महिला अधिकार, समानता र न्यायका विषयमा बौद्धिक बहस आवश्यक
- भाद्र २९, २०८३
भक्तपुर, २९ जेठ । भक्तपुर नगरपालिका ७ नं वडा कार्यालयको आयोजनामा फुटसल प्रतियोगिताका उपविजेता खेलाडीहरूलाई बधाई ज्ञापन कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा भएको कार्यक्रममा खेलाडीहरूलाई बधाईका साथै मायाको चिनो पनि वितरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख प्रजापतिले युवा भनेको देशको भविष्य भएको हुँदा भोलिको समाज आजका युवाको हातमा रहेको र देशको जिम्मेवार व्यक्तिले देश नै नरहने खालको अभिव्यक्ति दिन नहुने बताउनुभयो ।
उहाँले पुर्खाको योगदानलाई बिर्सन नहुने र सदा स्मरण गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले बिहान र बेलुका गरी नियमित ६ वटा खेलको प्रशिक्षण दिइरहेको र पालिकाले उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्ति र ऋण उपलब्ध गराउँदै आएको बताउनुभयो ।
भक्तपुर युवा टीमका संस्थापक अध्यक्ष विश्वराम कवांले खेलाडीहरूले कहिले पनि देशको शिर निहुराउने काम गर्न नहुने धारणा राख्दै खेलाडीहरू देशको सम्पत्ति भएको बताउनुभयो ।
उहाँले आजका युवाले नै टीमलाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
समाजसेवी कृष्णगोविन्द खाइजूले खेल आफ्नै परिधिभित्र बसेर खेल्ने भएकोले खेलाडीहरू हरपल अनुशासित हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका ७ नं वडाका वडा अध्यक्ष उकेश कवांको समापतित्वमा भएको बधाई कार्यक्रममा वडा सदस्य हरिरत्न गोर्खाली, रञ्जना त्वाती, भक्तपुर युवा टीमका अध्यक्ष केशव त्वानाबासू, सचिव रामेश्वर मचामसी, सदस्य सञ्जीव कवां, खेलाडी रूजल कवांले पनि बोल्नुभएको थियो ।
Leave a Reply