आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उनसँग शिखर बैठकको सम्भावना अझै समाप्त भइनसकेको बताएका छन् ।
‘हामी उत्तर कोरियासँग शिखर बैठक गर्न फलदायी कुराकानी गरिरहेका छौं । यदि बैठक भयो भने तोकिएको मितिमै सिंगापुरमा हुनेछ ।’, ट्रम्पले ट्वीट गरेका छन् ।
उनले आवश्यक परे बैठकको दिन लम्ब्याउन सकिने समेत जानकारी दिए ।
ट्रम्पले यसअघि शुक्रबार नै प्रजग कोरिया र संरा अमेरिका दुवैले आपसमा वार्ता चाहेको र तोकिएको जुन १२ कै दिन शिखर बैठक हुन सक्ने धारणा राखेका थिए ।
‘हेरौं के हुन्छ । हामी उनीहरुसँग कुराकानी गरिरहेका छौं ।’, ट्रम्पले भने,‘उनीहरु त्यसको निम्ति ज्यादै उत्सुक छन् र हामी पनि वार्तामा बस्ने पक्षमा छौं ।’
बिहीबार ट्रम्पले तोकिएको शिखर बैठक रोक्ने भनी पत्र पठाएका थिए ।
प्रजग कोरियाली प्रथम विदेश मन्त्री किम के ग्वानले आफ्नो पक्ष अहिलेको विद्यमान समस्या हल गर्न कुनै पनि बेला संरा अमेरिकासँग वार्तामा बस्न तयार रहेको बताएका थिए ।
Leave a Reply