कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, २९ चैत । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.ले आफ्ना सदस्य संस्थाहरूका लागि ‘निर्णय लेखन तालिम’ सम्पन्न गरेको छ । सहकारी ऐन, नियम र सिद्धान्तअनुरूप संस्थाका बैठकका निर्णयलाई कानुनी र व्यावहारिक रूपमा सवल बनाउने उद्देश्यले सो तालिम आयोजना गरिएको हो ।
राधेराधेस्थित रोयल थाई हस्पिटालिटीमा शनिबार आयोजित तालिममा वाग्मती प्रोस्कुनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले तालिमको सहजीकरण गर्नुभएको थियो ।
तालिमको समापन समारोहमा सङ्घका अध्यक्ष हरिकृष्ण बल्लले धेरैजसो सहकारीको अनुगमन गर्दा निर्णयहरू पूर्ण नभएको र अस्पष्ट पाइएकोमा चिन्ता व्यक्त गर्नुभयो । “सहकारीको ऐन, नियम र सिद्धान्तअनुसार निर्णय लेख्नुपर्छ । निर्णय स्पष्ट र पारदर्शी भए सहज हुन्छ र संस्थाको जवाफदेहिता बढ्छ,” अध्यक्ष बल्लले भन्नुभयो ।
कार्यक्रमका सभापति, सङ्घका सञ्चालक एवं तालिम व्यवस्थापन उपसमितिका संयोजक राजकुमार लघुले जिल्ला सङ्घले सधैँ सहकारीहरूको संवद्र्धन र प्रवद्र्धनको लागि काम गर्दै आएको चर्चा गर्नुभयो । तालिमबाट प्राप्त ज्ञानले कार्यालय सञ्चालन र वैधानिक कागजात तयार पार्न कोसेढुङ्गा साबित हुने उहाँको विश्वास थियो ।
समापन समारोहमा तालिम व्यवस्थापन उपसमितिका सदस्य सत्यनारायण पक्काले स्वागत मन्तव्य राख्नुभएको थियो । उपसमिति सदस्य भीमसेन श्रेष्ठले कार्यक्रमको आवश्यकताबारे चर्चा गर्नुभएको थियो ।
तालिममा सहभागी इन्दिरा पोखरेल र केपी सुवालले आफूहरूले खोजेको र नबुझेको विषयमा स्पष्ट हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
Leave a Reply