भर्खरै :

कामको परीक्षा, भाषण र ध्वंशले होइन गरेरै देखाउने हो

कामको परीक्षा, भाषण र ध्वंशले होइन गरेरै देखाउने हो

नेपाली काङ्ग्रेस र एमालेजस्ता आफूलाई वर्षौँसम्म देशलाई शासन गरेको दम्भ गरी आएका दलहरूले भने, “…बिजुलीदेखि तर्सदै छन् ।” दुर्दशा एक्लै आउँदैन भने जस्तै नेकामा पनि विभाजन देखियो – एमालेको पनि विभाजन भयो । तर, ती दुवै शासक दलहरू एक प्रकारको हीनताबोध र अपराधबोधमा कमी–कमजोरीहरूले आरामसित सुत्नै नसक्नु मानसिक पीडा हो । रामायण र महाभारतजस्ता प्राचीन साहित्यमा पनि सत्ताको मातमा अनेक मानवीय मूल्य, मान्यता र नैतिकतालाई बलले मिचेको पाइन्छ । भीष्म पितामहले सबै पात्रहरूको पापको परिणाम दुःख र कष्टपूर्वक अङ्गीकार गरे । उनले राजनीति, साहित्य र समाजमा आ–आफ्ना कर्तव्य पूरा गर्ने र नगर्नेहरूका चरित्रलाई केस्रा केस्रा केलाए । आज दक्षिण एसियामा मात्रै होइन, पूर्वी एसिया र संसारमा युद्धको शान्ति, सद्विचार एवं सदाचारबाट सिक्दै छन् र सिक्न नसकेकोमा पछुताउने पनि छैन । प्यालेस्टिनीहरूको वंश नास गर्ने अमेरिकी र इजरायली राष्ट्रपतिको जघन्य अपराधको निम्ति ढिलो वा चाँडै सजाय हुन्छ नै ।
२०८२ को भदौ २३–२४ को हत्या, हिंसा र आगजनी सा¥है छोटो घटनाजस्तो मात्रै देखिए । जस्तोसुकै छोटो समयको घटना भए पनि त्यसले जिम्मेवार शासक दलहरू, राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू एवं कानुनी र गैरकानुनी ढङ्गले ठुलठुला सम्पत्ति जोडेर आज पाप अनुभव गर्नमै मत्ता भएका शासकहरूका आउरे बाउरे, देश र विदेशमा पैसा लगानी गरेका ठेकेदार नक्कल र सक्कली व्यापारीहरू र तस्करहरू हरेक रात संत्रासमा होलान् ।
३१ वैशाख २०८३ को ‘अन्नपूर्ण पोस्ट’ ले ‘संसद्ले खोजिरह्यो, प्रधानमन्त्री भन्ने तर्किरहे’, ‘आवरण समाचार’ बन्यो भने टिप्पणी पनि लेख्यो – “संसद्प्रति प्रधानमन्त्रीको जवाफदेहिता’ शीर्षक बन्यो । पूर्वप्रधानमन्त्रीहरू र अर्थमन्त्रीहरू थरथर काँप्दै थिए होलान् टीभीमा पनि संसद्का दृश्यहरू हेर्दै !
खोइ त पुराना शासक दलका नेताहरू र ‘नियम आपत्ति गर्ने’ युवा सांसदहरू ¤ कसैले संसद्मा उठेर ‘संसद्प्रति प्रधानमन्त्रीको उपेक्षा किन ?’ भनी प्रश्न उठाएको भए नयाँ सांसदहरू सायद एकै आवाजमा भन्ने थिए – “हामीले जनतालाई उपेक्षा गरेका छैनौँ, हामीले जनतालाई छलछाम गरिररहेका छैनौँ ।”
त्यस्तो अवस्थामा नेपाली काङ्ग्रेस, एमाले, एमाओवादी, राप्रपा, जनमोर्चा, अनेक नाउँका मधेसवादी दलहरूका प्रतिनिधिहरूले भन्थे होला– “संसारको मौसम राम्रो छैन ।”
xxx
२३–२४ भदौ २०८२ का ‘नयाँ पुस्ताका युवाहरू’ र अनेक देशी र विदेशी लुगामा सजिएका बेरोकटोक आफूलाई लङ्का दहन गर्दाको स्थानमा राखेर हेर्नेहरूले भोलि–पर्सिपल्ट नै देशका सबै अनियमितता, भ्रष्टाचार र बेमेलहरूको ठाउँमा आफूहरूले कल्पना गरेजस्तै राता–रात सबै काठमाडौँ सुनै सुनका गगनचुम्बी भवनले ठाउँ लिने होलान् र काठमाडौँको फोहोर बन्दोबस्त दिल्ली र वासिङ्गटनभन्दा राम्रो सफा भइसक्ने छन् र हरेक ‘नयाँ पुस्ता’ का युवा युवतीहरूको खल्ती खल्ती र झोलाहरूमा सुनकै मुद्रा होलान् भनी मनको लड्डु थिए होला !
किन ? नेपाली ‘नयाँ पुस्ता’ लाई ‘क्रान्ति’ ल्याउने वा द्रुतत्तर परिवर्तन गरिदिने आश्वासन दिनेहरूले छोटोछोटो भाषण दिँदा सपनाजस्तै थियो होला ! तर हाम्रा ‘नयाँ पुस्ताका भाइबहिनीहरूले’ उपत्यकाको फोहर फाल्ने ठाउँ देखेपछि बुझ्ने छन् काम गर्न त बाँकी रहेछ धेरै धेरै !
३१ वैशाख २०८३ को ‘राजधानी’ कै ‘स्मार्ट टेलिकममा ३० अर्बको स्मार्ट छलछाम प्रकरण’, ‘सीईओ पाण्डे पक्राउ’, पूर्वसञ्चारमन्त्री खरेलविरूद्ध अनुसन्धान जारी’, ‘तिर्नुपर्ने ४० करोड रकम बैङ्कमै’ आदि …. ।
‘स्वास्थ्य संस्थामा बेथिति’ ‘म्याद गुज्रिएका करोडौँका औषधि मौज्दात, महँगा उपकरण प्रयोगविहीन ।’ ‘एक वर्षमै ८५ अर्ब राजस्व छुट’ (नागरिक दैनिक, ४ जेठ २०८३) धेरै सम्भव अर्थमन्त्रीले विदेशी पुँजी ल्याए पनि ती सबै रकम नेपालको ऋण बनाई विदेशी पुँजीलाई खुसी पार्ने सम्भावना छ । सत्तामा ल्याउनेहरूको ऋण त तिर्नै प¥यो जनताकै बजेटबाट !? (कान्तिपुर, ३१ वैशाख २०८३)

Leave a Reply

Your email address will not be published. Required fields are marked *