कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, २९ चैत । हंसवाहिनी आधारभूत विद्यालयको ७४ औँ वाषिकोत्सवको अवसरमा अभिभावक, शिक्षक सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आइतबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले शिक्षा र स्वास्थ्य जनताको नैसर्गिक अधिकार भएकोले नगरपालिकाले ख्वप अस्पतालको सेवा सञ्चालन गर्नुको साथै घरदैलो नर्सिङ सेवा दिँदै आएको बताउनुभयो ।
शिक्षाप्रेमी हिमालयश्वर मूलले सामुदायिक विद्यालयको शैक्षिक स्तरोन्नतिको लागि आर्थिक एवं भौतिक विकासको महत्वपूर्ण भूमिका निभाउनुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गणेशराम थुसाले देशको समग्र शिक्षा विकास तथा बालबालिकाहरूको चौतर्फी विकासको लागि शैक्षिक, भौतिक, सामाजिक, आर्थिकलगायत विषयमा नेपाल सरकार गम्भीर भएर शिक्षामा लगानी बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्र.अ. सूर्यबहादुर फोजूले प्रतिवेदन प्रस्तुत गर्नुभयो भने श्रीया पहिजू र लक्ष्मीश्वरी कर्माचार्यले पनि बोल्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद चवालको सभापतित्वमा भएको कार्यक्रममा रत्नलक्ष्मी दुवाल, लक्ष्मीश्वरी कर्माचार्य, लक्ष्मीबहादुर गुरुङ सम्मानित हुनुभयो । कार्यक्रममा शैक्षिक सत्र २०८२ को कक्षागत र अतिरिक्त क्रियाकलापहरूको पुरस्कार वितरण भएको थियो ।
Leave a Reply