वाग्मती प्रदेश मुख्यमन्त्री बानियाँ भक्तपुर भ्रमणमा
- बैशाख ४, २०८३
भक्तपुर, ११ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न बुधबार सरोकारवालाहरूसँगको बैठक भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।
बैठकमा प्रमुख प्रजापतिले २०८२/८३ को बिस्का जात्रा निर्धारित समयमा शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न सम्बन्धित सरोकारवालाहरूले आ–आफ्नो तर्फबाट आवश्यक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
उहाँले २०८२ चैत २७ गतेदेखि २०८३ वैशाख ५ गतेसम्म सञ्चालन हुने ८ रात ९ दिनको भक्तपुरको प्रसिद्ध बिस्का जात्रा संसारले हेर्ने जात्रा भक्तपुरको मौलिक जात्रा भएकोले नगरपालिकाले यसलाई विशेष महत्व दिएर व्यवस्थापनमा जोड दिँदै आएको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रजिअ उमेशकुमार ढकालले बिस्का जात्रा सबैको साझा जात्रा हो र यसको व्यवस्थापनमा सबै सरोकारवालाहरूको संयुक्त साथ, सहयोग र समन्वय आवश्यक भएको बताउनुभयो ।
बैठकमा गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले बिस्का जात्राको हालसम्मको तयारीबारे अवगत गर्दै रथ निर्माणको तयारी भइरहेको बताउनुभयो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जात्राको सुरक्षालाई ध्यान दिएर सिसी क्यामेरा अपग्रेड गरिने बताउँदै जात्राको प्रत्यक्ष प्रसारण गर्न सकिए जात्रास्थलमा हुलहुज्जत कम हुने बताउनुभयो । जात्रालाई व्यवस्थित बनाउन र निगरानीको लागि ड्रोनको प्रयोग पनि गरिने बताउँदै उहाँले जात्रा समयमा सुरु गरी समयमा सम्पन्न गर्नेतर्फ जोड दिनुपर्ने बताउनुभयो ।
बैठकमा भक्तपुर नपाका जनप्रतिनिधि, भैरवनाथ जात्रा व्यवस्थापन समिति, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी बल, नेपाल टेलिकम, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल विद्युत्् प्राधिकरण, नेपाल रेडक्रस सोसाइटी, स्थानीय स्काउट, अस्पतालहरूका प्रतिनिधि, ट्राफिक प्रहरी, भक्तपुर उद्योग वाणिज्य सङ्घ, पुजारी र जात्रासँग सम्बन्धित सरोकारवालाहरूको उपस्थिति थियो । उहाँहरूले बिस्का जात्राको व्यवस्थापनबारे आ–आफ्नो तर्फबाट हुने सहयोग र तयारीबारे अवगत गराउनुभयो ।
बिस्केट जात्रा सञ्चालन गर्ने विषयमा जात्रासँग सम्बन्धित सरोकारवालाबिच भएको महत्वपूर्ण निर्णयहरू यस प्रकार छन् ः
१. यस वर्षको बिस्का जात्रा मर्यादित र भव्यताका साथ सम्पन्न गर्न जात्रा सञ्चालन हुने सम्पूर्ण क्षेत्रहरूको सरसफाइ र आवश्यक व्यवस्थापन तथा प्रचार प्रसारलगायत सरोकारवालाहरूसँग समन्वय गर्ने कार्य भक्तपुर नगरपालिकाले गर्ने ।
२. बिस्का जात्रा अवधिभर नगर क्षेत्रको शान्ति सुरक्षाको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय, भक्तपुर, जिल्ला प्रहरी परिसर भक्तपुरलगायत सुरक्षा निकायलाई दिने ।
३. बिस्का जात्रासम्बन्धी सम्पूर्ण पूजाआजा र जात्रा समयमै सुरु र सम्पन्न गर्न आवश्यक तयारीको लागि गुठी संस्थान शाखा कार्यालय, भक्तपुरलाई जिम्मा दिने ।
४. बिस्का जात्रासँग सम्बन्धित पूजाआजा र आवश्यक तयारीको लागि भैल नायोहरू, जात्रा व्यवस्थापन समिति र सम्बन्धित वडा कार्यालयलाई जिम्मेवारी दिने निर्णय ।
५. बिस्का जात्रा सञ्चालन हुने नगरका सम्पूर्ण क्षेत्रहरूमा रहेको तार, केबुल र फाइबर नेटका केबुलहरू व्यवस्थित गर्न गठित केबुल व्यवस्थापन समितिलाई जिम्मेवारी दिने र आवश्यक सहजीकरण नगरपालिकाले गर्ने निर्णय ।
६. बिस्का जात्रा सञ्चालन हुने मुख्य मुख्य दिनहरूमा नगर क्षेत्रमा रहेका अस्पतालहरूका एम्बुलेन्स, दमकल तथा विपद् पूर्वतयारीका सामानहरू तयारी अवस्थामा राख्न नेपाल रेडक्रस सोसाइटी, भक्तपुरले आवश्यक व्यवस्थापन गर्ने र अस्पतालको इमर्जेन्सी वार्डमा स्वास्थ्यकर्मीहरूलाई आकस्मिक सेवाको लागि तयारी अवस्थामा राख्ने नगरपालिकाले आवश्यक समन्वय गर्ने ।
७. बिस्का जात्रा अवधिभर जात्रामा अत्यधिक भीड हुने दिनहरू चैत ३०, वैशाख १ र ४ गते भीड हुने स्थानहरूमा स्वयम्सेवकहरू खटाई आवश्यक व्यवस्थापन गर्नेे निर्णय ।
८. बिस्का जात्रा सञ्चालन हुने क्षेत्रहरूमा सवारी साधन व्यवस्थापन गर्न ट्राफिक कार्यालय, भक्तपुरलाई जिम्मेवारी दिने ।
९. बिस्का जात्रा अवधिभरमा पर्याप्त खानेपानी वितरणको लागि केयूकेएललाई र निर्वाध विद्युत् प्रशारणको लागि आवश्यक व्यवस्था मिलाउन नेपाल विद्युत्् प्राधिकरण, भक्तपुर वितरण शाखालाई जिम्मेवारी दिने ।
१०. यस वर्षको बिस्का जात्रा र नयाँ वर्षको अवसरमा २०८२ चैत २७ गते बिहान ७ः०० बजे जात्रालाई व्यवस्थित रूपमा सञ्चालन गर्न भक्तपुर नगरपालिकाको आयोजनामा शुभकामना ¥याली गर्ने ।
Leave a Reply