नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर, १५ चैत । वाग्मती प्रदेश, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, उद्योग तथा वाणिज्य कार्यालयको आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत कार्यक्रमअन्तर्गत उद्योग तथा वाणिज्य कार्यालयको आयोजना तथा भक्तपुर घरेलु तथा साना उद्योग सङ्घको सहकार्यमा सीपमूलक तालिमअन्तर्गत एकमहिने आधारभूत ब्युटि पार्लर तालिम भक्तपुर घरेलु तथा साना उद्योग सङ्घको आइतबारबाट सुरु भयो ।
उक्त उद्घाटन समारोहमा उद्योग तथा वाणिज्य कार्यालयका कार्यालय प्रमुख रामप्रसाद कुस्माले वाग्मती प्रदेश सरकारअन्तर्गत उद्योग तथा वाणिज्य कार्यालयबाट विभिन्न तालिम दिइरहेको जानकारी गराउँदै तालिममात्र तालिमको लागि नभई उद्यमी तथा रोजगारीको लागि तालिम लिनुपर्ने बताउनुभयो । तालिम लिई उद्योग सञ्चालन गरी सरकारबाट प्रदान गरिने विभिन्न सुविधाहरू लिन अनुरोध गर्दै उहाँले नेपाल सरकार, वाग्मती प्रदेश सरकार र स्थानीय निकायबाट पनि कोही पनि नेपालीहरू सीपविहीन हुन नपरोस् भनी विभिन्न तालिमहरू दिइरहेको जानकारी गराउनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय सदस्य एवम् भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका पूर्वअध्यक्ष वीरेन्द्र जतिले उद्योगले उद्योग व्यवसाय गर्दा कानुनी प्रावधानमा रहेर सञ्चालन गर्नुपर्ने तथा ब्युटि पार्लर मानिसको शरीरसँग प्रत्यक्ष सरोकार राख्ने व्यवसाय भएकोले गुणस्तीय सामानहरूमात्र प्रयोग गर्नुपर्ने जानकारी गराउनुभयो ।
सङ्घका निवर्तमान अध्यक्ष प्रेम खर्बुजाले सङ्घको उद्देश्य र सङ्घले गरिरहेको विभिन्न गतिविधिहरूबारे जानकारी गराउनुको साथै तालिम सिकेर उद्यमी बन्न अनुरोध गर्नुभयो ।
प्रशिक्षक सुमित्रा श्रेष्ठले तालिम अवधिभर अनुशासित भई नियमितरूपमा कक्षामा सहभागी हुन प्रशिक्षार्थीहरूलाई अनुरोध गर्दै एकमहिनामा सकेसम्म धेरै सिकाउने प्रयाग गर्ने बताउनुभयो ।
भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष श्यामसुन्दर श्रेष्ठको सभापतित्व भएको सो कार्यक्रममा उहाँले उद्योग तथा वाणिज्य कार्यालयबाट विगतदेखि नै विभिन्न कार्यक्रमहरूको सहकार्य गर्ने अवसर दिनुभएकोमा कार्यालयप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यसरी नै सहकार्य हुने विश्वास व्यक्त आधारभूत ब्युटि पार्लर सिकेका प्रशिक्षार्थीले माग गरेको खण्डमा अर्को आर्थिक वर्षको बजेट एडभान्स तालिमको लागि सङ्घले सहकार्य गर्ने बताउनुभयो ।
सङ्घमा स्वागत गरियो
भक्तपुर घरेलु तथा साना उद्योग सङ्घले उद्योग तथा वाणिज्य कार्यालयमा अधिकृत छैटाँै पदमा पदभार ग्रहण गर्नुभएका राजेन्द्र सुवेदीलाई सङ्घका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले मायाको चिनो प्रदान गर्दै सङ्घमा स्वागत तथा भक्तपुरमा पदभार ग्रहण गर्नुभएकोमा बधाई तथा शुभकामना व्यक्त गरियो । सो अवसरमा अधिकृत राजेन्द्र सुवेदीले भक्तपुर घरेलु तथा साना उद्योग सङ्घले विगतदेखि नै कार्यालयसँगको नजिक रहेर विभिन्न गतिविधिहरू गरिरहेकोमा खुसी व्यक्त गर्दै आफ्नो कार्यकालमा पनि सङ्घसँग हातमालो गर्दै अगाडि जाने बताउनुभयो ।
त्यसैगरी, महिला उद्यमी समितिका अध्यक्ष कमलश्वरी खर्बुजाले महिला आर्थिकरूपले सवल भए समाज र देशको आर्थिक उन्नतिको लागि टेवा पुग्ने भएकोले राज्यबाट महिला उद्यमीहरूलोई विभिन्न सुविधा दिइरहेको हुनाले उद्यमी बनी सो सेवा सुविधा लिनुपर्ने र सो कार्यको लागि सङ्घको सधैँ साथ र सहयोग हुँदै विभिन्न कार्यक्रमको लागि सहकार्य गर्ने अवसर प्रदान गर्नुभएकोमा उद्योग तथा वाणिज्य कार्यालयलाई धन्यवाद व्यक्त गर्नुभयो ।
Leave a Reply