वाग्मती प्रदेश मुख्यमन्त्री बानियाँ भक्तपुर भ्रमणमा
- बैशाख ४, २०८३
भक्तपुर, २५ चैत । नेपाल क्रान्तिकारी युवा सङ्घको १२ औँ भक्तपुर जिल्ला सम्मेलन तयारी समितिको आयोजनामा बुधबार नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले युवा कार्यकर्ताहरूलाई मार्ग निर्देशन गर्दै विश्व राजनीति नबुझी देशको राजनीति बुझ्न नसकिने हुनाले नयाँ पुस्तालाई पार्टीको सिद्धान्त र विचारबारे स्पष्ट बताउन सक्षम हुन पार्टी प्रकाशनको अध्ययन र छलफल अगाडि बढाउनुपर्ने बताउनुभयोे ।
माक्र्स, एङ्गेल्स र लेनिनका सङ्घषशील जीवनबाट शिक्षा लिएर जनताको सेवामा समर्पित भइलाग्न अभिप्रेरित गर्ने काममा सक्रिय भई समाजवादी बन्दोबस्तका लागि सङ्घषर््ा गर्न उहाँले जोड दिनुभयो ।
हरेक व्यक्तिले योग्यताअनुसार काम र कामअनुसारको ज्याला पाउने तथा उत्पादनका सम्पूर्ण स्रोत साधनहरू राष्ट्रियकरण हुने व्यवस्था वैज्ञानिक समाजवादबारे परिवार छिमेकमा छलफल गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
सन् १८३० मा बेलायतमा भएको मजदुर आन्दोलनमा ५० लाख मजदुरहरूले हस्ताक्षर गरेको मागपत्रमा काम गरेर ‘बाँचौँ, लड्दा लड्दै मरौँ’ भन्ने नारा अगाडि सारिएको प्रसङ्ग उल्लेख गर्दै सचिव सुवालले पुँजीवादी खोटा विचारको खण्डन गरी जनतालाई सचेत पार्न मार्गनिर्देश गर्नुभयो ।
सत्य र परिवर्तनलाई कुनै शक्तिले रोक्न नसक्ने तर्क प्रस्तुत गर्दै उहाँले हरेक युवाले कर्तव्य पूरा गर्न सिक्नुपर्ने बताउनुभयो ।
नेक्रायुसङ्घका केन्द्रीय अध्यक्ष मिनबहादुर बाटाले विद्यार्थीले राजनीति गर्नुहुन्न भन्नेले १४ वर्षदेखि अमेरिकन युथ काउन्सिलमार्फत युवालाई भड्काउन खोजिरहेको आशङ्का व्यक्त गर्नुभयो ।
साम्राज्यवादी स्वार्थ पूरा गर्न पुनः राजतन्त्रसमेत फर्काउन लागिपर्नेतर्फ सचेत हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले युवाहरूको रूचिको विषयबारे जिल्लाका सबै नगर समितिले छलफल कार्यक्रमहरू सञ्चालन गर्न निर्देशन गर्नुभयो ।
आयोजक समितिका जगतराम धुख्वाको सभापतित्वमा भएको उक्त कार्यक्रममा सुरेन्द्र था श्रेष्ठ, एच.एस. सुवाल, संगीता नेपाली, रोशन मचामसी, रूकेश कर्माचार्य, लक्ष्मीनारायण लिगल, सरोज दुलाल, सुतेज दुवाल, बासुदेव घोरसाइने, रत्ना चवाल, सरोज तामाङ, ढकराज थापा, लक्ष्मीनारायण त्वानाबासु, दिनेश कापरलगायतले बोल्नुभएको थियो ।
Leave a Reply