पुटिनसँग आसियान नेताहरूको शिखर भेटवार्ता
- जेष्ठ १५, २०८३
काठमाडौँ, १५ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा उहाँले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को आय–व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुभएको हो ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट वक्तव्य स्वीकृत गरेको थियो ।
चालु आर्थिक वर्षको लागि अघिल्लो सरकारले रु. १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट विनियोजन गरेको थियो । जसमा कुल विनियोजनमध्ये चालुतर्फ रु. ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगततर्फ रु. ४ खर्ब ७ अर्ब ८९ करोड विनियोजन गरिएको थियो । यस्तै वित्तीय व्यवस्थातर्फ रु. ३ खर्ब ७५ अर्ब २४ करोड बराबरको व्यवस्था गरिएको थियो । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
पछिल्ला वर्षहरूमा राजस्व वृद्धिदर निरन्तर ¥हास आइरहेको बेलामा राजस्व बाँडफाँटबाहेक १४ खर्ब ५ अर्ब रुपैयाँको राजस्वको आधार देखाएर २१ खर्ब २४ अर्बको बजेट अर्थमन्त्री वाग्लेले प्रस्तुत गर्नुभएको हो ।
Leave a Reply