दललाई सरकारी अनुदान सैद्धान्तिक र व्यवहारिक रूपमा गलत
- जेष्ठ १६, २०८३
अमेरिकी साम्राज्यवादी नीतिको विरोधमा विश्वका करोडौँ जनता मात्र होइन झन्डै एक करोड अमेरिकी जनता सडकमा उत्रे । संयुक्त राज्य अमेरिकाको सबैजसो राज्यमा भएको यो विरोध प्रदर्शन अहिलेसम्मकै अमेरिकी इतिहासमा सबभन्दा ठुलो मानिएको छ । यसअघि यस्तै विरोध प्रदर्शन र सभा अमेरिकाको सहयोग र समर्थनमा इजरायलले प्यालेस्टिनमाथि आक्रमण गर्दा भएको थियो । अमेरिकाको देशभर भएको विरोध प्रदर्शन अमेरिकी राष्ट्रपति ट्रम्पको मनपरी शासन र नीति, महँगी, आदिवासी जनजातिमाथिको विभेद आदि रहेको छ । अमेरिकी प्रशासनले अरू स्वाधीन र सार्वभौम देशमा आक्रमण गर्दै जनधनको क्षति गराएर हिंसा र अशान्ति मच्चाएको कारण राष्ट्रपति ट्रम्प प्रशासनको विरोध देशभरि भएको हो । राष्ट्रपति ट्रम्पको आक्रामक नीतिको कारण अमेरिकी जनता असुरक्षित हुने देखिएकोले पनि अमेरिकी जनता विरोध प्रदर्शनमा उत्रेका हुन् । देशभर भएको विरोध प्रदर्शनले राष्ट्रपति ट्रम्प देशबाट मात्र होइन विश्वबाटै एक्लिँदै गएको अनुभव गराएको छ ।
साम्राज्यवादी नीतिको विरोधमा अमेरिकी जनता उठ्नुपर्ने हो† अहिले उठेका छन्† यो सकारात्मक पक्ष हो । अमेरिकी जनताको उक्त विरोध प्रदर्शनलाई राष्ट्रपति ट्रम्पले सतही ढङ्गले हेरेर खिसी उडाएका छन् । अमेरिकी जनताले ट्रम्पको आक्रामक नीतिको विरोधमा प्रदर्शन र सभामात्र होइन पदच्युत गराउन दबाब दिनुपर्छ । अमेरिकी जनता र संसारका जनतासामु माफी मगाएर अमेरिकालाई आफ्नो कारण अरू देशमा भएको क्षतिको क्षतिपूर्ति तिराउनुपर्छ । अब कुनै पनि देशमा कहिले पनि आक्रमण नगर्ने वाचा गराउनुपर्छ† मुद्दा लगाएर आजीवन थुन्नुपर्छ । अमेरिकाको सहयोग र इसारामा इजरायलले इरानमा आक्रमण गरेर त्यहाँको राष्ट्रपतिको हत्या गर्ने, त्यहाँको आणविक भण्डार ध्वस्त बनाउने अमेरिकी योजनाको विरोधमात्र होइन राष्ट्रपति ट्रम्पलाई अमेरिकामा मात्र होइन अन्तर्राष्ट्रिय अदालतमा उभ्याउन मुद्दा चलाइनुपर्छ । अमेरिकी प्रशासनको इतिहास नै युद्धै युद्धबाट बितेको छ । लामो समयदेखिको अमेरिकी आक्रमण हेर्दा अमेरिकामा रहेका सबै हतियार र आणविक भण्डार केन्द्रमा हमला गरेर नष्ट गर्नुपर्ने देखिन्छ ।
अमेरिकाले जनवरी २०२६ मा भेनेजुयलामा आक्रमण गरेर भेनेजुयलाका राष्ट्रपति मादुरोको अपहरण ग¥यो या आफ्नो नियन्त्रणमा लियो । त्यसको विरोध पनि विश्वका न्यायप्रेमी र शान्तिकामी जनताले गरेका थिए । त्यस्तै, अमेरिकाको सहयोग र साथमा युक्रेनलाई उचालेर रुसमा हमला गरियो । यसको कारण युक्रेनले ठुलो मूल्य चुकाउनुपरेको थियो । इजरायल–इरानबिचको युद्धले पनि इजरायल र अमेरिकी सैन्य क्षेत्रमा ठुलो क्षति पुगेको छ । इरानलाई पनि ध्वस्त पार्ने अमेरिकी योजना थियो । तर, इरान अमेरिकीसामु झुकेन । इरानले आक्रमणको प्रत्याक्रमण मात्र होइन बदला लिने घोषणा ग¥यो र आक्रमणलाई निरन्तरता दियो । यसले गर्दा अमेरिकी प्रशासन पछि हट्यो । यो अमेरिकी प्रशासनको हारको सङ्केत हो । अमेरिकी आक्रामक नीतिको विरोध अमेरिकी जनता र विश्वका जनताले गरे । शान्ति छरेर विश्वका मुलुकको विकासमा लाग्नुपर्ने अमेरिका विश्वमा आतङ्क मच्चाउँदै, असुरक्षित बनाउँदै धनजनको क्षति गर्ने कार्यमा लागेको छ । अमेरिकी दादागिरी कुनै पनि देश र जनताको निम्ति सह्य हुने कुरा होइन ।
अमेरिकाले क्युवा र प्रजग कोरियामा दसकौँदेखि गरेको नाकाबन्दी अहिलेसम्म फिर्ता लिएको छैन । १८३ देशमध्ये १८० देशका प्रतिनिधिले क्युवामाथि भएको नाकाबन्दी फिर्ता लिनुपर्ने प्रस्तावलाई पनि अमेरिकाले स्वीकारेन । उक्त प्रस्तावमा अमेरिका र इजरायलमात्र विपक्षमा रहे । अमेरिकी प्रशासनको यस्तो अत्याचार, आक्रमण, दबाब र हस्तक्षेप सहन नसकेरै अमेरिकी जनता र विश्वका जनता उठेका हुन् । अतः अमेरिकी जनताले राष्ट्रपति ट्रम्पले साम्राज्यवादी नीति नछोडेसम्म, सत्ता नछोडेसम्म आन्दोलन जारी राख्नु जरुरी छ । ‘नो किङ्स’ नाम दिएको सो प्रदर्शनमा लाखौँको सहभागिताले अमेरिकी जनतामा एउटा राम्रो सन्देश गएको छ । यो सन्देश विश्वभर फैलिने छ† संसारबाट साम्राज्यवादी नीति अन्त्य हुनेछ र विश्वका जनताले सुरक्षितका साथ जीवन बिताउन पाउनेछन् ।
Leave a Reply