भर्खरै :

“माल पाएर के गर्नु, चाल पाए पो !”

“माल पाएर के गर्नु, चाल पाए पो !”

शक्ति राष्ट्रहरूले पहिलेदेखि स–साना र कमजोर देशहरूलाई आ–आफ्नो हितमा प्रयोग गर्दै आइरहे । नेपालको आजको स्थितिमा परिस्थिति छर्लङ्ग हुँदै छ । २००७ सालको सशस्त्र क्रान्ति कहाँबाट र कसको सहयोगले भयो ? एमाओवादीको नाउँबाट भएको विद्रोह पनि भारतबाटै भएकोमा आज कसैले असहमति जनाउने छैन । २०८२ को भदौ २३ र २४ गतेको आगलागी र देशभरको विध्वंस पनि भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको जानकारीमा भएको बारे सबै नेपालीले झन्झन् बुझ्दै छन् ।
साइकल चढ्न नजान्नेलाई साइकल दान दिएपछि पाउने व्यक्तिले बोकेर हिँड्नुभन्दा अरु के गर्लान् ? प्रधानमन्त्रीलाई आफूले संसद्मा के बोल्नु हुन्छ, के बोल्नु हुँदैन र आफू प्रतिनिधिसभाप्रति उत्तरदायी छु भन्नेबारे थाहा नपाएपछि के गर्ने ?
लाजगाजको पनि ख्याल नाखेर प्रधानमन्त्रीले ‘नेपालले पनि भारतका भूमि थिचोमिचो गरेको’ झूट तथा अप्रासङ्गिक विषय बोलेकोमा माफी माग्नुको विकल्प राजीनामा दिने मुद्रामा देखिएको व्यापक चर्चा चल्यो । त्यसलाई जोगाउनलाई मात्र परराष्ट्रमन्त्री शिशिर खनालले ‘करेक्सन गरे’ अर्थात् सच्याए भन्ने हल्लाले अर्काे प्रश्न उठ्यो । प्रधानमन्त्रीको इच्छा र भनाइलाई ‘सच्याउने’ र ‘हेरफेर’ गर्ने अधिकार परराष्ट्रमन्त्रीलाई हुने गर्दैन । प्रधानमन्त्रीको राजीनामा र शिशिर खनाल आफै ‘प्रम’ भएपछि मात्रै प्रधानमन्त्रीको सच्याइएको मानिने छ । के सरकारको यही तयारी हो (?) वा संसदीय बन्दोबस्तलाई पनि एउटा हाँक हो ?!’
त्यसबारे प्रतिपक्षले ‘दुर्भाग्यपूर्ण बतायो । (‘अन्नपूर्ण’ – २८ जेठ, २०८३)
XXX
अर्थमन्त्रीले पनि आफ्नो बजेट भाषणकै अङ्कमा हेरफेर गरेकोमा जनताको ठुलो आपत्ति सुनियो । बाध्य भएर सच्याएकै कारणले अर्थमन्त्रीको आर्तनाद सुनियो, “वित्तीय अपराधी समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण” भएको उनले दाबी गरे ।
यो आर्तनाद र गुहारले ‘प्रचण्ड’ सरकारका अर्थमन्त्रीको पनि बजेट बनाउने गुप्त कोठामा समेत ‘अपराधी समूह’ का व्यक्ति पुग्दा केही भएन भनी प्रश्न गर्दैमा अर्थमन्त्री भाग्ने ठाउँ कहाँ छ ?
त्यतिमात्र होइन ‘अपराधी समूह’ बाट प्रश्न गर्नेछन् – ‘हिजो घोषणापत्र’ लेखेकै दलको विरोधमा अर्काे पार्टीको तर्फबाट निर्वाचन कुन राजनैतिक नैतिकताको आधारमा अर्थमन्त्री बन्यौ ?’ सम्भवतः यसको सरल उत्तर राजनीतिबाट सन्न्यास हो । किनभने, नालायकीपन र अज्ञानताको पनि एउटा सीमा होला ! हो, ‘घोषणापत्र’ लेख्ने, बेच्ने र ‘घोषणापत्र’ प्रति प्रतिबद्धता फरक नैतिकता हो ।
XXX
प्रधानमन्त्री ‘रामचन्द्र पौडेल र ‘प्रधानमन्त्री ….’ भनी सभामुखले संसद्मा एकैबाजी दुई जना प्रधानमन्त्रीको नाम लिँदा सदनमा एकछिन स्तब्ध र अन्योल छायो । के गर्ने ?! ‘नपाउनेले केरा पायो, बोक्रासमेत खायो’ भन्ने उखानले व्यापकता पायो ।
हो त, ‘माल पाएर के गर्नु, चाल पाउनु’ आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *