शिक्षण सिकाइ प्रभावकारी बनाउन विद्यार्थीको मनोविज्ञान बुझ्नु आवश्यक
- बैशाख २७, २०८३
भक्तपुर, २७ वैशाख । ख्वप अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरूबिच आइतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरका जनताको स्वास्थ्य स्थिति राम्रो बनाउन पहिलेदेखि स्वास्थ्य केन्द्रहरू खोल्न जोड दिँदै आएको स्मरण गर्दै हाल ख्वप अस्पतालले जनताको राम्रो सेवा गरिरहेकोमा खुसी व्यक्त गर्नुभयो ।
उहाँले स्थानीय जनताको सहजताको लागि आवश्यकताअनुसार दोभाषेको व्यवस्था गर्नु उचित हुने सुझाव दिँदै जनतामा सरकारी अस्पताल झन् राम्रो हुन्छ भन्ने सन्देश ख्वप अस्पतालले दिनुपर्ने बताउनुभयो ।
उहाँले भक्तपुरमा विशेषज्ञ डाक्टरहरू नहुँदा जनताले धेरै दुःख पाएको विगतको स्मरण गर्दै अहिले जनताको बढीभन्दा बढी सेवाको निम्ति जनप्रतिनिधि र चिकित्सकहरूबिच समय समयमा छलफल र अन्तरक्रिया गर्न सुझाव दिनुभयो ।
बिरामीहरूको बढ्दो चापलाई ध्यानमा राखेर अस्पतलाले आवश्यक स्वयंसेवकहरूको व्यवस्था गर्न पनि उहाँले ध्यानाकर्षण गर्नुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगर प्रमुख सुनिल प्रजापतिले ख्वप अस्पताललाई जनताको अस्पतालको रूपमा विकास गर्न प्रयत्नरत रहेको बताउँदै निरन्तर आवश्यक सेवा सुविधाहरू थप गर्दै एक सुविधा सम्पन्न अस्पतालको रूपमा विकास गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले बीमाबाट भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या रहेको उल्लेख गर्नुभयो ।
अस्पतालका निमित्त निर्देशक डा. मजेशप्रताप मल्लले अस्पतालले हालसम्म गर्दै आएको सेवा सुविधाबारे स्पष्ट पार्नुभयो ।
सहभागी चिकित्सकहरूले अस्पतालमा आवश्यकताअनुसार आधुनिक स्वास्थ्य उपकरणहरू र जनशक्ति थप्दै लानुपर्ने, बेवारिसे बिरामीहरूको उपचार बढ्दै गएको प्रति व्यवस्थापनले ध्यान दिनुपर्ने बताउनुभयो ।
Leave a Reply