भर्खरै :

माक्र्सको गृहनगरमा पूर्ण कदको शालिक

कार्ल माक्र्सको २०० औैं जन्म दिवसको अवसरमा चीनले ४.४ मिटर अग्लो कासको पूर्ण कदको माक्र्सको शालिक महान दार्शनिकको गृहनगर ट्रियरलाई उपहार स्वरुप पठाएको छ । चिनियाँ कलाकार ऊ वेइशानले बनाएको सो शालिकको औपचारिक अनावरण शनिबार मे ५ को दिन हुने बताइएको छ । मे ४ सन् १८१८ मा माक्र्सको जन्म जर्मनीको ट्रियर शहरमा भएको थियो ।
‘यो चीनबाट हामीलाई पठाएको मित्रताको चिनो हो ।’, ट्रियरका मेयर विल्फ्राम लेइबीले भने ।
माक्र्सको जन्म दिवसको अवसरमा ट्रियरमा भव्य प्रदर्शनी मे ५ बाटै शुरु हुने बताइएको छ । ट्रियरका महान सुपुत्र’ नाम दिइएको सो प्रदर्शनीमा माक्र्सको जीवन, कालखण्ड र विचारधारासम्बन्धि विभिन्न सामग्री समावेश हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *