भर्खरै :

“निर्वाचनमा नेमकिपाले घोषणापत्रबारे जनतालाई राम्रोसँग बताउने काम ग¥यो”

“निर्वाचनमा नेमकिपाले घोषणापत्रबारे जनतालाई राम्रोसँग बताउने काम ग¥यो”

भक्तपुर, १४ चैत । नेपाल मजदुर किसान पार्टी वडा नं. १ पार्टी समितिको आयोजनामा शनिबार स्थानीय वडावासी, मजदुर, किसान, युवा, विद्यार्थी, महिला, बुद्धिजीवी र समाजसेवीहरूको भेला भयो ।
फागुन २१ गते भएको संसदीय निर्वाचनमा नेमकिपालाई सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्न आयोजित उक्त कार्यक्रममा पार्टीका सचिव प्रेम सुवालले देश र जनताको निःस्वार्थ सेवा गर्न नेमकिपा स्थापना भएकोले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू देश र जनताको सेवामा लागिरहनुभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “निर्वाचनमा खटिएका सबै कर्मचारी निष्पक्ष देखिएनन् । मतपत्रको कागज, मसी र छापदानीसमेत कमसल भेटियो । कतिपय मतदान केन्द्रमा उम्मेदवार र उम्मेदवार प्रतिनिधिलाई नै प्रवेश गराइएन ।”
पार्टी फेरेर चुनाव जितेकाहरूको जतिसुकै बहुमत भए पनि त्यस्तो सरकारबाट देश र जनताको निःस्वार्थ सेवा नहुने उहाँले स्पष्ट पार्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “निर्वाचनमा नेमकिपाले घोषणापत्रबारे जनतालाई राम्रोसँग बताउने काम ग¥यो । नेमकिपाले अन्य शासक दलले जस्तै जनतालाई मोबाइल आतङ्क गरेन । ”
कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका सदस्य उपेन्द्र सुवालले निर्वाचनको परिणामबाट पाठ सिकी जनताको सेवामा अझ मेहनतका साथ लाग्नुपर्ने बताउनुभयो ।
“गएको निर्वाचनमा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको चलखेल भएको प्रस्ट हुँदै आएकोले कार्यकर्ताहरू सजग भई पार्टी गतिविधिमा केन्द्रित हुन आग्रह गर्दछु”, उहाँले भन्नुभयो ।
भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले निर्वाचन परिचालन समिति गठनपश्चात वडामा भएका गतिविधिबारे बताउनुभएको उक्त कार्यक्रममा कृष्णबहादुर दुगुजु र सूर्यप्रसाद श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *