जनताको समस्या समाधान गर्न नेमकिपा लागिरहने
- चैत्र २१, २०८२
चिनियाँ अर्थतन्त्रको चर्चा गर्दा विश्वभरि नै आकारको कथा हालिन्थ्यो । दशकौँदेखि यही भाष्य चल्दै आएको थियो । चीनलाई विश्वको कारखानाको पगरी लगाइन्थ्यो । उसलाई विशाल आकारमा वस्तु निर्यात गर्ने देश मानिन्थ्यो; गगनचुम्बी भवनहरूले मापन गरिन्थ्यो । तर, सन् २०२६ को ‘चीन विकास गोष्ठी’ (सीडीएफ) का प्रतिनिधिहरूले राजधानी पेइचिङ छोड्दै गर्दा एउटा नयाँ कथा उदाएको छ ।
‘पन्ध्र वर्षीय योजना’ को झन्डा फहराएर चीनले गहिरो संरचनात्मक बदलावको सङ्केत दिएको छ । जसरी हुन्छ आर्थिक वृद्धि गर्ने युगको समाप्तिसँगै चीनले तीनखम्बे उन्नत वृद्धि मोडल अघि सारेको छ । यो मोडलमा तीन अङ्ग छन् – घरेलु माग, प्रविधिमा आत्मनिर्भरता र आमूल हरित रूपान्तरण ।
यसलाई नीति परिमार्जन भन्न मिल्दैन । यो मौलिक फड्को हो – मात्रात्मक विस्तारबाट गुणमा आधारित स्थायित्व हो । संसार अहिले भूराजनीतिक अस्थिरता र व्यापारिक खण्डीकरणले आहत छ । यस्तो परिवेशमा चीन विश्वको वस्तु आपूर्तिकर्ताबाट विश्वमा स्थिरताको संवाहक बन्न प्रयासरत छ । अनिश्चयको महासागरमा ऊ निश्चयको भरोसा बन्न खोज्दै छ ।
तीनखम्बे नीतिको पहिलो आधारस्तम्भ हो – चिनियाँ उपभोक्ताको उत्थान । धेरै वर्षदेखि अर्थविद्हरूले चीनको उच्च बचत दर र निर्यात निर्भरताबिच असन्तुलत छ† यसले विश्वको स्थिरतामा खतरा ल्याउने तर्क गर्दै आएका छन् । ‘चीन विकास गोष्ठी’ ले अघि सारेको ‘पन्ध्र वर्षीय योजना’ ले यो असन्तुलन हल गर्ने लक्ष्य लिएको छ । यसको लागि उसले सेवा उपभोगलाई आफ्नो अर्थतन्त्रको आधारभूत इन्जिन बनाउने नीति तय गरेको छ ।
यो बदलाव गुणात्मक हो । चिनियाँ बजार अब पहिले जस्तो रहेन । आजका मितिमा ‘मात्रा’ मात्र होइन, ‘गुणस्तर’ पनि हो चिनियाँ बजार । शिक्षा, स्वास्थ्य र डिजिटल मनोरञ्जनका क्षेत्रमा चीनको ‘आधारभूत वस्तु उपभोग’ अहिले ‘उच्च गुणस्तरीय सेवा उपभोग’ मा बदलिएको छ । यसअघि बन्देज लागेका यी क्षेत्रमा बजारको पहुँच विस्तार गरेर चीनले विदेशी हातेमालोको ढोका मात्र खोलेको छैन बरु ‘एकीकृत राष्ट्रिय बजार’ को निर्माण पनि गर्दै छ ।
घरेलु मागले नै उत्पादनलाई निर्देशित गर्ने सदाचारी चक्रको रचना गर्नु नै ‘पन्ध्रवर्षीय योजना’ को मूल लक्ष्य हो । राष्ट्रिय बजेटमा सार्वजनिक सेवामा खर्च बढाएर सरकारले नागरिकहरूको भैपरीका लागि गरिने बचत घटाउने लक्ष्य लिएको छ । यसरी, खरबौँ रकमलाई मुक्त पारी तरल बनाउने र आन्तरिक आर्थिक वृद्धि ल्याउने सोच हो यो । यसले बाह्य आर्थिक झट्काविरुद्ध (धनको) आन्तरिक चक्रणको सुरक्षात्मक कवच प्रदान गर्नेछ । (धनको) वैश्विक रोटी बढ्न बन्द भयो भने चीनले आफ्नै रोटी पकाउन सक्नेछ ।
उपभोग इन्जिन हो भने प्रविधि इन्धन हो । चीनको प्राविधिक महत्वाकाङ्क्षा अहिले नक्कलबाट मौलिकता र आत्मनिर्भरतामा बदलिएको छ ।
चीनका भावी उद्योगहरू अहिले क्वान्टम कम्प्युटिङ, ६–जी, ब्रेन–कम्प्युटर इन्टरफेस र शरीरयुक्त कृत्रिम बौद्धिकतामा केन्द्रित भइरहेका छन् । यसबाट चीन अब अरूको पछि लाग्ने खेल खेल्न चाहन्न भन्ने प्रस्ट हुन्छ । अबका पाँच वर्षमा ‘स्याओमी कम्पनी’ ले प्रविधि र विकासमा १ खर्ब चिनियाँ मुद्रा खर्च गर्ने प्रतिबद्धता जनाएको छ । चीनको निजी क्षेत्र अघि बढ्न कति तत्पर छ भन्ने कुराको प्रमाण हो यो । तर, अलिबाबा कम्पनीका जो त्साइले औँल्याए जस्तै कृत्रिम बौद्धिकतामा चीनको अग्रसरता खालि अलगोरिदममा सीमित छैन । चीनका दुई लक्ष्य छन् – ऊर्जाको विशाल ग्रिडको बलियो जग तयार गर्ने । यसले डाटा सेन्टरको ऊर्जा–भोक शान्त गर्नसक्छ । दोस्रो – औद्योगिक कृत्रिम बौद्धिकतालाई तालिम दिनका लागि आवश्यक पर्ने वास्तविक डेटा उपलब्ध गराउन सक्ने आधार तयार गर्ने ।
पश्चिमा देशहरूमा व्याप्त ‘जोखिम कम गर्ने’ भाष्यलाई जवाफको रूपमा चीनको यो ‘सिलिकन किल्ला’ नीति आएको हो । सेमिकन्डक्टर र अपरेटिङ सिस्टमजस्ता मूल प्रविधिहरूमा उच्चस्तरको आत्मनिर्भरता हासिल गरेर चीनले आपूर्ति शृङ्खलालाई बाह्य राजनीतिक दबाबबाट बचाउन खोज्दै छ । यो अरूबाट अलग्गिने कदम होइन । अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर इयान गोल्डिनको भनाइअनुसार चीनको यो कदम विश्वलाई खोज–अनुसन्धानको अर्को पुनर्जागरणकालतर्फ लिएर जाने प्रयत्न हो । यसबाट विश्व मानकको आगामी चरणको सहलेखक अब पेइचिङ हुने उनी बताउँछन् ।
सम्भवतः चीनको नयाँ आर्थिक मोडलको सबैभन्दा नचिताएको पक्ष कार्बनबाट आर्थिक वृद्धिलाई अलग्याउनु हो । (विकास गर्ने) ‘हरित’ शैली नियममा मात्र सीमित छैन, अब यो प्रतिस्पर्धामा अगाडि बढ्ने कुँजी बनेको छ ।
चीनको नयाँ नीति पाइपबाट निस्किने प्रदूषण नियन्त्रणमा केन्द्रित छैन बरु ऊर्जास्रोत नै बदल्नमा केन्द्रित छ । चीनले सौर्य, वायु र विद्युतीय गाडीको विश्वव्यापी आपूर्ति शृङ्खलामा दबदबा बनाएको छ । अब यो अर्को किल्ला जित्न उद्यत छ । त्यो हो – हाइड्रोजन, न्युक्लियर फ्युजन र ऊर्जा ग्रिडको डिजिटाइजेसन ।
यसमा हङकङको भूमिका निकै महत्वपूर्ण हुन आउँछ । उसले उन्नत समन्वयकर्ताको काम गर्नेछ । हरित धितोपत्र जारी गर्दै र दिगो वित्तीय आधार स्थापित गर्दै चीनले यो विशालकाय रूपान्तरणको लागि वित्तीय पूर्वाधार निर्माण गर्ने वित्तमन्त्री पाउल चानले बताए । रूपान्तरणकारी वित्त भनेको यही हो । यसले अर्थतन्त्र धराशायी हुन नदिई उच्च कार्बन उत्सर्जन गर्ने उद्योगधन्दालाई कार्बनमुक्त बनाउन सघाउँदै छ । हरित रूपान्तरणको विश्वव्यापी मागलाई आर्थिक उत्प्रेरणामा फेर्दै चीनले नयाँ बाटोमा हिँड्ने जोखिम मोल्दै छ । यो नयाँ बाटो भन्छ – एक्काइसौँ शताब्दीको सबैभन्दा सफल अर्थतन्त्र त्यही अर्थतन्त्र हुनेछ, जसले अति कम कार्बन उत्सर्जन गरेर अत्याधिक उत्पादन गर्न सक्नेछ ।
निश्चय नै चीनको नयाँ नीतिको बाटोमा समस्याहरू पनि छन् । ‘पन्ध्रवर्षीय योजना’ ले तीन ठुला समस्याहरू भोग्नुपर्नेछ । ती हुन् – बुढ्यौलीतर्फ उन्मुख जनता, खण्डित अन्तर्राष्ट्रिय व्यापार र भूराजनीतिक बदलावको अनिश्चय ।
ज्ञानमा आधारित अर्थतन्त्रमा रूपान्तरित हुन कृत्रिम बौद्धिकताले पैदा गर्ने चढावहरूमा अभ्यस्त हुने जनशक्ति चाहिन्छ । ‘चीन विकास गोष्ठी’ ले उच्च योग्यतायुक्त श्रमशक्तिलाई ठुलो महत्व दिएको छ । त्यसैले, श्रमशक्तिको उमेर एउटा संरचनात्मक छाया मात्र रहनेछ । साथै, चीनको जनबैङ्कका गभर्नर पान गोङशेनले अन्तर्राष्ट्रिय बजारमा देखिएको भीडको पछि लाग्ने प्रवृत्ति र व्यापारमा देखिएको संरक्षणवादी नीतिले बहुपक्षीय परिदृश्यलाई चुनौती दिने बताए । चीनले यही परिदृश्यमा रहेर आफ्ना हरित समाधानहरू निर्यात गर्नुपर्ने हुन्छ ।
यस्तै ‘मध्यम आयको पासो’ पर्न सक्ने अर्को चुनौती छ । यसबाट जोगिन चीनले प्राविधिक उन्नतिले ल्याउने धनलाई ग्रामीण कुनाकन्दरासम्म पु¥याउनुपर्ने हुन्छ । यो धनलाई शेन्जेन र शाङघाइजस्ता झिलिमिली सहरमा मात्र थुपार्ने होइन । ‘गोष्ठी’ मा चर्चा गरिएको उच्च गुणस्तरको विकास मोडलले समाजमा स्थिरता नल्याउने र वातावरणलाई स्वस्थ नबनाउने ‘जीडीपी’ को अङ्कलाई अर्थहीन मान्छ ।
यो वर्षको ‘चीन विकास गोष्ठी’ को सन्देश स्पष्ट छ – चीनले आफ्नो आर्थिक वंशाणु (डीएनए) लेख्दै छ । चीनको आर्थिक वृद्धिको यो नयाँ मोडलले नयाँ सामाजिक सम्झौताको प्रतिनिधित्व गर्छ । यसले आफ्ना जनतालाई मात्र होइन, विश्व समुदायलाई प्रतिनिधित्व गर्छ ।
विदेशी लगानीकर्ताहरूका लागि स्पष्ट सन्देश छ – चीन सस्तो वस्तु उत्पादन गर्ने कारखानाबाट उच्च मूल्यको वस्तु उपभोग गर्ने बजार र नवप्रवर्तन साझेदार बन्ने क्रममा छ । दक्षिणी गोलाद्र्धका देशहरूलाई स्पष्ट सन्देश छ – चीनले विकासको एउटा नमुना अघि सारेको छ, जसले हरित रूपान्तरण र आर्थिक वृद्धिलाई सन्तुलनमा राख्छ । भूराजनीतिक विश्लेषकहरूलाई स्पष्ट सन्देश छ – अस्थिर विश्वमा चीन एक जरुरी र स्थिर सहारा हो ।
(लेखक पेइचिङमा बसोबास गर्ने पत्रकार तथा अन्तर्राष्ट्रिय मामिलाका विश्लेषक हुन् । उनी अन्तर्राष्ट्रिय राजनीति र सञ्चारमा दखल राख्छन् । उनले अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका छन् । उनले विश्वका धेरै चर्चित पत्रपत्रिकामा नियमित रूपमा लेख्दै आएका छन् । सम्यक)
Leave a Reply