के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
भक्तपुर, २४ वैशाख । विश्व सर्वहारा वर्गका गुरू कामरेड कार्ल माक्र्सको द्विशतवार्षिकीको जन्मदिनको अवसरमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा सोमबार भक्तपुर नगरपालिकाले प्रवचन कार्यक्रम ग¥यो ।
कार्यक्रममा अतिथि बिजुक्छेंले भन्नुभयो, ‘माक्र्सले जसरी पुँजीवादको विरूद्ध निरन्तर सङ्घर्ष गर्नुभयो, ठीक त्यसरी नै राजनैतिक कार्यकर्ताहरूले पनि सङ्घर्ष गर्नुपर्छ ।’
गलत कुराको विरोध गरिएन भने राजनीतिक कार्यकर्ताहरूको उद्देश्य पूरा नहुने उल्लेख गर्दै उहाँले राजनीतिक कार्यकर्ताहरूले समाजमा राम्रो काम गरेर देखाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
अध्यक्ष बिजुक्छेंले भन्नुभयो, ‘कम्युनिष्ट कार्यकर्ताहरू पैसा र सुविधाको निम्ति राजनीति गर्दैनन् । अहिले कम्युनिष्टको नाउँमा पैसा र सुविधाको लागि राजनीति गर्नेहरूले कम्युनिष्टहरूकै बद्नाम गरिरहेका छन् ।’
संसदले देश घाटामा जाने, विदेशी पोस्नेजस्ता कानुन निर्माण गर्ने गरेको चर्चा गर्दै उहाँले खरि ढु·ासम्बन्धी कानुन निर्माण गर्दा तेस्रो पक्ष (राज्य) ले क्षतिपूर्ति दिनेजस्ता कानुन बनाएको र पछि खारेज गरेको उल्लेख गर्नुभयो ।
अध्यक्ष बिजुक्छेंले भन्नुभयो, ‘देशलाई बुझेका, कानुन बुझेका र पैसा नखाने खालका प्रतिनिधिहरूलाई संसदमा पठाउनुपर्छ । त्यस्तो भएमात्र संसदले बनाउने कानुन देश र जनताको हितमा हुनेछ ।’
अध्यक्ष बिजुक्छेंले गलत विचारको सधैं खण्डन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
भनपाका प्रमुख सुनिल प्रजापतिले कम्युनिष्ट घोषणापत्रबारे जानकारी दिंदै माक्र्स र एंगेल्सले मुक्तिको बाटो देखाएको बताउनुभयो ।
उहाँले सर्वहारा वर्गले बल प्रयोगद्वारा पुँजीपति वर्गलाई हटाएर आफ्नो सत्ता कायम गर्नुपर्छ भनी घोषणापत्रमा उल्लेख गरेको बताउनुभयो ।
पुँजीवादमा कामदार जनताको मूल्य नहुने बताउँदै डाक्टर, वकिल, इञ्जिनियरलगायत पेशालाई पैसाले फिका बनाइदिने प्रमुख प्रजापतिले बताउनुभयो ।
उप्रप्रमुख रजनी जोशीले जेनी माक्र्सको जीवनी, वडाध्यक्ष रवीन्द्र ज्याख्वले माक्र्सवादका आधारभूत शिक्षा, वडाध्यक्ष उकेश कवांले कार्ल माक्र्सको जीवनी, वडाध्यक्ष हरिराम सुवालले माक्र्सले लेख्नुभएको फ्रान्समा गृहयुद्धबारे प्रवचन दिनुभयो । कार्यक्रममा रोशनमैंया सुवाल र हरिप्रसाद बासुकलाले पनि बोल्नुभएको थियो ।
Leave a Reply