भर्खरै :

विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन र क्षेत्रीय शान्ति र स्थिरताको रक्षा गर्नुपर्नेमा चीनको जोड

विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन र क्षेत्रीय शान्ति र स्थिरताको रक्षा गर्नुपर्नेमा चीनको जोड

पेइचिङ, १२ जेठ । सिङ्गापुरका विदेशमन्त्री भिभियन बालकृष्णनसँगको भेटमा चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले चीन र सिङ्गापुर दुवै विश्वमा स्थिरता ल्याउने कारक भएको र संयुक्त रूपमा उदीयमान विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्नुपर्ने र क्षेत्रीय शान्ति र स्थिरताको रक्षा गर्नुपर्ने बताउनुभयो । विश्वव्यापी औद्योगिक तथा आपूर्ति शृङ्खलाको सुरक्षा र समुद्री यातायातको निर्बाध प्रवाह कायम राख्नु सबै देशहरूको साझा आकाङ्क्षा रहेको र चीन यस सम्बन्धमा आफ्नो प्रयास जारी राख्न इच्छुक छ । चीनले चीन–आसियान सहयोगलाई प्रवद्र्धन गर्न सिङ्गापुरले सकारात्मक भूमिका खेल्ने अपेक्षा गर्दछ ।
प्रत्युत्तरमा बालकृष्णनले भन्नुभयो, “सिङ्गापुर एक–चीन नीतिको पालना गर्दछ । सिङ्गापुरले मलाक्का जलडमरू र अन्य अन्तर्राष्ट्रिय जलमार्गहरूमा नेभिगेसनको स्वतन्त्रतालाई समर्थन गर्दछ । सिङ्गापुर चीन–आसियान व्यापक रणनीतिक साझेदारीमा ठुलो प्रगतिलाई प्रवद्र्धन गर्न इच्छुक छ ।”
त्यस्तै पाकिस्तानी सेनाप्रमुख मुनिरसँगको भेटमा परराष्ट्रमन्त्री वाङ यीले अन्तर्राष्ट्रिय र क्षेत्रीय परिस्थिति जतिसुकै परिवर्तन भए पनि चीन र पाकिस्तानबिचको मित्रता चट्टानजस्तो बलियो र अटुट रहने बताउनुभयो । चीन र पाकिस्तानबिचको परम्परागत मित्रतालाई गहिरो बनाउन र साझा भविष्य भएको समुदाय निर्माण गर्न पाकिस्तानी सेनाले नयाँ योगदान पु¥याउने उनको विश्वास छ ।
मुनिरले पाकिस्तानी सेनाले साझा भविष्य भएको चीन–पाकिस्तान समुदायको निर्माण र चीन–पाकिस्तान आर्थिक करिडोरको निर्माणलाई पूर्ण रूपमा प्रवद्र्धन गर्न जारी राख्ने बताउनुभयो ।
मध्यपूर्व तथा खाडी क्षेत्रमा शीघ्र शान्ति स्थापनाका लागि चीनको जोड
यसैबिच मे २६ का दिन चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनको आयोजना गर्नुभयो । सो अवसरमा अमेरिकाले इरानमाथि पुनः हमला गरेको बारेमा प्रश्न उठेको छ । समाचारअनुसार, पत्रकारहरूले सोधे, अमेरिकी सेनाले इरानविरुद्ध नयाँ चरणको सैन्य कारबाही सुरु गरेको छ, जसको लक्ष्य सिधै इरानको क्षेप्यास्त्र प्रक्षेपण आधार र जहाज रहेको छ । यसबारे चीनको के टिप्पणी छ ?
प्रवक्ता माओ निङले युद्धविरामको प्रतिबद्धता पूरा गर्न, विवाद शान्तिपूर्ण तरिकाले समाधान गर्न, सबै पक्षको उचित चासो सम्बोधन हुने समाधानका लागि वार्ता र संवादमार्फत निरन्तर प्रयास गर्न, मध्यपूर्व र खाडी क्षेत्रमा शीघ्र शान्ति पुनस्र्थापित गर्न सहयोग पु¥याउन चीनले सम्बन्धित पक्षहरूलाई जोड दिएको बताउनुभयो ।
त्यस्तै प्रवक्ता माउ निङले नियमित पत्रकार सम्मेलनमा एक पत्रकारले सोधेका छन्, “अमेरिका, जापान, भारत र अस्ट्रेलियाले इन्डो–प्यासिफिक क्षेत्रलाई लक्षित गर्दै समुद्री निगरानी कार्यक्रम सुरु गरेका छन् । यसबारे चीनको टिप्पणी के छ ?”
प्रवक्ता माउ निङले भन्नुभयो, “चीनले चतुर्भुज (क्वाड) संयन्त्रमा आफ्नो अडान बारम्बार स्पष्ट पारेको छ । हामीले सधैँ विश्वास गरेका छौँ कि देशहरूबिचको सहयोग क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिलाई प्रवद्र्धन गर्न अनुकूल हुनुपर्छ । कुनै तेस्रो पक्षलाई लक्षित गर्नु हुँदैन । हामी विशेष ‘साना घेराहरू’ वा समूह टकरावलाई पनि समर्थन गर्दैनौँ । कुनै पनि सहयोगले क्षेत्रका देशहरूबिचको पारस्परिक विश्वास र सहयोगलाई कमजोर पार्नु हुँदैन ।”
नयाँ प्रकारको सैन्यवाद फर्कन नसकिने बाटो† जापानलाई शान्ति प्रतिबद्धताहरू कायम राख्न आग्रह
त्यसैगरी जापानको “विशेष गरी रक्षा–उन्मुख नीति अपरिवर्तित रहेको र जापानमा चीनको ‘नयाँ प्रकारको सैन्यवाद’ को दाबी निराधार छ भन्ने जापानी मुख्य सचिवको हालैको भनाइको सन्दर्भमा, चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले पत्रकार सम्मेलनमा कामभन्दा शब्द चर्को सुनिने बताउनुभयो ।
हालैका वर्षहरूमा जापान सरकारले निरन्तर आफ्नो सैन्य खर्च बढाएको छ । घातक हतियारको निर्यातमा प्रतिबन्धहरू खुकुलो पारेको छ । बारम्बार सैन्य अभ्यासमा भाग लिएको छ र लामो दूरीको क्षेप्यास्त्रहरूको तैनाथीलाई प्रवद्र्धन गरेको छ । सक्रिय आक्रमण गर्न सक्षम तथाकथित ‘प्रतिआक्रमण क्षमता’ निर्माण गरेको छ र ठूलो मात्रामा संवेदनशील आणविक सामग्रीहरू भण्डार गरेको छ ।
शान्तिवादी संविधानको संशोधनका लागि जोड दिएको छ, आफूलाई ‘युद्ध–तयार’ राष्ट्रका रूपमा प्रस्तुत गरेको छ र अन्तर्राष्ट्रिय तथा घरेलु कानुनको नियमहरू निरन्तर उल्लङ्घन गर्दै आएको छ । के अपरिवर्तित ‘विशेष गरी रक्षा–उन्मुख’ नीति पालना गर्नुको अर्थ यही हो ? शब्द र कामबिचको यस्तो असङ्गतिले जापानको पुनःसैन्यीकरण बारे अन्तर्राष्ट्रिय समुदायको चिन्तालाई हटाउन सक्दैन ।
जापानी सैन्यवादले संसारमा गहिरो विपत्ति निम्त्यायो र जापानी जनतामा विपत्ति ल्यायो । ‘नयाँ प्रकारको सैन्यवाद’ मा फर्कनु उत्तम विकल्प होइन । हामी जापानलाई ऐतिहासिक पाठबाट सिक्न, आफ्नो शान्ति प्रतिबद्धताहरूलाई कायम राख्न र आफ्ना एसियाली छिमेकीहरू र अन्तर्राष्ट्रिय समुदायको विश्वास जित्न ठोस कदम चाल्न आग्रह गर्दछौँ ।
–सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *