शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
विभिन्न विद्यालयमा नयाँ विद्यार्थीलाई स्वागत गर्ने कार्यक्रम भइरहेको छ, यो साह्रै सकारात्मक पक्ष हो । यसले नयाँ विद्यार्थीलाई नयाँ वातावरणमा घुलमिल हुन सहज पनि बनाई दिन्छ । अभिभावकले अति विश्वास गरेर विद्यालयमा भर्ना गरेपछि विद्यालयले सक्दो राम्रो वातावरण कसरी बनाउने भन्नेमा विद्यालय परिवारले ध्यान दिनु आवश्यक छ ।
आजभन्दा ३० वर्ष अघि नेपालको जन्मदर ६.२ थियो । आजको जन्मदर १.६ मात्र छ । यसको अर्थ बच्चाको ‘मूल्य’ वा महŒव बढेको छ । मानिस नै अहिलेको सबभन्दा अचम्मको सम्पत्ति बन्दैछ । विकसित भनिएका देशमा घट्दो जन्म दरको कारण अनेक समस्या देखा परिरहेको छ । यस्तो अवस्थामा सक्दो बढी क्षमताको मानिस बनाउने जिम्म शिक्षालयलाई आइपरेको छ ।
हरेक अर्को दिन नयाँ हुन्छ, हरेक बच्चा फरक हुन्छ र हरेक दिन बच्चा परिवर्तन भइरहेको हुन्छ । त्यसो हो भने हरेक शिक्षालयका शिक्षकहरूले नयाँ कुरा अध्ययनमात्र होइन, नयाँ पाराले भन्न सक्नुपर्छ । दसक अघि जसरी पढाएको हो, त्यही शैली हुने हो भने आजको नानीलाई चित्त बुझाउन सकिन्न । मानिसको इच्छा र आवश्यकताअनुसारको शिक्षा दिन सक्ने शिक्षकमात्र सफल शिक्षक हुनसक्छ ।
अब विद्यालयलाई ‘स्मार्ट लर्निङ सेन्टर’ बनाउनु आवश्यक छ । स्मार्ट बोर्ड, मल्टिमेडिया प्रोजेक्टर, कम्प्युटरलगायतको बन्दोवस्तको तयारी गर्न थालिहाल्नु जरुरी छ । शिक्षक र विद्यार्थी प्रविधि मैत्री हुनै पर्छ ।
व्यावहारिक, जीवनोपयोगी एवम् व्यावसायिक शिक्षा नै अहिलेको आवश्यकता हो । शिक्षा जानकारीमूलक हुँदैछ, ज्ञानमूलक हुनुप¥यो । अनुसन्धानमूलक शिक्षाले ज्ञानमुखी शिक्षा दिन्छ । परियोजना कार्य गर्ने, समूहिक अध्ययन कार्य गर्ने विधि पनि ज्ञानमुखी नै हुन्छ ।
विद्यालयले विद्यार्थीको पुस्तक अध्ययनमा रुचि बढाउन मेहनत गर्नुपर्ने देखिन्छ । पाठ्यपुस्तकको ज्ञानले मात्र अबको आवश्यकता पूरा गर्न सकिन्न । अतिरिक्त पुस्तकको अध्ययनले केटाकेटीको मानसिक एवम् वौद्धिक विकासमा महŒवपूर्ण भूमिका खेल्छ । पुस्तक अध्ययन संस्कृतिको अभियान सञ्चालनमा शिक्षक रोल मोडेल र उत्प्रेरक हुनसक्छ ।
Leave a Reply