भर्खरै :

गजल

गजल

पढौँ सिकौँन सबैले, देश बनाउँछु भनेर
देशप्रेम गरौँन, दिलमा सजाउँछु भनेर ।
कागजी नोटले होइन, अन्नले बाँच्छ मान्छे
खनजोत गरौँन भूमि, अन्न फलाउँछु भनेर ।
हाम्रै पौरख, हाम्रै सीपले, बन्छ है सुखी देश
अठोट गरौँन सबैले, पसिना बगाउँछु भनेर ।
बेथिति र कुरीतिले गाँजेको देख्दा देश
अघि बढौँन सबै, चेतना जगाउँछु भनेर ।
निमुखा सधैँ तड्पिनुपर्ने यो कस्तो व्यवस्था ?
सङ्घर्ष गरौँन, शोषणको राज्य ढलाउँछु भनेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *