छानबिन आयोगको जेनजी आन्दोलनबारे सम्बन्धित पदाधिकारीसँगको बयानको सार सङ्क्षेप – ३
- बैशाख ५, २०८३
भक्तपुर, १९ चैत । नेपाल क्रान्तिकारी डकर्मी सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा बिहीबार एक विशेष समारोहबिच सङ्घको १३ औँ भेला तथा छैटौँ पुनर्गठन कार्यक्रम भयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले गमलामा फूल रोपी उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
सचिव सुवालले भन्नुभयो, “देश विकासको लागि प्राविधिकहरूको महत्व हुन्छ । डकर्मी, सिकर्मी, प्लम्बर, इलेक्ट्रिसियन, सूचिकारलगायत प्राविधिकहरूको शैक्षिक डिग्री निर्धारण हुनु जरुरी छ ।”
“नेपालमा औद्योगिक क्रान्तिपछि मजदुरहरूको जीवन पीडादायी थियो । बेलायती मजदुरहरूको मागपत्र आन्दोलनमा ‘काम गरेर बाँचौँ† लड्दा लड्दै मरौँ’ नारा लगाइएको थियो”, उहाँले उल्लेख गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीको एउटै स्वार्थ देश र जनताको निःस्वार्थ सेवा भएकोले नेमकिपा ३५ वर्षयता सरकारमा गएका दलहरूभन्दा फरक रहेको सचिव सुवालले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “देश र जनताको हितमा नेमकिपाको त्याग, तपस्या र बलिदान नेपाली जनताले बिर्सने छैनन्† यो हाम्रो विश्वास हो । देश र जनताको हित चाहनेहरूले नेमकिपाको समर्थन गर्नेछन् ।”
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष उपेन्द्र सुवालले संसारलाई बस्नको निम्ति घर निर्माण गर्नेहरू नै डकर्मीहरू हुन् भन्नुभयो ।
आयोजक सङ्घका अध्यक्ष विष्णुराम दुमरूको सभापतित्वमा भएको सो कार्यक्रममा सिकर्मी सङ्घका अध्यक्ष विक्रम ढुकुछु र सङ्घका सचिव रमेश दुमरूले पनि बोल्नुभएको थियो ।
भेलाले सङ्घको भक्तपुर जिल्ला समिति पुनर्गठन गर्दै रमेश दुमरूको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति चयन गरेको छ ।
Leave a Reply