कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, २९ चैत । बिस्का जाज्ञा र नयाँ वर्ष २०८३ को शुभकामना तथा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा नेमकिपालाई सहयोग गर्नु हुने महानुभावहरूलाई आइतबार धन्यवाद ज्ञापन कार्यक्रम गरेको छ ।
नेमकिपा भनपा वडा नं. २ एकाइ समितिको आयोजनामा भएको उक्त कार्यक्रममा पार्टी सचिव प्रेम सुवालले नेपाल मजदुर किसान पार्टीको निर्वाचन चिह्न ‘मादल’ मा छाप हाल्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै नेमकिपा देश र जनताको निःस्वार्थ सेवा गर्दै आएको पार्टी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाले चुनाव जित्न झुटा आश्वासन दिने, आतङ्क मच्चाउने, कुनै शक्तिको सामु झुक्ने गर्दैन । नेमकिपाले निर्वाचनमा घोषणापत्रअनुसार जनतासँग मत मागेको हो ।”
नेपालीलाई योग्यताअनुसार काम र कामअनुसारको पारिश्रामिकको व्यवस्था गर्न नेमकिपाको घोषणापत्र नै कार्यान्वयन हुनु आवश्यक भएको उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “भक्तपुर सांस्कृतिक नगर र विश्व सम्पदा सूचीभित्र परेको सहर हो । यसको संरक्षणमा सबै नेपाली सचेत हुनु आवश्यक छ । व्यवस्थित आवास विकास संसारको सबै देशमा भइरहेको छ, नेपालमा पनि हुनु स्वभाविक हो ।”
उहाँले भन्नुभयो, “संरा अमेरिकी ट्रम्प प्रशासनले इरानको इन्धन कब्जा गर्न इरानमा सैनिक हमला गरेको हुँदा विश्वमै इन्धन र खाद्यान्न अभाव भयो । नेपालमा पनि इन्धनको मूल्य बढ्यो । यसको दोषी ट्रम्प प्रशासन नै हो । इरानले ट्रम्प प्रशासनलाई गतिलै जवाफ पनि दियो । यसबाट आक्रोशित ट्रम्प प्रशासनले इरानलाई ढुङ्गे युगमा फर्काउने र इरानको सभ्यता नष्ट पार्ने धम्की दियो । यसपछि लाखौँ लाख इरानी जनता देशको रक्षा गर्न झनडा बोकेर सडकमा ओर्लेर ट्रम्प प्रशासनलाई जवाफ दिए । यो घटनापछि नेपालमा चर्चा चल्यो, “भदौ २४ गते केही नेपाली देशको झण्डा बोकेर देश जलाउनेमा लागे इरानका जनता झण्डा बोकेर देश रक्षा गर्न लागे ।”
सचिव सुवालले भन्नुभयो, “बेलायती लेखक Wo Somerset Maughan ले भनेका छन् – पाँच करोड मानिसले समर्थन गरे पनि मूर्खतापूर्ण कुरा सत्य हुँदैन । नेपालमा निर्वाचनपछिको सरकारलाई यही रूपमा हेरिँदैछ । नयाँ सरकार गठनसँगै विदेशी ऋण अर्बौँ रूपैयाँ बढ्यो, महँगी बढ्यो, शैक्षिक अराजकता बढ्यो । नयाँ सरकार पनि पुरानै सरकारको निरन्तरता भयो । जनतालाई योग्यताअनुसार काम र कामअनुसार पारिश्रामिकको व्यवस्था गरिएमात्र नयाँ सरकारको छनक देखिनेछ ।”
भदौ २३ गतेको हत्या र भदौ २४ गतेको आगजनीका दोषीहरूलाई कारवाही हुनु आवश्यक भएको र दोषीलाई कार्वाई नभए नेपालमा अराजकता बढ्ने उहाँले उल्लेख गर्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “प्रजग कोरिया युद्धविरोधी र आत्मनिर्भर देश हो भने त्यहाँ योग्यतानुसार रोजगारी र रोजगारीअनुसार पारिश्रामिकको व्यवस्था छ । शिक्षा–स्वास्थ्य निःशुल्क गरी भूउपग्रहसमेत पटक पटक उडाएको प्रजग कोरियाको सरकारलाई विरोध गर्नुपर्ने कुनै कारण छैन । नेपालका शासकहरू प्रजग कोरियाको विरोध गरी आफ्नो अयोग्यता प्रदर्शन गर्दै छन् ।”
समाजसेवा विनोदचरण रायले नेपालको राजनीतिमा नेमकिपाको योगदान उल्लेखनीय भएको र यो सत्यलाई नेपाली जनताले बुझ्नु आवश्यक छ भन्नुभयो
भदौ २४ गतेको आगजनीमा संलग्नहरू जनताका प्रतिनिधि हुन नसक्ने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “भदौ २३ गतेको हत्याका दोषीहरूलाई कार्वाई हुनु आवश्यक छ । निर्वाचनमा सामाजिक सञ्जालको आतङ्कबारे नेपाली जनता सचेत हुनु जरूरी छ ।”
रवीन्द्र खर्बुजाको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा भनसका नारायणप्रसाद त्वानावासु, रामसुन्दर भेले र गणेशप्रसाद सुवाललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
Leave a Reply