भर्खरै :

एकहप्ते स्वश्रृङ्गार तालिम

एकहप्ते स्वश्रृङ्गार तालिम

भक्तपुर, ३१ जेठ । बाराही बचत तथा ऋण सहकारी संस्था लि.को महिला उपसमितिको आयोजनामा भएको एकहप्ते स्वश्रृङ्गार तालिमको समापन कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष राधेश्याम सुवालले तालिमबाट व्यक्तिको बाह्य रूपरेखा मात्र नभई उसको आन्तरिक आत्मविश्वास, व्यक्तित्व र व्यवसायिकतामा पनि निखार ल्याउनुका साथै आत्मविश्वास बढ्ने बताउनुभयो ।
संस्थाका व्यवस्थापक शिवजी हाकुदुवाल, प्रशिक्षक अमिता त्वाती, संस्थाका कर्मचारी कृष्णसुन्दर त्वायना, महिला उपसमितिका सदस्य गीता साख बाडे, उपसमितिका संयोजक चञ्चल कर्माचार्यलगायतले तालिमको उपादेयताबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *