इतिहास, संस्कृति र पहिचानलाई दस्तावेजीकरण गर्ने ‘ताथली : भूगोलदेखि लोकसंस्कृतिसम्म’ पुस्तक विमोचन
- असार १४, २०८३
काठमाडौँ, १३ असार । वर्षाैँ वर्षाैँसम्म विदेशी रकमले गैरसरकारी संस्थाहरू खोल्न दिएर समानान्तर बजेट खर्च गर्न ‘प्रजातान्त्रिक’, ‘समाजवादी’ र ‘कम्युनिस्ट’ शासक दलहरूले छुट दिए । विदेशी ‘एनजीओ’ हरूबाटै पराजय भोगेका शासक दलहरूले आत्मश्लाघा र देशी र विदेशी पुँजीबाट निर्वाचनमा जनचेतनालाई कुण्ठित बनाउँदै अहङ्कारमाथि अहङ्कार नै आफ्नो पहिचान बनाए । २०८२ साल भदौ २३ र २४ गते भएको देशव्यापी आतङ्कबाट सातो गएका सत्तारुढ दलका कार्यकर्ताहरूको अहिले पनि होश खुलेको छैन । अन्य देशभक्त र परिवर्तनवादी दलहरूलाई भाँड्दै र टुक्र्याउँदै आफूमा मिलाउने सिजरका ब्रुट्सहरूजस्ता महत्वाकाङ्क्षी देशका कपुतहरू ओछ्यानबाट उठेकै छैनन् ।
यस्तै ब्रुट्सहरू नै मिलेर विदेशको तारतम्यबाट तयार भएका ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ (रास्वपा) को प्रथम महाधिवेशनमा ‘नेता नै असन्तुष्ट’, कति ‘प्रतिनिधि भोटै नहाली’ हिँडेको १२ असार २०८३ को ‘अन्नपूर्ण’ ले खुलासा ग¥यो । ‘पहिलो गाँसमै झिङ्गा’ भनेको यही हो कि ?
यो प्रथम महाधिवेशनको उदेकलाग्दो विषय त एउटा राजनीतिक दलको कार्यकर्ता र विश्वासपात्र ठानिएका पार्टीको निर्वाचन घोषणापत्र लेख्ने ‘बुद्धिजीवी’ ले आफूलाई सांसदको उम्मेदवार नबनाइएकोमा अर्काे पार्टीको उम्मेदवार बनेर ‘राजनीतिक नैतिकताप्रतिको विश्वासघातको एक उदाहरण’ बनेका ‘वाग्ले’ भन्ने व्यक्तिले यसै महाधिवेशनमा सर्वाधिक मत प्राप्त गरे ।
त्यस निर्वाचनको निष्पक्षता र धाँधलीरहित स्वच्छताको प्रमाण भने ‘प्रतिनिधि भोटै नहाली हिँडे’, ‘महाधिवेशन भद्रगोल भएको भन्दै प्रतिनिधि र नेताहरूकै गुनासो’, ‘निर्वाचन दर्ता’ (नयाँ पत्रिका–१२ असार २०८३) बाट प्रस्ट हुन्छ । वर्तमान सरकारको अर्थमन्त्रीको बजेटलाई २५ जेठ २०८३ को ‘कान्तिपुर’ को एक टिप्पणी ‘कर्णप्रिय’ बजेटमा अप्रत्यक्ष करको भारी’ मार्फत तासको घरजस्तै भत्काइएको छ । अयोग्य व्यक्तिको बजेटले देशको होइन विदेशीको सेवा हुन्छ ।
Leave a Reply