मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
भक्तपुर, २५ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नपा वडा नंं ७ कार्यालयको आयोजनामा ख्वप तिलगङ्गा आँखा अस्पतालको सहकार्यमा आँखा शिविर तथा सुगर प्रेसर जाँचसम्बन्धी स्वास्थ्य शिविर बुधबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्य अवस्थालाई ध्यानमा राखि ख्वप अस्पताललगायत नगरका विभिन्न स्थानहरूमा स्वास्थ्य केन्द्रहरू सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले नगरवासीहरूलाई विभिन्न जटिल स्वास्थ्य समस्या समाधानका लागि ख्वप अस्पताल स्थापना गरी सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
आधुनिक जीवन यापनसँगै मानिसहरूमा नयाँ नयाँ रोगहरू निम्तिरहेको बताउँदै प्रमुख प्रजापतिले आपूmलाई स्वस्थ बनाउन विशेष रूपमा खानपानमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भनपाद्वारा सञ्चालित ख्वप अस्पतालमा अति आधुनिक स्वास्थ्य उपकरणहरू र आवश्यक स्वास्थ्यकर्मीहरूबाट जनताको सेवा गरिरहेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “निःरोगी मानिस खुसी हुन्छ । भक्तपुरबासीहरूलाई सुखी र खुसी बनाउन नगरपालिका सेवारत छ ।”
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले हाम्रो पहिचान बोकेको बिस्का जात्रालाई शान्तिपूर्ण र सभ्य रूपमा मनाउन आग्रह गर्दै जात्रामा खानपानमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
ख्वप तिलगङ्गा आँखा अस्पतालका डा. अञ्जु सुवालले आँखा हेर्दा सानो अङ्ग भए तापनि यो महत्वपूर्ण अङ्ग भएकोले आँखाको विशेष हेरचाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले आँखा पोल्ने, चिलाउने, रातो हुने जस्ता समस्या भएमा चिकित्सकको सल्लाहबिना आपैmले औषधि किनेर लगाउँदा यसले दीर्घकालीन रूपमा आँखाको जटिल समस्या निम्तिन सक्ने बताउँदै प्रत्येक ६/६ महिनामा आँखा परीक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
Leave a Reply