युद्धविराम भए पनि लेबनानमा इजरायली आक्रमण जारी
- जेष्ठ ८, २०८३
भक्तपुर, ८ जेठ । समाज सुधार माध्यमिक विद्यालयले शुक्रबार एक समारोहबिच एसईई परीक्षा उत्तीर्ण विद्यार्थीलाई बधाई तथा मार्ग निर्देशन कार्यक्रमको आयोजना ग¥यो ।
उक्त मार्ग निर्देशन कार्यक्रममा भनपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले शिक्षण सिकाइलाई व्यवहारमा लागू गर्न जोड दिनुपर्ने बताउनुभयो ।
उच्च शिक्षा हासिल गरे पनि व्यवहारिक ज्ञान नहुँदा विद्यार्थीहरूमा हिनताबोध हुने र लहै लहैमा लागेर उच्च शिक्षा अध्ययन गर्दा असफल भएको औँल्याउँदै उहाँले आफूले आर्जन गरेको ज्ञान, सीप र कला स्वदेशमै लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
विद्यार्थीको लागि भक्तपुरमै विभिन्न विषय पढ्ने अवसर मिलेको स्पष्ट पार्दै उहाँले भक्तपुर नगरपालिकाले शिक्षा स्वास्थ्य सेवा, सरसफाइ, सम्पदा संरक्षणमा उदाहरणीय कार्य गरिरहेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक जगन्नाथ प्रजापतिले विद्यार्थीको शिक्षास्तर उठाउने काममा विद्यालय लागिपरेको चर्चा गर्दै विद्यालयको गतिविधिबारे प्रकाश पार्नुभयो ।
विद्यालयका पूर्वशिक्षक विष्णुगोपाल कुसीले एसईईको नतिजाझैँ अरु सफलताका सिँढीहरू पार गर्न थप मेहनत गर्नुपर्ने आवश्यकता औँल्याउँदै विद्यालयले असल, देशभक्त, इमानदार सक्षम, योग्य र अनुशासित नागरिक तयार गर्न पहल गरिरहनुपर्नेमा जोड दिनुभयो ।
पच्छिमेली फिल्म र फेसनले देशका युवा–विद्यार्थीहरू कुलतमा फसिरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले देशको लागि एक जिम्मेवार र सफल नागरिक तयार गर्न सके देशको लागि आवश्यक जनशक्ति पूर्ति हुने विचार व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा एसईईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिएको थियो ।
यस अघि नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम गरिएको थियो ।
उक्त कार्यक्रममा पूर्वप्रअ लक्ष्मीनारायाण दुवाल, प्रअ जगन्नाथ प्रजापति, सुरज दिदीयाले पनि बोल्नुभएको थियो । दुवै कार्यक्रममा विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
Leave a Reply