“अतिक्रमित क्षेत्र” : किन नेपाल–भारत सीमा विवाद फेरि चर्किदै छ ?
- जेष्ठ २०, २०८३
हामी फर्सीको तरकारीभन्दा मन अमिलो पार्छाैं, तर विदेशबाट ल्याएको ‘पम्पकिन सूप’ खाँदा आनन्द मान्छौँ । एउटै कुरा हो भन्ने थाहा नपाउनेले सोयाबिनलाई ‘वाह’ भन्छ, घरको भटमास चाहिँ वास्ता गर्दैन ।
हामी घरमा अतिथि बोलाउँदा बाहिरबाट पिज्जा र केक मगाएर खुवाउँछौँ, घरमै पकाएको दाल, भात, तरकारी, रोटी, अचार र साग दिन लाज मान्छौँ । पाहुनालाई मही, कागती र बाबरीको सर्वत दिन हिचकिचाउँछौँ, तर स्वास्थ्य खराब पार्ने गुलियो पेयपदार्थ मनग्गे खुवाउँछौँ । बजारबाट बोक्रैसहितको बदाम किनेर ल्याई छोडाएर पाहुनालाई दिन लाज मान्छौँ, तर ‘पीनटको प्याकेट’ थमाउनमा गर्व गर्छाैं । चना भुटेर दिन हिचकिचाउँदै प्याकेटमा रहेको नुनिलो ‘ग्रीन पीज’ पस्कन्छौँ । विदेशीले ‘दूध खाए मुटुमा बोसो भई मुटुसम्बन्धी रोग लाग्छ’ भनेकै भरमा गाईको दूध छोडेर भटमासको दूध खान्छौँ ।
हाम्रा पुर्खालाई शरीरमा कति कति पोषक तत्व चाहिन्छ भन्नेबारे वैज्ञानिक रूपमा थाहा थिएन होला, तापनि उनीहरूले सधैँ शुद्ध खानेकुरा खाए । अहिले विदेशी वैज्ञानिकबाट सुनेर हामी अनेक शुद्ध पोषक तत्वको कुरा गर्छाैं, तर पुर्खाले हजारौँ वर्षदेखिको अभ्यासबाट दिएको यसैसम्बन्धी ज्ञान बिर्सन्छौँ ।
तिल, आलस, मुङ्ग्रेलो, अमला, अम्बा हाम्रो दैनिक जीवनका अङ्ग थिए । तर, हामीलाई अहिले स्वास्थ्य संरक्षण गर्ने नाममा पसलबाट चक्की किनेर खाने बानी लागेको छ । ती चक्की खाइरहँदा बिर्सन्छौँ कि तिनले भन्दा राम्रो परिणाम दिने खानेकुरा हाम्रै भान्सामा सजिलै पाइन्छ ।
विदेशीले ‘क्लारिफाइड बटर’ खानु राम्रो भनेपछि आँखा चिम्लेर पत्यायौँ, तर त्यो बटर भनेको हाम्रो घरमा पाइने घ्यूकै एउटा रूप हो भनेर बिर्सियौँ । घरमा सजिलै पाइने बाबरीको पातलाई वास्ता नगर्ने हामी ‘मिन्ट वाटर’ भन्दै बोतलको महँगो पेय किन्दा चाहिँ दङ्ग पछौैँ ।
फर्सीको तरकारीभन्दा मन अमिलो पार्छौँ, तर ‘पम्पकिन सूप’ खाँदा आनन्द मान्छौँ । एउटै कुरा हो भन्ने थाहा नपाउनेले सोयाबिनलाई ‘वाह’ भन्छन्, भटमास चाहिँ वास्ता गर्दैनन् । हामीलाई घरमा भुटेको भात ‘छ्या’ लाग्छ, होटलमा ‘फ्राइड राइस’ भन्दै बढी पैसा तिर्दा आनन्द मान्छौँ ।हामीलाई भोजनमा पनि किन यतिसम्म अङ्ग्रेजीहरू अङ्ग्रेजी नाम दिइएका खाना राम्रो, नेपाली नाम दिइएका चाहिँ नराम्रो भन्ने मानसिकताले किन यसरी गाँजेको ? मौलिक खानालाई बेवास्ता गर्दै बाहिरबाट आएका प्याकेटका खानेकुरा दिँदा बालबालिकालाई कुपोषण भएको हेक्का हामीले राखेकै छैनौँ । बालबालिकालाई कुपोषणबाट जोगाउने योजना बनाउँदा गहुँ, फापर, आलु, बोडी, सिमी आदिलाई वास्तै गरिँदैन । किनकि, ती सस्तोमा पाइन्छन् र रङ्गीचङ्गी प्याकेटमा पनि आउँदैनन् ।
फर्सीको खिर खुवाउनुपर्छ भन्ने संस्थाले कुभिन्डो, लौका र इस्कुस पनि उत्तिकै स्वस्थकर हुन्छ भन्ने ज्ञान दिँदैन । फर्सी नभएको ठाउँमा कुभिन्डो र लौका फलिरहेको हुन्छ । स्वास्थ्यकर्मीले वास्ता नगर्दा त्यो त्यत्तिकै कुहिएर गइरहेको हुन्छ । ‘नजिकको तीर्थ हेला’ भनेको यही होला । त्यही कुभिन्डो र इस्कुसको महिमा भोलि कसैले अङ्ग्रेजीमा गाइदियो भने चाहिँ हामी त्यसैको पछि लाग्छौँ ।
हामीकहाँ लट्टेको साग पाहुनालाई खुवाउँदा उनीहरूले अपमान महसुस गर्न सक्छन् । तर त्यसैलाई अङ्ग्रेजीमा सुपरफुड ‘अमरान्थ’ भन्दै ठुला होटलमा बेच्दा खूब उपयोगी मानिन्छ । ्रकृतिले दिएको अति राम्रो उपहार हो – आलस । मधेसतिर यसलाई ‘अल्सी’ भनिन्छ । नेपालमा प्रायः यसको महत्व त्यति थाहा छैन । आलसको पोषण तत्व र औषधि, आलसमा पाइने एउटा महत्वपूर्ण तत्व ओमेगा प्याट्टी एसिड हो, जुन माछामा पाइन्छ र महँगो पैसा तिरेर खाइन्छ । तर, सस्तोमा नै त्यो एसिड आलसमा पाइन्छ भन्ने हामीलाई थाहा छैन । आलसको अर्काे विशेषता भनेको यसमा भिटामिन ‘बी’ पर्याप्त मात्रामा हुन्छ । त्यसैगरी सूक्ष्म पौष्टिक तत्व म्याग्नेसियम पनि पर्याप्त हुन्छ । १०० ग्राम आलसमा प्रोटिन १८ प्रतिशत हुन्छ । २७.३ ग्राम रेशादार पदार्थ पाइन्छ । रेशादार पदार्थले कब्जियत हटाउन, मोटोपन घटाउन र उच्च रक्तचाप कम गर्न महत्वपूर्ण भूमिका खेल्छ । क्याल्सियम, जिन्क, म्याग्नेसियम आदिले गर्दा यो पोषणले युक्त हुन्छ । तर, यस्ता वस्तु बेवास्ता गरिने किन होला ?
Leave a Reply