भर्खरै :

शिक्षालाई उत्पादन श्रम र स्रोतसंग जोड्न आवश्यक

१८ जेठ, काठमाण्डौ । रिसर्च सेन्टर फर एजुकेशनल ईनोभेसन एण्ड डेभलपमेन्ट (सेरिड)को आयोजनामा भएको ‘नेपालमा उच्च शिक्षामा विद्यार्थीहरुको अवस्थाः चुनौति र सम्भावनाहरु’ विषयक २ दिने राष्ट्रिय विचार गोष्ठी शुक्रबार सम्पन्न भएको छ । विहिबार र शुक्रबार भएको गोष्ठीमा विभिन्न बुद्धिजीवि, प्राध्यापक र विद्यार्थी संगठनका प्रतिनिधिहरुले विभिन्न ३ विषयमा प्रस्तुत कार्यपत्रमाथि छलफल गरेका थिए ।
कार्यपत्रमाथि आफ्नो धारणा राख्नुहुँदै नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय सचिव रमेश प्रजापतिले शिक्षालाई राज्यले आफ्नो दायित्वको रुपमा स्वीकार गरी देशका सम्पूर्ण भूभागका विद्यार्थीहरुसम्म पहुँच पु¥याउन आवश्यक रहेको बताउनुभयो । उहाँले देशमा आवश्यक जनशक्तिहरुको मूल्याङ्कन गर्दै विषय र पाठ्यक्रम निर्माण गर्नुपर्नेमा त्यसो नभएकोमा विश्वविद्यालयको ध्यानाकर्षण गराउनुभयो । विश्वविद्यालयको अकर्मण्यताकै कारण त्रिभुवन विश्वविद्यालय जानुपर्ने विद्यार्थीहरु त्रिभुवन विमानस्थल हुँदै विदेश पलायन हुन बाध्य भएको उहाँको तर्क थियो । उहाँले शिक्षा केवल सर्टिफिकेट र डिग्रीको निम्ति मात्र नभएको हुँदा शिक्षालाई उत्पादन श्रम र स्रोतसंग जोड्न आवश्यक रहेको बताउनुभयो ।
आयोजक केन्द्रका निर्देशक प्रा.डा. जीवनाथ धितालको सभापतित्वमा भएको कार्यक्रममा डा. रामचन्द्र पोखरेल, प्रा.डा. प्रेम नारायण अर्याल र प्रा.डा. रिडिस कुमार पोखरेलले ‘नेपालमा उच्च शिक्षाको अवस्था’बारे छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *