नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर ८ चैत । सानो ब्यासीस्थित युवा विद्यार्थीहरूको एकदिने कार्यशाला गोष्ठी शनिबार सम्पन्न भयो । सो कार्यशाला गोष्ठीमा समाजसेवी गणेशप्रसाद सुवालले भक्तपुर तत्कालीन समयमा निकै फोहर नगरको रूपमा चिनिएको र फोहरका कारण जनताको विभिन्न सरुवा रोगको समयमै उपचार नपाउँदा अकालमा मर्नुपर्ने अवस्था थियो भन्नुभयो ।
तत्कालीन समयमा नगरपञ्चायतमा निर्वाचित प्रधानपञ्च ज्ञानबहादुर न्याईच्याईले कुचो समाएर सफाइ कार्यमा लागेर सफाइ अभियान सञ्चालन गरेको र त्यसलाई निरन्तरता दिएको कारण आज भक्तपुर नगर संसारमै सफा नगरको रूपमा परिचित भएको उहाँले बताउनुभयो ।
अग्रजहरूले सञ्चालन गरेको सफाइ अभियान र सोपछिको शैक्षिक अभियानले भक्तपुर ज्ञानविज्ञानको केन्द्रका रूपमा अघि बढिरहेको उल्लेख गर्दै उहाँले भक्तपुर नगरपालिकाले देशैभरका अभिभावकका छोराछोरीहरूलाई विभिन्न कलेजहरू सञ्चालन गरी शिक्षा दिइरहेको बताउनुभयो ।
भक्तपुरको आजको परिवर्तन एकै दिनमा नभएको उहाँले बताउनुभयो । उहाँले युवा विद्यार्थीहरू कुलतमा लागी बिग्रेमा पूरै परिवार बर्बाद हुने हुँदा सही बाटोमा लाग्नुपर्ने प्रस्ट्याउनुभयो ।
गोष्ठीमा शिक्षक एवं सहजकर्ता कृष्णप्रसाद सुवालले परिवारबिना समाज बन्न नसक्ने र समाजको उत्पतिसँगै सोको विकास, विकासका चरणहरू,समाजको प्रकार तथा समाजमा आइपर्ने समस्याहरूको सामना गर्न नसक्दा नसोचेको परिणाम आएको हुँदा सचेत हुनुपर्ने कुरामा जोड दिनुभयो ।
गोष्ठीमा अजेन्द्रकुमार लघुले विद्यार्थीहरूको शैक्षिक गुणस्तर वृद्धि गर्नेतर्फ ध्यान जानुपर्छ भन्नुभयो ।
संस्कृति र संस्कारहरूको अभावमा नयाँ पुस्तामा विचलन आएको उल्लेख गर्दै उहाँले विश्व घटनाले नेपाल र नेपालीमा पार्ने प्रभावको बारेमा सचेत हुनुपर्नेमा जोड दिनुभयो । नेपालीहरू विदेशमा दुःखकष्ट गरी विदेशीहरूको दास बनिरहेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । समाजमा कसरी बाँच्नुपर्छ ?, अभिभावक र विद्यार्थीबिचको सम्बन्ध, शैक्षिक योग्यता र समाजप्रतिको उत्तरदायित्व,समाज र हाम्रो भूमिका र युवा विद्यार्थीको प्रगतिका लागि अभिभावकको भूमिका विषयक भएको सो कार्यक्रममा नेहा भट्ट, रादिल कोजु, सरोज दथेपुथे र सिद्धान्त लासिवाको टोलीले आ–आफ्नो विषय प्रस्तुत गर्यो । शैक्षिक विकास समाज ब्यासीका आर. कोजुको संयोजनमा भएको सो गोष्ठीमा धन्यवाद समाजका सदस्य शिवकृष्ण कोजुले गर्नुभएको थियो ।
Leave a Reply