भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
आज उपनिवेशवादविरोधी आन्दोलनका जोधाहा तथा भियतनामी क्रान्तिका नेता हो चि मिन्हको १२८ औं जन्म दिवस । काका हो को नामले आज पनि भियतनामी जनताबीच निकै सम्मानित हो चि मिन्ह संसारभरका क्रान्तिकारीहरुबीच त्याग, तपस्या र सङ्घर्षका प्रतीकको रुपमा उदाहरणीय हुनुहुन्छ । फ्रान्सेली उपनिवेशवादबाट आफ्नो देशलाई मुक्त गर्न उहाँले गर्नुभएको सङ्घर्ष धेरै उपनिवेशवादविरोधी क्रान्तिकारीहरुको लागि प्रेरणाको स्रोत बन्दै आएको छ । उपनिवेशमुक्त भएपश्चात भियतनामको राष्ट्रपति बन्दा उहाँले बाँच्नुभएको उच्च नैतिकता, अतुलनीय समर्पण र उत्कृष्ट निष्ठाको जीवन आज धेरैका लागि सिक्नुपर्ने गुण बनेको छ ।
कुनै क्रान्ति वा आन्दोलन राजनीतिक परिवर्तन मात्र हुने गर्दैन । राजनीतिक परिवर्तन क्रान्तिको एउटा महत्वपूर्ण हिस्सा मात्र हो । क्रान्ति वास्तवमा मानिसले बाँच्ने जीवन र बोकेको आदर्शमा हुने परिवर्तन हो । संसारका धेरै देशमा क्रान्ति र ऐतिहासिक परिवर्तनहरु भए । तर नेताहरुमा उच्च नैतिकता र सिद्धान्तअनुसारको व्यवहार नहुँदा क्रान्तिहरु तासका महलजस्तै ढलेका धेरै उदाहरण छन् । क्रान्तिको समयमा भएका बलिदान र समर्पण खेर गएका थुप्रै दृश्तान्त छन् । नेपालकै सन्दर्भमा आज सरकारमा गएका राजनीतिक पार्टीका कथित वाम नेताहरुले उच्च आदर्श र सिद्धान्तमा टिक्न नसक्दा नेपाली वाम आन्दोलनमा विश्रृङ्खलता हावी बनिरहेको छ । जसले एकातिर हिजो भएका जनसङ्घर्षका बलिदान निरर्थक बनिरहेको छ भने अर्कोतिर समाजमा राजनीतिक नेतृत्वप्रति निराशाको अवस्था बनेको छ । सत्ताको मोहका लागि आफ्नो सिद्धान्त र उच्च लक्ष्य समेत भुल्ने नेताहरुको निम्ति हो चि मिन्हको जीवन आफैमा प्रहार हो । सत्ताको न्यानो पाएपश्चात नैतिकता र आदर्श त्याग्ने व्यक्तिहरुको निम्ति हो चि मिन्हको ‘क्रान्तिकारी नैतिकता’ व्यङ्ग्य बनेर सधैं सताइरहने लेख हो ।
हो चि मिन्हले सत्ता प्राप्तिकै लागि सिद्धान्तको किनबेच गर्ने अपराध गर्नुभएन । उहाँले सत्तासुख भोग्नको लागि जीवन मूल्यको अवमूल्यन गर्नुभएन । बरु क्रान्तिकै शिलशिलामा प्राप्त जिम्मेवारीका क्रममा कहिल्यै पनि व्यक्तिगत सुख–सुविधालाई प्राथमिकता दिनुभएन । भियतनामका कामदार जनता र भियतनामको स्वाधीनता नै उहाँको रातदिनको चासो र चिन्ताको विषय बन्यो । आफूलाई प्राप्त सत्ता जोगाउन कुनै विदेशी प्रभुको अघि लम्पसार पर्नु हो चि मिन्हको जीवन मूल्यभन्दा विपरीत कुरा थियो ।
हो चि मिन्ह बन्नु सजिलो पक्कै थिएन । तर हो चि मिन्हले आफ्नो जीवन आफू मात्र बाँच्नु भएन बरु संसारको लागि उज्यालो प्रकाश बनेर जानुभयो । हो चि मिन्हको सम्झना एकातिर फरक राजनीतिक रङ्गमा मौलाइरहेको उपनिवेशवादको विरोध हो भने अर्कोतिर उच्च मूल्यको जीवन बाँच्ने प्रेरणा पनि हो । भियतनामी क्रान्तिकारी नेता हो चि मिन्हप्रति हार्दिक श्रद्धा सुमन ।
Leave a Reply