भर्खरै :

लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत उद्यमशीलता विकास तालिम आजबाट सुरु

लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत उद्यमशीलता विकास तालिम आजबाट सुरु

भक्तपुर, ९ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्यमशील हुनु भनेको आत्मनिर्भर, मेहेनती र स्वाभिमान हुनु हो भन्दै हातमा सीप भएको व्यक्तिले कसैको सामु झुक्नुपर्ने अवस्था आउँदैन र कहिल्यै भोको बस्नुपर्दैन भन्नुभयो ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत उद्यमशीलता विकास तालिमको शुभारम्भ कार्यक्रममा सोमबार बोल्दै उहाँले भक्तपुर नगरपालिकाले नगरवासीहरूलाई सस्तो र सुलभ शिक्षा र स्वास्थ्य सेवा दिँदै युवालाई स्वरोजगार बनाउन विभिन्न तालिमहरू प्रदान गर्दै आएको बताउनुभयो ।
युवाहरूलाई शिक्षा र रोजगारीको सुनिश्चितता दिन सके युवा बिदेसिने क्रम केही हदसम्म रोकिने बताउँदै उहाँले नपाले युवा लक्षित तालिमहरू सञ्चालनमा जोड दिँदै जाने बताउनुभयो ।
भक्तपुर नपाले मौलिक सीप तथा अभौतिक सम्पदाहरूलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रक्रियामा अगाडि बढिरहेको बताउँदै प्रमुख प्रजापतिले देशको भविष्य युवाहरूमा निर्भर भएकोले युवाहरूलाई स्वदेशलाई रोजगारीको बन्दोबस्त गरिनुपर्ने बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले नेपालमै केही गर्छु भन्नेहरूको पनि मेडपा कार्यक्रमले सहयोगी भूमिका खेल्ने बताउँदै नयाँ भविष्य निर्माण गर्ने खालको उद्यमशीलता विकास गर्न आवश्यक भएको बताउनुभयो ।
कार्यपालिका सदस्य रोशनमैँया सुवालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै तालिमले उद्यमशीलता विकास गर्ने सीप प्रदान गर्नुका साथै उद्यमी कसरी बन्ने भन्ने विषयमा प्रशिक्षित गर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा लघु उद्यम विकास कार्यक्रमका गीताकुमारी कोइरालाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *