हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
- असार १, २०८३
भक्तपुर, १ असार । भक्तपुर नगरपालिकाद्वारा गठित कृषि समितिले नेपाल सरकारबाट अनुदान प्राप्त रासायनिक मल बिक्री–वितरण गरिरहेका सहकारी संस्थाहरूको जेठ ३१ र असार १ गते अनुगमन गरेको छ ।
कृषि समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा समितिका सदस्यहरू लक्ष्मीप्रसाद ह्यौँमिखा, न्हुछेराम कोजु, कृष्णलाल किसी, इन्द्रबहादुर प्याठ र कृषि अधिकृत रवि ख्याजुको सहभागितामा जेठ ३१ गते र असार १ गते भक्तपुर नगरपालिकाभित्र सञ्चालित १५ वटा मल बिक्रेता सहकारीहरूको स्थलगत अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा सहकारीहरूसँग रहेको मलको मौज्दात, वितरणको अवस्था, किसानले मल प्राप्त गरेको विवरण तथा सहकारीहरूले सरकारी मापदण्डअनुसार मल वितरण गरिरहेका छन् वा छैनन् भन्ने विषयमा रुजु गरिएको थियो ।
अनुगमनको मुख्य उद्देश्य वास्तविक किसानले तोकिएको परिमाणमा रासायनिक मल प्राप्त गरेको सुनिश्चित गर्नु, मल वितरण प्रक्रियालाई पारदर्शी बनाउनु, कालोबजारी, मिसावट तथा तोकिएको मूल्त्न्दा बढी शुल्क लिनेजस्ता अनुचित गतिविधि नियन्त्रण गर्नु तथा सहकारीहरूसँग रहेको मौज्दात र वितरणसम्बन्धी तथ्याङ्क अद्यावधिक गर्नु रहेको कृषि समितिले जनाएको छ ।
अनुगमन टोलीले सहकारीका सञ्चालक तथा जिम्मेवार पदाधिकारीहरूलाई मल वितरणमा कुनै पनि प्रकारको भेदभाव नगर्न, तोकिएको मूल्त्न्दा बढी रकम नलिन, मल लुकाएर कृत्रिम अभाव सिर्जना नगर्न तथा कालोबजारीजस्ता गतिविधिमा संलग्न नहुन निर्देशन दिएको छ ।
कृषि समितिले किसानहरूको सहज पहुँच सुनिश्चित गर्दै कृषि उत्पादन वृद्धि गर्न मलको निष्पक्ष, पारदर्शी र व्यवस्थित वितरणमा विशेष ध्यान दिन सहकारीहरूलाई आग्रह गरेको छ ।
Leave a Reply