेछ । दोस्रो दिन भक्तपुर जिल्ला अदालतको सभा कक्षमा विभिन्न विषयमा विषय विज्ञका साथमा छलफल हुनेछ ।
आयोजकले सबैलाई कालो कोटसहित मर्यादित पहिरनमा उपस्थित हुन आग्रह गरेको छ ।
Leave a Reply