यस्ता हुनुहुन्थ्यो – कार्ल माक्र्स
- बैशाख २५, २०८३
हरेक देश र समाजको आ–आफ्नो विशेषता हुन्छ । नेपालको आफ्नै भौगोलिक विशेषता भएजस्तै जातजाति, भाषाभाषी, विविध संस्कृति नै नेपालको मौलिक विशेषता हो । यस अर्थमा नेपाल भन्नु नै विविध जातजाति र विविध संस्कृतिको पहिचान हो । हाम्रो बगैँचामा सबै रङ्ग र आकारका फूलहरू फुल्छन्† त्यही हाम्रोपन हो ।
कोरिया प्रायःद्वीपका दुई राज्य एउटै भाषाभाषी र संस्कृतिको समाज हो भने चीन विविध जातजाति र विविध संस्कृति भएको देश हो । त्यहाँ हान जातिको अत्यन्त ठुलो प्रतिशतको सङ्ख्या भए पनि सबै मिलेर बसेका छन् ।
संयुक्त राज्य अमेरिका बाहिरबाट आएका युरोपेलीहरूले बन्दुकको भरमा त्यहाँका आदिवासीहरूलाई धपाई र भगाई तिनीहरूको हराभरा भूमि कब्जा गर्दै तिनीहरूलाई जङ्गल, पहाड र बाँझो जग्गामा बस्न बाध्य बनाए । सङ्ख्याको हिसाबले अमेरिकी ताम्र वर्णका आदिवासीहरू सय भागका केही भाग मात्रै बाँचेका छन् ।
त्यस्तै, युरोपेली शासकहरूले लाखाँै अफ्रिकी दासहरूलाई अमेरिकी भूमिको खेती, उद्योग निर्माण र जबरजस्ती घरेलु काममा समेत लगाएर आजको अमेरिकी समृद्धिको जग हालेका थिए । संरा अमेरिकी सरकारले आदिवासी अफ्रिकी जनतालाई मात्र होइन मध्य अमेरिका र दक्षिण अमेरिकी विविध जातजाति र भाषाभाषीका जनतालाई पनि थिचोमिचो, हस्तक्षेप र पक्षपात गथ्र्याे अनि दोस्रो देशका नागरिकको रूपमा व्यवहार गथ्र्याे । यसकारण, संरा अमेरिकामा पक्षपात र हेला गरिएका करोडौँ जनताको सङ्गठित र असङ्गठित एवम् स्वयम्स्फूर्त सङ्घर्षहरू भइरहन्छन् । जसबारे शासकवर्गका समर्थक प्रचार – माध्यमहरूले संसारलाई बताउने आफ्नो कर्तव्य सम्झँदैनन् । जर्ज प्mलोयडको घटना एक अपवाद हो ।
यसकारण, शासक दलहरू, बहुमत प्राप्त जातजाति र भाषाभाषीहरूले अरुको सांस्कृतिक पक्षलाई आप्mनै सरह मान्ने वा स्वीकार्ने संवेदनशीलता देखाए आजको भन्दा राम्रो अवश्य हुनेछ – भोलिको समाज !
राजा, राजतन्त्र र दलहरू
राजा वर्गीय रूपले सामन्तवर्गमा पर्दछ तर व्यक्तिगत रूपले कुनै कुनै राजा–महाराजाहरू साम्राज्यवादविरोधी तथा उपनिवेशवादविरोधी हुन्छन् र देशको व्यापक जनताको भावना बुझेका पनि हुन्छन् । एसियामा सिंहानोक (कम्बोडियाका राजा) र लावसका राजकुमारहरू (सुभाना भोङ) जस्ता राजकुमारहरू पनि थिए जसले आ–आफ्ना देशका जनतासँग मिलेर फ्रान्सेली उपनिवेशवाद, जापानी सैन्यवाद र अमेरिकी साम्राज्यवादबाट आ–आफ्ना देशलाई र राज्यको सार्वभौमिकतालाई जोगाए ।
सामान्य रूपले राजतन्त्रहरू आ–आफ्ना देशका सामन्त र ठुल्ठुला जग्गा धनी एवम् ठुलाठालुहरूको घेरामा परेका हुन्छन् । तिनीहरूकै साउती, उजुरी र भनसुनमा निर्भर रहन्छन् । राज्यका ती आउरेबाउरेहरू अधिकांश जनविरोधी र देशविरोधी हुँदा राजाहरूको निर्णय र कार्यहरू पनि देश एवम् जनताको अहितमा हुने गर्छ । प्रजातन्त्र र गणतन्त्रमा समेत हिजोकै ठुलाठालु एवम् भ्रष्टाचारी जनविरोधीहरूको सङ्गतले जनताबाट निर्वाचित सरकारसमेत देशविरोधी एवम् विदेशी पुँजीको पिछलग्गू बन्छन् र देशलाई बर्बाद पार्छन् । यसबारे जनता सरकारको आलोचक र आन्दोलनमुखी हुनु जरूरी छ ।
हिजो चारैतिर जालीफटाहा, मठ–मन्दिर र सांस्कृतिक धरोहरहरू मास्नेहरूकै कारण राजा र राजतन्त्र बदनाम भए । त्यसैले, प्रजातन्त्र र गणतन्त्रका शासकहरूको घेरा इमानदार र देशभक्तहरूको हुनु आवश्यक छ । नत्र इतिहास दोहोरिनेछ† शासकहरूको पतन नजिकिँदै जानेछ ।
९ असोज २०८० (सेप्टेम्बर २६, २०२३)
सम्पादकीय सङ्कलन तेस्रो खण्डबाट
Leave a Reply