भर्खरै :

तेल नाकाबन्दीबिच क्युवातर्फ रुसी ट्याङ्कर प्रस्थान

तेल नाकाबन्दीबिच क्युवातर्फ रुसी ट्याङ्कर प्रस्थान

वाशिङ्टन, ३० मार्च (सिन्ह्वा) । अमेरिकाले महिनौँदेखि जारी तेल नाकाबन्दीपछि रुसी स्वामित्वको एक कच्चा तेल बोकेको ट्याङ्करलाई क्युवा पुग्न अनुमति दिएको छ ।
करिब सात लाख ३० हजार ब्यारेल तेल बोकेको उक्त ट्याङ्कर आइतबार साँझ क्युवाको समुद्री सीमाबाट केही माइल टाढा पुगेको थियो । उक्त जहाज सोमबार रातिसम्म मातान्जास बन्दरगाह पुग्ने अपेक्षा गरिएको छ ।
अमेरिकी तटरक्षकसँग सो क्षेत्रमा ट्याङ्कर रोक्न सक्ने दुई जहाज भए पनि हस्तक्षेप गर्न आदेश दिइएको थिएन ।
उक्त ट्याङ्कर क्युवा पुगेपछि त्यहाँको चर्किँदो ऊर्जा सङ्कट केही हप्तासम्म कम हुन सक्ने अनुमान गरिएको छ । जनवरीदेखि अमेरिकी प्रशासनले क्युवामाथि थप तेल प्रतिबन्ध लगाउँदै आएको छ र बारम्बार सैन्य चेतावनी पनि दिएको छ । अमेरिकाले क्युवामा शासन परिवर्तनको प्रयासबारे पनि विचार गरिरहेको बताइएको छ ।
यसैबिच, रुसको विदेश मन्त्रालयले अमेरिकाको बढ्दो दबाबप्रति गम्भीर चिन्ता व्यक्त गर्दै क्युवालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । मन्त्रालयले क्युवाको सार्वभौमिकतामा हस्तक्षेप गर्ने प्रयासको कडा विरोध पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *