साम्राज्यवादीहरू भियतनामबाट पुच्छर लुकाएर भागे
- जेष्ठ ४, २०८३
प्रहरी वृत्त दरबारमार्गमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक दीपबहादुर राना
भदौ २३ गते काठमाडौँ माइतिघर मण्डलामा बिहानैदेखि प्रदर्शनकारीहरूले प्रदर्शन सुरू गरेपछि मसहितको टोली हाई अलर्टमा थियौँ । माइतिघर मण्डलाबाट नयाँ बानेश्वर संसद् भवनतर्फ अगाडि बढेको प्रदर्शन प्रहरीको ब्यारिकेडसमेत तोडी संसद् भवनतर्फ गएको थियो । उच्छृङ्खल भिडले संसद् भवनको पर्खाल भत्काएर संसद् भवनभित्र प्रवेश गर्दा प्रहरीले सिलसिलेबर बल प्रयोग गर्ने क्रममा गोलीसमेत चलाउनु परेको लगायतका घटनाक्रम प्रहरीको सञ्चार सेटमार्फत थाहा पाएँ ।
भदौ २४ गते बिहान अन्दाजी ०६ः०० बजेको समयदेखि नै सञ्चार सेट मनिटर गर्दा सुरूमा मैले बल्खुमा भेला भएका प्रदर्शनकारीहरूले प्रहरी प्रभाग कलङ्कीमा आक्रमण गरेको सुनी थाहा पाएँ । तत्पश्चात काठमाडौँ उपत्यकामा रहेका विभिन्न वृत्त तथा प्रभागहरूमा आक्रमण गरेको कुरा थाहा पाएँ ।
दिनको अन्दाजी १४ः०० बजेको समयमा अन्दाजी २ सय जनाको सङ्ख्यामा प्रदर्शनकारीहरू मोटरसाइकलमा तथा पैदल केशरमहल चोकतर्फबाट आई प्रहरी कार्यालय अगाडि भेला भएर सरकारविरूद्ध नाराबाजी गर्ने क्रम सुरू भयो । भिडको सङ्ख्या बढ्ने क्रम रोकिएन, सञ्चार सेट मनिटर गरिरहँदा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आक्रमण भएको थाहा पाएको थिएँ । त्यसपश्चात् अन्दाजी १६ः०० बजेको समयमा अन्दाजी २/३ हजारको समूह यस कार्यालयको अगाडि जम्मा भई ढुङ्गा, बोतलसमेतले तोडफोड गरे । सो क्रममा कार्यालय प्रमुखले प्रदर्शनकारीहरूलाई संयमित हुन र आक्रमण नगर्नको लागि पटक–पटक आग्रह गर्नुभयो । हामीले रोक्ने कोशिश गर्दा गर्दै पनि प्रदर्शनकारीहरू यस कार्यालयको गेट तोडफोड गरी भित्र प्रवेश गरे । उनीहरूले डी.अ. कक्षमा तोडफोड र आगजनी गरी हिरासत कक्ष पनि तोडफोड गर्न थालेपछि साइबर ब्युरो भोटाहिटीबाट राख्न पठाइएका थुनुवाहरू हिरासत कक्षबाट निस्केर गएका हुन् ।
प्रहरी वृत्त बालाजुमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक रणधिर जैसी
भदौ २३ गते सामाजिक सञ्जाल एवम् अन्य मानिसहरूबाट जेनजी समूहका मानिसहरूले प्रदर्शन गर्ने क्रममा अनियन्त्रित भई एभरेस्ट होटलमा राखिएको प्रहरी ब्यारिकेड तोडी निषेधित क्षेत्रमा प्रवेश गरे । उनीहरूले सङ्घीय संसद् भवनमा ढुङ्गामुढा, तोडफोड, वाल भत्काउने, आगजनीजस्ता कार्य गरेको र उल्लिखित कार्य रोक्न प्रहरीले गोली चलाउँदा थुप्रै प्रदर्शनकारीहरूको मृत्यु भएको कुरा सामाजिक सञ्जालमार्फत सुनी थाहा पाएको हुँ ।
भदौ २४ गते बालाजु वृत्त वरपर प्रदर्शनकारीहरू कोही पनि विद्यालयको पोशाकमा थिएनन् । प्रदर्शनकारीको भिड उग्र भई ढुङ्गामुढा, बोतल इत्यादि प्रहार गर्न थाले । प्रदर्शनकारीले पटक–पटक पेट्रोल बम हान्नुका साथै कोही कसैले लामो लाठीको टुप्पोमा आगोको झोरा बनाई पर्खाल बाहिरबाटै कार्यालयभित्र आगो लगाउन थाले । पुनः कम्पाउन्ड बाहिरबाटै पेट्रोल बम बनाई आगो प्रहार गर्न थाले । भिड अराजक हुन थालेपछि ब्ल्याङ्क राउन्डबाट हवाई फायरसमेत गरेका थियौँ । गोली हान्ने आदेश थिएन ।
राष्ट्रपति भवन, राष्ट्रपतिको निजी निवासलगायत व्यक्तिहरूको घरमा प्रदर्शनकारीले आगजनी तोडफोड गरेको कुरा सामाजिक सञ्जालमार्फत थाहा पाएको हुँ । प्रदर्शनकारीहरूबाट ढुङ्गामुढा गर्ने, पेट्रोल बम हान्ने क्रियाकलाप भइरहेको थियो । सञ्चारसेटमा प्रहरी कर्मचारी सुरक्षित हुनुका साथै हातहतियार तथा सामानहरू जोगाउने र थुनुवाहरूलाई छाडी दिने भन्ने आदेश आएको कुरा पनि थाहा पाएको थिएँ ।
प्रहरी वृत्त बालाजुमा ढुङ्गामुढा एवम् आगजनी हुँदा दुई जना प्रदर्शनकारी घाइते भएको र उनीहरूलाई उपचारको लागि लिई गएकोमा उपचारको क्रममा मृत्यु भएको कुरा सामाजिक सञ्जालमार्फत सुनी थाहा पाएको हुँ ।
Leave a Reply