पेरूमा वामपन्थी राष्ट्रपति उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन
- जेष्ठ ३१, २०८३
मध्यपुर, ३१ जेठ । मध्यपुर थिमि नगरपालिका वडा नं. ८ को आयोजनामा जेठ २३ गतेदेखि सञ्चालन भएको सातदिने चित्रकला कार्यशाला शनिबार सम्पन्न भयो ।
समापन कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले कार्यशालामा सहभागी सम्पूर्ण कलाकार तथा आयोजकहरूलाई धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले मध्यपुर थिमि नगरपालिकाभित्र करिब ७५० वटा मूर्त तथा अमूर्त सम्पदा रहेको उल्लेख गर्दै तिनको संरक्षण तथा प्रवद्र्धनका लागि नगरपालिका निरन्तर प्रयासरत रहेको बताउनुभयो ।
उहाँले सांस्कृतिक सम्पदाको संरक्षणले युवा पुस्तामा आफ्नो कला, संस्कृति तथा सम्पदाप्रति थप आकर्षण बढ्ने विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाको प्रत्येक वडामा सातामा एक दिन चित्रकला कार्यशाला सञ्चालन गरी त्यसलाई नगरस्तरीय कार्यक्रमका रूपमा विस्तार गर्न आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता उहाँले जनाउनुभयो ।
कार्यक्रमका सभापति तथा वडा नं. ८ का वडाध्यक्ष रमेश थापा श्रेष्ठले कार्यशाला सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै कलाकारहरूले सिर्जना गरेका चित्रहरूको अभिलेखीकरण गरी बुकलेटका रूपमा प्रकाशन गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले यस्ता कार्यक्रमले मध्यपुरको पर्यटन विकासमा टेवा पुग्ने तथा पर्यटनमार्फत स्थानीय जनताको आर्थिक रूपान्तरणमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।
कार्यक्रममा Saturday Plein Air and Workshop का दिपेशमान प्रधानले कार्यशालामा सिर्जना भएका चित्रहरूलाई बुकलेटका रूपमा प्रकाशन गर्न नगरपालिका अघि बढे आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।
मध्यपुर थिमि नगरपालिका वडा नं. ८ का नगर सभासद् सुरेन्द्र था श्रेष्ठले वडा कार्यालयले सञ्चालन गरिरहेका विभिन्न विकास तथा सामाजिक गतिविधिहरूबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा सहभागी कलाकार, जनप्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति थियो । सात दिनसम्म सञ्चालन भएको कार्यशालामा मध्यपुरका सम्पदा, संस्कृति तथा जनजीवनलाई चित्रमार्फत प्रस्तुत गरिएको थियो ।
Leave a Reply