भर्खरै :

माक्र्स द्विशतवार्षिकी मनाइँदै

विश्व सर्वाहारा वर्गका गुरु कार्लमाक्र्सको द्विशतवार्षिक जन्मजयन्तीको अवसरमा नेपाल मजदुर किसान पार्टी लिवाली एकाई समितिले शुक्रबार प्रवचन कार्यक्रम आयोजना ग¥यो ।
कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले माक्र्स र एंगेल्सले शोषण, अन्याय र दमनको यथार्थ व्याख्यामात्र नगरी संसार बदल्ने बैज्ञानिक सिद्धान्त समेत प्रतिपादनगर्नुभएको उल्लेख गर्नुभयो । उहाँले पूँजीपतिवर्गले श्रमिकहरुको श्रम र पसिनाको मूल्य कटौती गरेर नाफाको भाग छुट्याउने चर्चा गर्दै शोषणविरुद्ध कामदार जनता संगठित भई सशस्त्र क्रान्तिमार्फत् समाजवादी व्यवस्था स्थापनागर्ने बाटो माक्र्सले देखाउनु भएको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेंले नयाँ पुस्तालाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट समाजको व्याख्या गर्न सिकाउनुपर्नेमा जोड दिंदै भन्नुभयो, ईश्वर अज्ञानताको उपजभएकोले नयाँ पुस्तालाई अन्धविश्वास र अध्यात्मवादबाट टाढा राख्न र समाजको भौतिकवादीव्याख्यागर्ने तरिकाविद्यालय तहबाट नै सिकाउनु पर्छ ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रविन्द्र ज्याख्वले काल्पनिक समाजवादीहरुको दृष्टिकोणबारे जानकारी दिंदै पूँजीपति वर्गले दया गरेर समाजवाद स्थापनानहुने बताउनुभयो । उहाँले सच्चा कम्युनिष्ट पार्टी र क्रान्तिकारी नेतृत्वमामात्रकामगरी खाने जनताहरुले संगठित वर्गसंघर्षमार्फत समाजवादी व्यवस्था गर्न सकिने उल्लेख गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष केपीले माक्र्सवादी साहित्यको अध्ययनले भविष्यप्रति उत्साहित बनाउने र वर्गविहिन र शोषणरहित समाज स्थापनाको लागि ऊर्जा दिने प्रष्ट पार्दै माक्र्सवादी साहित्य अध्ययनको महत्वबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा बलराम प्रजापति, विनोद प्रजापति र राजेश प्रजापतिले माक्र्स र एंगेल्सको जीवनी र संघर्षशील भावनाबारे जानकारी दिनुभयो ।
यसैबीच नेपाल मजदुर किसान पार्टी चांगुनारायण नगरपालिका ९ नं. वडा समितिले शुक्रबार माक्र्सको जन्मजयन्तीको अवसरमा कार्यकर्ताहरुबीच साहित्यकार हरिबहादुर श्रेष्ठकृत पुस्तक माक्र्स र एंगेल्सको जीवनीबारे अन्तरक्रिया कार्यक्रम आयोजना ग¥यो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रविन्द्र ज्याख्वले माक्र्सले मानव समाज विकास क्रमको वैज्ञानिक ढंगबाट व्याख्या गर्दै सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने सिद्धान्त प्रतिपादन गर्नुभएको बताउनुभयो । उहाँले अतिरिक्तमूल्यको सिद्धान्तबारे चर्चा गर्दै माक्र्सले अतिरिक्त मूल्यलाई श्रमिकवर्गमाथि कानुनी डकैटको रुपमा व्याख्या गर्नुभएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा पार्टी एकाई समितिका अध्यक्ष नारायणभक्त न्हेमाफुकीले सर्वहारा वर्गको मुक्तिको बाटो देखाउनुहुने माक्र्स र एंगेल्स महान् दार्शनिक, क्रान्तिकारी व्यक्तित्व र समाजशास्त्री भएको बताउनुभयो ।
पार्टीका जीएस खड्काले माक्र्सको जीवनसंघर्षबारे जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *