“सङ्गठनलाई धान–चामल केलाएझैँ केलाउनुपर्छ”
- बैशाख २६, २०८३
भक्तपुर, २७ वैशाख । कानुन दिवसको अवसर पारेर ख्वप कलेज अफ लले आइतबार एक विशेष समारोहबिच आन्तरिक ख्वप मुटकोर्ट प्रतियोगिता तथा ‘ख्वप न्याय दबु’ अङ्क ३ को विमोचन भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ
(रोहित) ले ‘ख्वप न्याय दबू’ को विमोचन गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भक्तपुरलाई एक सांस्कृतिक नगरको रूपमा स्थापित गर्न सबैले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले भक्तपुरको ऐतिहासिक र सांस्कृतिक पहिचान जोगाउँदै यसलाई अझ सुदृढ बनाउन स्थानीय सरकार, शैक्षिक संस्था र नागरिक सबैको साझा जिम्मेवारी रहेकोमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “जनताको स्वास्थ्य अधिकार सुनिश्चित गर्न उपभोक्ता ऐनलाई थप बलियो र प्रभावकारी बनाउनु आजको आवश्यकता हो । उपभोक्ताहरू नक्कली औषधि, मिसावटयुक्त खाद्यपदार्थ र गुणस्तरहीन सेवाबाट पीडित भइरहेको सन्दर्भमा कानुनी संरक्षण अझ कडा हुनुपर्छ ।”
कानुन पढ्नु भनेको केवल डिग्री हासिल गर्नु होइन, यो देश र जनताको सेवा गर्ने एक पवित्र दायित्व भएको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले विद्यार्थीहरूलाई सधैँ सचेत र सजग रहन आग्रह गर्दै समाजमा न्याय स्थापनाका लागि अग्रसर भूमिका खेल्न प्रोत्साहित गर्नुभयो । कानुनका विद्यार्थीहरू देशको भविष्यका स्तम्भ भएकाले शिक्षा, नैतिकता र सेवाभावलाई सँगसँगै लिएर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले कानुनका विद्यार्थीहरूमा पठन संस्कृतिको विकास गर्न ख्वप कलेज अफ ल निरन्तर प्रयासरत रहेको बताउनुभयो ।
उहाँले विद्यार्थीहरूले पुस्तक पढ्ने बानी विकास गर्नु आजको आवश्यकता भएको र यसैका लागि कलेजले नियमित रूपमा ‘ख्वप न्याय दबू’ प्रकाशन गर्दै आएको जानकारी दिनुभयो ।
कानुनी ज्ञान र पठन संस्कृतिको विकासबिना एक सक्षम कानुन व्यवसायी बन्न नसकिने उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर नगरपालिका यहाँको सर्वाङ्गीण विकासको लागि पूर्णरूपमा प्रतिबद्ध छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार र सांस्कृतिक संरक्षण सबै क्षेत्रमा नगरपालिकाले ठोस कदम चाल्दै आएको छ ।”
वरिष्ठ अधिवक्ता एवं प्रा.डा. रञ्जितभक्त प्रधानाङ्गले ख्वप कलेज अफ लले कानुन शिक्षाको क्षेत्रमा गरिरहेको कार्यको प्रशंसा गर्दै भक्तपुरमा ख्वप विश्वविद्यालय चाँडोभन्दा चाँडो स्थापना हुनु अत्यावश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “ख्वप विश्वविद्यालयको स्थापनाले भक्तपुरलगायत आसपासका जिल्लाका विद्यार्थीहरूलाई उच्च शिक्षाको सहज पहुँच प्रदान गर्नेछ । यसले क्षेत्रीय शैक्षिक विकासमा ऐतिहासिक योगदान पु¥याउनेछ । विश्वविद्यालय स्थापनाका लागि सम्बन्धित निकायहरूले तत्काल पहल गर्नु जरूरी छ ।”
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश एवं उपभोक्ता अदालतका अध्यक्ष डा. दिवाकर भट्टले शुभकामना मन्तव्य राख्नुभयो ।
मुटकोर्ट प्रतियोगिताको फाइनल प्रतियोगिताका न्यायाधीश वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा व्यक्त गर्नुभयो ।
कार्यक्रममा ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले स्वागत मन्तव्य राख्नुभयो ।
कार्यक्रमको अन्त्यमा DARLS विभागीय प्रमुख आशिष पौड्यालले धन्यवाद ज्ञापन गर्नुभयो ।
मुटकोर्ट प्रतियोगितामा राज प्रजापति, जिविता कुँवर, अंकित केसी, स्वस्तिका राई र विष्णुमाया तामाङको समूह प्रथम र हितेश पोखरेल, सुशील मैनाली, प्रशंसा घिमिरे, सेलिना नेपाल, युनिका खड्काको समूह द्वितीय भएको थियो । यसैगरी Best Oralist मा हितेश पोखरेल, Best Applicant Memorial मा पोखरेल समूह र Best Respondent Memorial मा राई समूह हुनुभयो । प्रथम हुन सफल समूहले रनिङ सिल्डसहित पदक र प्रमाणपत्र हासिल ग¥यो ।
Leave a Reply