तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
विश्व सर्वहारा वर्गमा गुरु कार्ल माक्र्सको २०० औं जन्म दिवसको अवसरमा बिहीबार चीनको राजधानी बेइजिङमा भव्य सम्मेलन शुरु भयो ।
बेइजिङको ग्रेट हल अफ द पिपल्समा आयोजित सम्मेलनको प्रमुख वक्ता चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङ थिए ।
सम्मेलनमा बोल्दै सीले भने,‘दुई शताब्दीको समयावधिमा मानव समाजमा धेरै ठूल्ठूला परिवर्तनहरु भइसके । तर संसारभर आज पनि कार्ल माक्र्सको नाम उत्तिकै श्रद्धाका साथ लिने गरेको छ । माक्र्सका सिद्धान्त आज पनि सत्यको प्रकाशमा अझै चहकिलो बनेर चम्किरहेको छ ।’
माक्र्सलाई सर्वहारा क्रान्ति तथा संसारभरका कामदार जनताका गुरुको रुपमा सम्बोधन गर्दै सीले माक्र्स माक्र्सवाद, माक्र्सवादी पार्टी, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका प्रणेता र आधुनिक समयका महान चिन्तन भएको बताए ।
‘आज हामीको २०० औं जन्म दिवसको अवसरमा यो भव्य सम्मेलन गरिरहेका छौं । माक्र्सको महान व्यक्तित्व र ऐतिहासिक कार्यको सम्झना नै यो सम्मेलनको ध्येय हो । उनका महान भावना र विलक्षण विचारको समीक्षा गर्न पनि यो सम्मेलन आयोजना गरिएको हो ।’, महासचिव सीले भने ।
Leave a Reply