भर्खरै :

“यो वर्षको बजेट शोषित पीडितहरूको पक्षमा छैन”

“यो वर्षको बजेट शोषित पीडितहरूको पक्षमा छैन”

भक्तपुर, २३ जेठ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ २ नं वडा एकाइ समितिको आयोजनामा नेपाल सरकारको आ.व. २०८३/८४ को बजेटबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेपाल सरकारको बजेटबारे जानकारी राख्नु आवश्यक भएको, यो बजेट शोषित पीडितहरूको पक्षमा नभएको बताउनुभयो ।
एउटा नीतिको कारण समाजमा ठुलो प्रभाव पार्ने उल्लेख गर्दै उहाँले २०२१ सालमा भूमिसुधारको बेला जग्गाको मोही किसानको नाम राख्दा भक्तपुरका जनताको जीवन स्तरमा परिवर्तन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको जीवन स्तरमा प्रभाव पार्ने यो बजेटमा केही छैन । हिजो ठीकजस्तो लागेको पार्टी आज गलत देखिएको छ । हिजो राम्रो जस्तो लागेको व्यक्ति आज देशद्रोहीका रूपमा देखिएको छ ।” नयाँ पुस्ताले प्रविधिमा भन्दा पुस्तक अध्ययनलाई बढी ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
प्राध्यापक विश्वमोहन जोशीले बजेटको इतिहासबारे बताउँदै शिक्षा र स्वास्थ्यजस्तो जनताको जीवनसँग जोडिएका क्षेत्रमा कर लागू गर्नु गलत भएको बताउनुभयो ।
प्राध्यापक राजन फाजुले नेपालको आवश्यकताअनुसार शिक्षामा लगानी गर्नुपर्दछ; नेपालको लागि सुरुङ मार्ग आवश्यक छ† त्यस्तो क्षेत्रमा विद्यार्थीलाई अध्ययन गराउन शिक्षामा लगानी गर्नुपर्ने बताउनुभयो ।
खेलाडी विनोदचरण राय, राजाराम सुवाल, गणेशप्रसाद सुवाल, विभु किजु, श्रद्धा कोजु र दीपशीखा बासुकलाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *