भर्खरै :

दाफा प्रदर्शनी तयारीस्वरूप संस्कृतिकर्मीहरूको भेला : क्रम निर्धारण गर्न गोलाप्रथा

दाफा प्रदर्शनी तयारीस्वरूप संस्कृतिकर्मीहरूको भेला : क्रम निर्धारण गर्न गोलाप्रथा

भक्तपुर, १२ जेठ । भक्तपुर नगरपालिकाको आयोजनामा जेठ १५ र १६ गते नासमना टोलमा हुने भक्तपुर नगरव्यापी दाफा प्रदर्शनीको तयारीस्वरूप मङ्गलबार संस्कृतिकर्मीहरूको भेला तथा प्रदर्शनीमा सहभागी समूहहरूको क्रम निर्धारण गर्न गोला प्रथा कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नगरभित्र रहेका विभिन्न दाफा समूहका सांस्कृतिक गुरु तथा संस्कृतिकर्मीहरूको सहभागिता थियो । उक्त भेलामा आगामी प्रदर्शनीको तयारी, सहभागी समूहहरूको व्यवस्थापन तथा नियमहरूबारे छलफल भयो । कार्यक्रममा दाफा प्रदर्शनीमा सहभागी हुने समूहहरूको क्रम निर्धारण गर्न गोलाप्रथा गरिएको थियो ।
भेलामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दाफा प्रतियोगितामा सहभागी संस्कृतिकर्मी तथा दाफा समूहका प्रतिनिधिहरूले समय पालना र अनुशासनलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले दाफा भजन सांस्कृतिक परम्परा मात्र नभई नेपाली मौलिक संस्कृति, पहिचान र सभ्यतासँग पनि जोडिएको अमूल्य सम्पदा भएको बताउनुभयो ।
‘हाम्रो संस्कृति हामीले नै बचाउनुपर्छ’ भन्ने भावनाले दाफा प्रदर्शनीको आयोजना गरिएको उल्लेख गर्दै उहाँले दाफा भजन हाम्रो गौरव गर्न लायक सांस्कृतिक सम्पदा भएकोले यसको जगेर्नामा नयाँ पुस्तालाई जोड्न आवश्यक रहेको धारणा राख्नुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा हुने दाफा प्रदर्शनीमा ४९ वटा दाफा टोलीहरूको सहभागिता रहेको भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले अवगत गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *