भर्खरै :

‘माफियाको कारण ख्वप मेडिकल कलेज खुलेन’

भक्तपुर, ५ जेठ । वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ५ दिने Research Methodology Training को उद्घाटन शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले भक्तपुरलाई ख्वप विश्वविद्यालय खोल्ने अनुमति दिएको भए रु. १० लाखमा डाक्टर पढाउन सकिने कुरा थाहा पाएर निजी चिकित्सा माफियाहरूको दबाबमा सरकारले अनुमति नदिएको हो भन्नुभयो ।
उहा“ले भन्नुभयो, ‘प्राध्यापकहरूको राजनीतिक भागबण्डा र सरकारी शैक्षिक संस्थामा हाजिर गरेर निजी क्षेत्रमा काम गर्ने शैक्षिक माफियाहरूलाई सरकारले छुट दिनु नै उच्च शिक्षामा गुणस्तर न्यून हुनुको मुख्य कारण हो ।’
विज्ञान र प्रविधिबारे जानकारी नभएका व्यक्तिलाई सरकारले विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी दिएको कारण देश अगाडि बढ्न नसकेको उहा“ले बताउनुभयो ।
विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा.डा. देवराज अधिकारीले शैक्षिक क्षेत्रमा उत्तीर्ण प्रतिशत र गुणस्तर बढाउनु नै प्रमुख चुनौती रहेको बताउनुभयो ।
देशभरबाट २० वटा सामुदायिक क्याम्पसले मात्र गुणस्तरको प्रमाणपत्र लिन सफल रहेको बताउ“दै उहा“ले अबको ५ वर्षभित्र सम्पूर्ण क्याम्पसहरूले गुणस्तर प्रमाणपत्र लिन प्रयास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहा“ले रोजगारमूलक शिक्षालाई अबको कार्यक्रमको रूपमा योजना बनाउनुपर्छ भन्नुभयो ।
वागीश्वरी कलेज रिसर्च म्यानेज्मेन्ट सेलका संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा प्राचार्य धनकुमार श्रेष्ठ र शिक्षक राजन चौगुठीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *